Sunday, May 3News That Matters

समाचार

उदयपुरका जेनजी प्रदर्शनकारीद्धारा प्रशासनमा प्रदर्शन

उदयपुरका जेनजी प्रदर्शनकारीद्धारा प्रशासनमा प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २४ । जेनजी आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी प्रदर्शन गरिरहेको छ । बिहानै देखी गाईघाट बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएको जेन्जी प्रदर्शनकारीहरु प्रदर्शन गर्दै प्रशासनमा पुगेर प्रदर्शन गर्न सुरु गरेको हो । प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरिरहेको छ । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ । उदयपुरमा हाल सम्म शन्तिपूर्ण प्रदर्शन भईरहेको छ ।...
जेन्जी आन्दोलनकारीद्धारा त्रियुगा नगरपालिका घेराउ

जेन्जी आन्दोलनकारीद्धारा त्रियुगा नगरपालिका घेराउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २४ । जेनजी आन्दोलनकारीहरुले त्रियुगा नगरपालिका घेराउ गरेको छ । बिहान ११ बजेदेखी बजार क्षेत्रमा प्रदर्शन गर्दै नगरपालिका पुगेको आन्दोलनकारीले नगरपालिका घेराउ गरेतापनि तोडफोड भने गरेको छैन । प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरेको हो । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ ।...
करिश्मा मानन्धरले त्यागिन एमाले

करिश्मा मानन्धरले त्यागिन एमाले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । अभिनेत्री करिश्मा मानन्त्ररले पनि एमाले त्यागेको घोषाणा गेकिछिन् । उनले आफु अब जनताको कलकार बन्न भन्दै पार्टी त्यागेकी जनाएकी हुन् । उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’ अघि लेख्छिन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’ करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन् ।...
जेन्जीको आन्दोलनमा ज्यान गुमाए उदयपुरका यी युवाले

जेन्जीको आन्दोलनमा ज्यान गुमाए उदयपुरका यी युवाले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । जेन्जी आन्दोलनमा उदयपुरका एक युवा ज्यान गुमाएको छ । उदयपुरको बेलका नगरपालिका वडा नं ४ हरिपुरका सन्तोष लुहारको प्रहरी गोलीबाट ज्यान गएको हो । काठमाडौंमा बसोबास गर्दै आएका लुहार आन्दोलनमा सहभागी रहेका बेला गोली लाग्दा घटनास्थलमै गम्भीर घाइते भई अस्पतालमा उपचारको क्रममा निधन भएको जनाईएको छ। यस बारे प्रहरीलाई भने थाहा नभएको हेडक्वाटर बाट सूचना नआएको जनाएको छ । उदयपुरका युवाहरु आन्दोलनमा के कति घाईते वा मृत्यु भए भन्ने बारे प्रहरी जानकार छैन । सामाजिक संञ्जालहरुमा अर्का एक युवा पनि गम्भीर घाईते भएको भन्ने पोष्टहरु आईरहेको छ ।...
अपराधको हिनता बोध गर्दै कृषिमन्त्री अधिकारीले दिए राजिनामा

अपराधको हिनता बोध गर्दै कृषिमन्त्री अधिकारीले दिए राजिनामा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ भदौ । सरकारको कदमले आफुलाई अपराधबोध गराएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्। सरकारको कदम ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन्। मन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।” उनले ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस...
ओलीको राजीनामा हैन, बर्खास्त गरी राज्य र मानव विरुद्धको मुद्धा दायर गर्नुपर्छ : कार्की

ओलीको राजीनामा हैन, बर्खास्त गरी राज्य र मानव विरुद्धको मुद्धा दायर गर्नुपर्छ : कार्की

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ भदौ । एमाले उदयपुरका नेता विमल कार्कीले आफ्नै अध्यक्ष माथी कडा आक्रोस पोखेका छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रति चर्को स्वरमा उत्रेका पूर्व प्रदेश सांसद तथा एमाले नेता कार्कीले ओलीलाई राजिनामाले मात्रै नपुग्ने बताएको छ । कार्कीले मंगलबार बिहान फेसबुक पोष्ट गर्दै भनेका छन्,“, भदौ २३ को हत्याकाण्ड नेपाल कै इतिहासमा राजधानिको मुटु बानेश्वर र देशका ठुला शहरहरुमा राज्यले एकसाथ मच्याएको मध्ययुगिन वर्वरतापुर्ण नर संहार हो । यस घटनालाइ जति भर्त्सना गरे पनि अपर्याप्त छ । यो परिस्थितिमा प्रधानमन्त्री केपि ओलिको राजिनामा माग्ने हैन । यिनलाइ तत्काल बर्खास्त गरि न्यायिक हिरासतमा राखेर हिजो भएको निर्मम आमहत्याको आरोपमा केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख र काठमाडौ सिडियो लगाएतलाइ राज्य र मानवता बिरुद्धको अपराधमा मुद्धा दायर गरि सुनुवाइ शुरु गर्नु पर्...
त्रिमावि गाईघाटका विद्याथीहरुको आवाज, विद्यार्थी र युवा मार्न पाईँदैन

त्रिमावि गाईघाटका विद्याथीहरुको आवाज, विद्यार्थी र युवा मार्न पाईँदैन

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, शिक्षा, समाचार
पूर्णपुष्टि, २४ भदौ । त्रियुगा नमुना माविका विद्यार्थीहरु बिहानै र्यालीमा उत्रिएको छ । सोमवार भएको जेन्जी आन्दोलनमा सरकारले दमन गरी युवा र विद्यार्थी मारेको विरोधमा उनिहरुले प्रदर्शन गरेको छ । ओली, देवा, प्रचण्ड प्रति आक्रोस पोख्दै विद्यार्थीहरुले विद्यार्थी र युवा मार्न पाईँदैनाको नारा घन्काएका छन् । जेन्जी आन्दोलनका १९ जना प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाएर ज्यान लिएको छ । यसको चौतर्फी आलोचना र विरोध भैरहेको छ । यसै गरी जेन्जीले आज पनि गाईघाटमा प्रदर्शन गर्ने भएको छ ।...
गाईघाटमा आज पनि जेन्जीले प्रदर्शन गर्ने

गाईघाटमा आज पनि जेन्जीले प्रदर्शन गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । जेन्जीले आज पनि गाईघाटमा र्याली गर्ने भएृको छ । देशभरको प्रदर्शनमा सोमवार पनि गाईघाट स्थित मेनचोकमा जेन्जी अभियानताहरुले विरोध गरेका थिए । देशमा भएको व्यापक भ्रष्टचार र सामाजिक संञ्जालको विरोधमा जेन्जीले बिरोध गरेको हो । काठमाण्डौँ लगायत देशका ठुला सहर सँगै गाईघाट जेन्जीले पनि प्रदर्शन गरेका थिए । मंगलबार पनि सोही स्थानमा जेन्जीहरु भेला हुने भएको छ । उनिहरुले सरकारले तत्काल राजीनामा दिएर नयाँ विकल्प खोज्नु पर्ने, अपराधी ज्यानमारा सरकारका जिम्मेवारी प्रतिनिधिहरुलाई छानविन गरी कार्वाही गर्नु पर्ने जस्ता मागहरु समेत राख्ने भएका छन् ।  ...
उदयपुरका निजी विद्यालयहरुले दियो  सोक विदा

उदयपुरका निजी विद्यालयहरुले दियो सोक विदा

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ भदौ । उदयपुरमा निजी विद्यालयहरुले दुई दिन सोक विदा दिएको छ । सोमवार जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरु प्रति श्रदान्जली व्यक्त गर्दै निजी विद्यालयहरु मंगलबार र बुधार सोक विदा दिएको हो । जिल्लामा रहेका प्यावसन, नेशनल प्यावस, अपेन, हिसान लगायतमा आवद्ध निजी विद्यालयहरु सोक विदा दिएको हो । यी निजी विद्यालयका बिभिन्न छाता संगठनले जेन्जी आन्दोलनका मृतकहरु प्रति श्रदान्जली ब्यक्त गर्दै सरकारको लापर्वाहीलाई गम्भीर ध्यानाकर्षण समेत गरेको छ । विद्यार्थी पुस्तानै बिषेशगरी जेन्जी पुस्ता रहेको भन्दै नयाँ पुस्ताको अधिकार कुन्ठीत गर्ने र उनिहरुको आवश्यकतालाई प्रतिवन्ध गर्ने सरकारको कार्य नै गलत भएको जनाएको छ ।...
गृहमन्त्री लेखकले राजीनामा दिने

गृहमन्त्री लेखकले राजीनामा दिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ भदौ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको बैठकमा गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन नेताहरूले माग गरेको छ । बैठकको सुरूवातमै महामन्त्री विश्वप्रकाश शर्माले जेनजीको प्रदर्शनमा धेरै मानिसहरूको मृत्यु भएकोले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। उक्त कुरामा समर्थन जनाउँदै अर्का महामन्त्री गगन थापाले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए। ‘सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कुरा स्वीकार गर्न हुँदैनथ्यो,’ थापाले भने। साथै उनले कांग्रेस र एमाले गठबन्धन सरकारको औचित्य के हो भनेर पनि सोधेका थिए। ‘कांग्रेस र एमाले सरकारको औचित्य के होरु परि आए गठबन्धन सरकारबाट अलग हुनुपर्छ,’ महामन्त्री थापाले भने।  ...