Sunday, May 3News That Matters

समाचार

आजैबाट सामाजिक संञ्चाल खोल्न ओलीलाई देउवाको फोन

आजैबाट सामाजिक संञ्चाल खोल्न ओलीलाई देउवाको फोन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक संञ्जाल प्रतिवन्ध हटाउन फोन गरेको छ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन ः सञ्चालन गर्नुपर्ने निर्णय गरे सँगै ओलीलाई देउवाले फोन गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न सरकारलाई आग्रह गर्ने संस्थागत निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले सेतोपाटीलाई जानकारी दिए । पार्टीले उक्त निर्णय गरेपछि सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका छन्। सभापति देउवाले आजकै मन्त्रिपरिषद बैठकबाट सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिसकेको पनि महामन्त्री शर्माले जानकारी दिए । मन...
जेन्जी आन्दोलन : मृतकको संख्या निरन्तर उकालो

जेन्जी आन्दोलन : मृतकको संख्या निरन्तर उकालो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ भदौ । सोमवार भएको जेन्जी आन्दोलनमा प्रदर्शनकारीहरुको मृत्यु संख्या बढिरहेको छ । आन्दोलनमा काठमाण्डौँमा मात्रै १६ जनको ज्यान गैसकेको छ । यता उपचाररत घाईतेहरुको मृत्यु संख्या निरन्तर बढिरहेको छ । इटहरीमा दुई जना र काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भए सँगै हाल १८ जना प्रदर्शनकारीहरुको ज्यान गएको हो । सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो। ‘गोली लागेर आएका तीन जना थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो,’ दाहालले भने, ‘अहिलेसम्म ३४ जना घाइते हुनुहुन्छ। उपचार जारी छ। विवरण लिँदैछौं।’ केएमसीमा दुई, सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा ७, टिचिङ अस्पतालम...
जेन्जी आन्दोलन : इटहरीमा पनि दुई जनाको मृत्यु

जेन्जी आन्दोलन : इटहरीमा पनि दुई जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ भदौ । देशभर भैरहेको जेन्जी आन्दोलनको क्रममा इटहरीमा पनि दुई जना प्रदर्शनकारीले ज्यान गुमाएको छ । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा दुई जनाले ज्यान गुमाएको हो । प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। ‘धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको भन्ने खबर आएको छ,’ डिएसपी योगराज खतिवडाले भने, ‘घाइते चार जनाको भने उपचार भइरहेको छ।’ घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका थिए। त्यही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो। प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन्। प्रदर्श...
प्रधानमन्त्री ओलीको घरमा तोडफोड प्रयास, प्रहरीले गर्‍यो दुई राउण्ड हवाई फायर

प्रधानमन्त्री ओलीको घरमा तोडफोड प्रयास, प्रहरीले गर्‍यो दुई राउण्ड हवाई फायर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ भदौ । जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा तोडफोड प्रयास गरेका छन्। दमक प्रहरीका एक अधिकृतले दिएको जानकारी अनुसार नगरपालिका तोडफोड र आगजनी गरेर अघि बढेका प्रदर्शनकारीले ओलीको घरमा ढुंगामुढा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको ती अधिकृतले जानकारी दिए। ‘अहिले स्थिति नियन्त्रणमै छ तर प्रदर्शनकारी वरिपरि नै छन्,’ उनले भने।...
जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या १३ पुग्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पुर्णपुष्टि, २३ भदौ । जेन्जी पुस्ताको आन्दोलनमा प्रहरीका दमनले १३ प्रदर्शनकारीको मृत्यु भैसकेको छ । थप तिन जनाको एभरेस्ट अस्पतालमा मृत्यु भए सँगै मृत्यु हुनेको संख्या १३ पुगेको छ। सोमबार दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी घाइते भएका तीन जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको एक डाक्टरले बताए। योसँगे मृत्यु हुनेको संख्या १३ पुगेको छ । सिभिल अस्पतालमा दुई, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा एक जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको हो। घाइते कति जना छन् भन्ने यकिन छैन।...
उदयपुरमा व्यावसायीक राँगा पालन र बेसारखेती ब्यापक बनाइ किसानकाे जनजिवन उकासिने

उदयपुरमा व्यावसायीक राँगा पालन र बेसारखेती ब्यापक बनाइ किसानकाे जनजिवन उकासिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० । उदयपुरको त्रियुगा नगरपालिकामा कृषी क्षेत्रमा आकर्षण बढाउने उदेश्यका साथ कृषकलाई सहज रुपमा ऋण कसरी उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा वित्तिय संस्था, कृषी उद्यमी तथा सरोकारवालाहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार जिल्ला सवन्वय समिति उदयपुरको आयोजनामा डाईमण्ड एग्रिकल्चर फर्म प्रालि र टर्मो एगी्र हर्मो प्रोडक्ट एण्ड प्रोसेसिङ प्रालि सुनसरीको सहजिकरणमा समन्वय समितिको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको हो । ‘साझा लक्ष्य सबैको साथ, उदयपुरको विकासमा मिलाऔँ हात’ भन्ने मूल नाराका साथ सम्पन्न अन्तरक्रियामा राँगा पालन गर्ने र बेसार, अदुवा खेती गर्ने कृषकलाई बिना धितो ऋण उपलब्ध गराउने बिषयमा अन्तरक्रिया भएको हो । कृषकहरुले उत्पादन गरेको राँगा सहजकर्ता संस्थाहरुले खरिद गर्नेछ भने खरिद गरेको राँगा चीनमा आपुर्ती हुनेछ । त्यस्तै कृषकहरुले उत्पादन गरेको अदुवा खरिद गरी विभिन...
उदयपुरमा एन्फा यू – १४ अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु

उदयपुरमा एन्फा यू – १४ अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २१ भदौ । उदयपुरमा एन्फा यु – १४ अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु भएको छ । शनिवार देखी थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता सुरु भएको हो । उदयपुर जिल्ला फुटवल संघको आयोजना तथा अखिल नेपाल फुटवल संघको समन्वय तथा सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुरुवाती खेलमा त्रियुगा नमुना मावि गाईघाटले जित सुरुवात गरेको छ । फुस्पान्जली बोर्डिङलाई पेनाल्टीमा १÷० ले हराउँदै जित सुरुवात गरेको हो । टिममा १७ ओटा जिल्लाभरीका विद्यालयहरु सहभागी छन् । खेल २१ गतेदेखी २९ गते सम्म हुने आयोजकले जनाएको छ ।...
माओवादी उदयपुरको संयोजकमा पौडेल

माओवादी उदयपुरको संयोजकमा पौडेल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ भदौ । माओवादी केन्द्र उदयपुर समन्वय समितिको संयोजकमा द्रोण पौडेल (निरज)ं चयन भएको छ । पौडेललाई भाद्र १२ गते सम्पन्न भएको पार्टीको कोशी प्रदेश समिति सचिवालयको बैठकले संयोजकमा चयन गरेको हो । निवर्तमान अध्यक्ष समेत रहेका विनोद कटुवाल (दिवस) लाई जिल्ला सह–इन्चार्जको जिम्मेवारी दिएर पौडेललाई संयोजकको जिम्मा लगाईएको हो । करिब १० बर्ष अघिबाट कटुवाल माओवादी केन्द्रको उदयपुर नेतृत्वमा थिए । कटुवाल सँगै प्रदेश सांसद समेत रहेका माओवादी नेता नारायण बुर्जा र काजिमान तामाङ समेत जिल्ला सह–इन्चार्ज बनेको छ ।...
उदयपुरे सर्जक (डिबी) राईको परदेशी सार्वजानिक

उदयपुरे सर्जक (डिबी) राईको परदेशी सार्वजानिक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १९ भदौ । उदयपुरका सर्जक तथा कलकार डम्वर राई (डिबी) को परदेशी सार्वजानिक भएको छ । राईले विनोद खम्वु नामक युट्युव च्यालन मार्फत परदेशी सार्वजानिक गरेको हो । परदेशीलाई तिलक वान्तावाले शव्द भरेको छ भने विनोद खम्वुले संगित र राईले स्वर भरेको छ । जसलाई रेकर्डिङमा सुरेश राईले सहयोग गरेको छ । किङ स्टुडियोमा गरिएको रेकर्डलाई मिक्स मास्टर राजु कार्कीले गरेका छन् भने भिडियो जस्केलो क्रियशनले गरेको छ । राईले यो भन्दा अन्य गितहरुमा पनि स्वर दिएको छ । आफ्नै शव्दमा राईले थुप्रै गितहरु सार्वजानिक गरिसकेको अवस्था छ ।...
कर्मचारी सहित जिल्ला अस्पताल उदयपुरको बिभिन्न विवरण माग

कर्मचारी सहित जिल्ला अस्पताल उदयपुरको बिभिन्न विवरण माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ भदौ । गाईघाटका सचेत युवाहरुले जिल्ला अस्ताल उदयपुरमा कार्यरत कर्मचारीहरु सहित बिभिन्न विवरणहरु माग गरेका छन् । बिभिन्न ११ बुदा माग सहित विवरण मागिएको हो । स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, जिल्ला प्रशासन कार्यालय उदयपुर, राष्ट्रिय सूचना आयोग त्रिपुरेश्वर, सूचनको हकका लागि राष्ट्रिय महासंघ लगायत सम्बन्धित निकायहरुलाई बोद्धार्थ गरी बिविरण माग गरिएको हो । सचेत युवा इश्वरमान राई सहितको युवा तथा नागरिकहरुले बुधबार अस्पताल प्रशासनमा विवरण माग गरिएको हो । हाल सम्म जिल्ला अस्पताल उदयपुरमा कार्यरत कर्मचारी, उनिहरुको सेवा सुविधा विवरण, पाँच बर्ष भन्दा बढी अबधी सेवा गर्ने अस्थाई कर्मचारीको विवरण, अस्पतालको आया व्याय विवरण लगायत बिभिन्न बुदामा विवरण माग गरिएको छ । उक्त समूहले बिगत देखीनै अस्पतला प्रशासनलाई सचेत गराउँदै आएको छ ।...