Sunday, May 3News That Matters

समाचार

उपमेयरको घरमा आगजनी

उपमेयरको घरमा आगजनी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । जेनजी आन्दोलनकारीले उदयपुरको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको घरमा आगजनी गरेको छ । नाराजुलुस गर्दै जाने क्रममा गाईघाट बजारको हिमालीटोलस्थित उपमेयर राईको घरमा आगजनी गरेको हो । त्यहाँकाे आगजनी नगरपालिकाकाे दमकलले नियन्त्रणमा लिएकाे छ ।  उपमेयरको घरअगाडीको तुलसी सहकारी र गार्डेन मार्ट भवनमासमेत तोडफोड  गरेकाे छ ।...
मेयर, उपमेयर र पूर्व मेयरको घरमा तोडफोड तथा आगजानी

मेयर, उपमेयर र पूर्व मेयरको घरमा तोडफोड तथा आगजानी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । गाईघाटमा मेयर, उपमेयर र पूर्व मेयरको घरमा आगजानी तथा तोडफोड गरिएको छ । मंगलबार जेन्जी आन्दोलनले त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घर तोडफोड गरेको छ भने उपमेयर महेश्वरी राईको घर अगाडी आगजानी गरेको छ । यता पूर्व मेयर बलदेव चौरधीको घरमा तोडफोड सहित आगजानी गरेको छ । जेन्जीहरु बिहानीपख अक्रोस रहित आन्दोलन गरिरहेका थिए । तर अचानक दिउँसोदेखी भौतिक संरचनामा समेत उनिहरुले तोडफोड गरेको हो । जेन्जीले कांग्रेस, माओवादी र एमालेको पार्टी कार्यालय सहित त्रियुगा नगरपालिकाको कार्यालय र सरकारी कार्यालयहरु सबै तोडफोड गरेको छ ।...
उदयपुरकाे सुरक्षा संयन्त्र बैंठक जारी

उदयपुरकाे सुरक्षा संयन्त्र बैंठक जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । उदयपुर जिल्ला स्थित सुरक्षा संयन्त्रको बैंठक जारी छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल नेतृत्वको सुरक्षा संयन्त्रले प्रशासनमा बैंठक बस्दै जिल्लामा चलिरहेको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न घटनाहरु र सुरक्षा चुनौती अवस्थाबारे छलफल विश्लेषण भइरहेको जनाइएको छ । “हाम्रो बैंठक जारी छ । सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी बनाउने तर्फ ध्यान दिइनेछ ।” प्रजिअ लुइटेलले भन्नुयभो । जिल्ला स्थित सबै सुरक्षा निकायसंग छलफल र केन्द्रसमेतसंग समन्वय गरेर अगाडि बढिने उहाँले बताउनुभयो ।...
लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । नेकपा एमाले लिम्चुङबुङका नेता केशरमनि राईले एमाले पार्टी त्यागेको घोषणा गरेको छ । उनले जेन्जी पुस्ता प्रतिको जायज माग सम्बोधनका साटो एमालेकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गोली प्रहार गरेको भन्दै पार्टी त्याग्ने निर्णय गरेको हो । उनले फेसबुकमा लेखेका छन्,“, म २०५१ साल देखि नेकपा एमाले पाटिमा गौरवका साथ समर्थन गर्दै पाटिको विभिन्न जिम्मेवारी र पदमा रहि पाटिको काम गर्दै आईरहेकोमा आजबाट पाटिको कुनै पनि पद जिम्मेवारीमा नरहने र एमाले पाटि त्यागेको घोषणा गर्दछु ।...
माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । उदयपुरमा आन्दोलित जेन्जी प्रदर्शनकारीले गाईघाटको त्रियुगा बसपार्क नजिकै रहेको नेकपा माओवादी पार्टिको कार्यालयमा आगजनी गरेको छ । दिउँसो देखी उग्ररुप लिएको आन्दोलनले अहिले सम्म त्रियुगा नगरपालिकामा रहेको सबै सरकारी कार्यालय, नगरपालिका र अन्य पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको हो ।...
लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

Breaking News 1, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ भदौ । नेकपा एमाले लिम्चुङबुङका नेता केशरमनि राईले एमाले पार्टी त्यागेको घोषणा गरेको छ । उनले जेन्जी पुस्ता प्रतिको जायज माग सम्बोधनका साटो एमालेकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गोली प्रहार गरेको भन्दै पार्टी त्याग्ने निर्णय गरेको हो । उनले फेसबुकमा लेखेका छन्,“, म २०५१ साल देखि नेकपा एमाले पाटिमा गौरवका साथ समर्थन गर्दै पाटिको विभिन्न जिम्मेवारी र पदमा रहि पाटिको काम गर्दै आईरहेकोमा आजबाट पाटिको कुनै पनि पद जिम्मेवारीमा नरहने र एमाले पाटि त्यागेको घोषणा गर्दछु ।...
जेनजी प्रदर्शनले उदयपुरमा दिउसोदेखि लियो उग्ररुप, सबैजसो सरकारी कार्यालय तोडफोड नगरपालिकामा आगजनी

जेनजी प्रदर्शनले उदयपुरमा दिउसोदेखि लियो उग्ररुप, सबैजसो सरकारी कार्यालय तोडफोड नगरपालिकामा आगजनी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । जेनजी प्रदर्शनले उदयपुृरमा दिउसोदेखि उग्ररुप लिएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, संगै रहेको जिल्ला अदालत र बोक्सेस्थित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेसंगै गाईघाटस्थित त्रियुगा नगरपालिका अगाडी आगजनी गरेका छन् । नगरपालिकाको न्यायिक समिति र अन्य विभिन्न शाखाको काजजात, कुर्सी, टेबल लगायतका सामानहरु बाहिर थुपारेर आगजनी गरेको हो । तोडफोडबाट सबै जसो सरकारी कार्यालयहरुको भ्mयाल ढोका र कार्यालयमा क्षती पुगेको छ । कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीहरुले लुकेर र भागेर ज्यान जोगाएका थिए ।...
गाईघाटमा वि.पि. कोइरालाको शालिका तोडफोड

गाईघाटमा वि.पि. कोइरालाको शालिका तोडफोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २४ । सरकार विरुद्धको आन्दोलन चर्किएपछि जेन्जी प्रदर्शनकारीले उदयपुरको त्रियुगा नगरपालिकामा रहेको वि.पि. कोइरालाको शालिक तोडफोड गरेको छ । प्रदर्शनकारीहरुले मदनभण्डारी राजमार्गमा पर्ने गाईघाट स्थित विपि चोकमा रहेको शालिक तोडफोड गरेको हो । केहि समयसम्म शान्तिपूर्ण भईरहेको प्रदर्शन जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी पुगेपछि आक्रमक बन्दै गएको हो ।...
त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी

त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २४ । सरकार विरुद्धको आन्दोलन चर्किएपछि जेन्जी प्रदर्शनकारीले उदयपुरको त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी गरेको छ । दिउँसो करिब २ बजेतिर आक्रमक बनेको प्रदर्शनकारीहरुले नगरपालिकाको सामानहरु तोडफोड गरी आगजनी गरेको हो । प्रदर्शनकारीहरुले नगरपालिकाको झ्याल ढोका कुर्सि कागजात पत्र हरु तोडफोड गरी आगजनी गरेको हो । केहि समयसम्म शान्तिपूर्ण भईरहेको प्रदर्शन जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी पुगेपछि आक्रमक बन्दै गएको हो ।...
जेन्जी आन्दोलनलाई त्रियुगा उद्योग वाणिज्य संघको साथ

जेन्जी आन्दोलनलाई त्रियुगा उद्योग वाणिज्य संघको साथ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । उदयपुरको सदरमुकाम गाईघाटमा भैरहेको जेन्जीको आन्दोलनलाई त्रियुगा उद्योग वाणिज्य संघले साथ दिएको छ । संघले आन्दोलनलाई मध्यनजर गर्दै गाईघाट बजारको व्यापारी र व्यवसायीहरुलाई पसल बन्द गर्न निर्देशन दिएको हो । संघको निर्देशन अनुसार गाईघाट बजारका व्यापारी र व्यवसायीहरुले आ–आफ्नो पसल बन्द गरेका छन् भने हाल सम्म उदयपुरमा शान्तिपूर्ण आन्दोलन भईरहेको छ । प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरिरहेको छ । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ ।...