Sunday, May 3News That Matters

समाचार

उदयपुरमा स्कुटरबाट खसेर महिलाको मृत्यु

उदयपुरमा स्कुटरबाट खसेर महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोक नजिकै स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको सुखीपुर नगरपालिका–८ बस्ने ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो २ बजेर २५ मिनेटको समयमा ६८ वर्षीय जगरनाथ साह सुडीले चलाएको स ५ प ७० नम्बरको स्कुटरमा पछाडि सवार उनकी श्रीमती गंगिया अचानक स्कुटरबाट खसेर घाईते भएकी थिईन् । घाइते भएकी सुडीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा चेकजाँच गर्दा सोही साझँ ४ बजेर ५७ मिनेटमा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।...
वाईसिएल उदयपुरले गर्यो मदन भण्डारी राजमार्गको डिभाईडरमा रङ रोगन

वाईसिएल उदयपुरले गर्यो मदन भण्डारी राजमार्गको डिभाईडरमा रङ रोगन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । वाईसिएल नेपाल उदयपुरले मदन भण्डारी राजमार्गमा रहेका सडक लेन डिभाईडरमा रङ रोगन गरेको छ । शनिवार गाईघाट बजार आसपास लगायत अन्य बिभिन्न स्थानमा राखिएको सडक लेन डिभाईडरमा रङ रोगन गरेको हो । श्रम तथा उत्पादन अभियान अन्तर्गत संञ्चालित दुई महिने अभियानको क्रममा रङ रोगकनको काम गरिएको हो । उक्त अभियानको क्रममा वाईसिएल उदयपुरले श्रमदान, सरसफाई, बाँध निर्माण र रंगशाला मर्मतको कामहरु गरिसकेको छ । वाईसिएल युवाहरुको सक्रियतामा उक्त अभियान चलायमान बनिरहेको छ भने यस अभियानलाई जनताहरुले नजिक देखि नियाली रहेको छ । दलहरु गफ र भाषण सँगै भ्रष्टचारमा लिप्त भएको भन्दै असन्तुष्टी जनताहरुले माओवादीलाई पनि चुनाव बिषेश काम गरेको आरोप लगाईरहेको बेला वाईसिएलले भने आफ्नो कर्म नछाडेको युवाहरु बताउँछन् । माओवादी अब जनता, श्रम र उत्पादन सँग जोडिएको युवाहरुको भनाई छ । निलो कलरमा रहेको डिभाईडरल...
गाईघाटमा  सुरु भयो लाखे नाच

गाईघाटमा सुरु भयो लाखे नाच

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । उदयपुरको गाईघाटमा लाखे नाच सुरु भएको छ । गाईघाट स्थित भगवती मन्दीर र राधाकृष्ण मन्दिरमा पुजा आजा सँगै लाखे नाच सुरु गरिएको हो । झिँगु नेवा पुँच उदयपुरको आयोजनामा सुरु भएको लाखेमा ६ ओटा वडाका नेवार समुदायहरुले भगवती मन्दीरबाट एकै साथ पुजाआजा गरी सुरु गरेको हो । ११ नं वडा गाईघाट, १० नं वडा बोक्से, ३ नं वडा मोतिगडा, ९ नं वडा गैरुन र १६ नं सिद्रेका नेवार समुदायहरुले लाखे सुरु गरेको छ । पछिल्लो समय त्रियुगा नगरपालिकामा नेवार समुदायहरुको वस्ती पहिचान गर्दै जाँदा नेवार समुदायहरुको जनघनत्व बढेको भन्दै बिभिन्न वडाहरुमा झिँगु नेवाँ पुच वडा कमिटी खडा गरिएको हो । सोही अन्तर्गत हाल १६ नं वडा थपेर छ ओटा वडाहरुले लाखे नाच मनाउँदै आएको झिगुँ नेवा पुँच उदयपुरका अनुसार नेवार वस्त वडाहरुलाई कमिटी गठन गरी आआफ्नै स्थानमा लाखे पर्व मनाउन सहज गरिएको जनाए । पहिले गाईघाटबाटनै सबै ठाउँ लाखे ...
पशुपालनका सफल दम्पतीलाई पालिका अध्यक्ष राईको सम्मान

पशुपालनका सफल दम्पतीलाई पालिका अध्यक्ष राईको सम्मान

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २४ साउन । उदपयुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले पालिकावासी सफल किसान दम्पतीलाई सम्मान गरेको छ । शुक्रबार राईले पालिका भवन परिसरमै बोलाएर सम्मान गरेको हो । किसानको उत्पादनलाई प्रोत्साहन स्वरुप कृषक गणेश खत्री र बिमला खत्री किसान दम्पतीलाई अध्यक्ष राईले सम्मान गरेको हो । किसानले कृषि र पशुपालनमा मेहनत नगरे सम्म उत्पादन नहुने र उत्पादन नभए सम्म मान्छेको प्राण, उद्यम ,व्यापार नचल्ने ब्यापार नभए रोजगारी र समृध्दि पनि नहुने भन्दै उत्पादनमुखी कामलाई प्रोत्साहन गर्नु पर्ने अध्यक्ष राइको भनाई छ । राईले समाजवादको जरानै किसान रहेको बताए । उनले किसानको आत्मा मनोबल उठ्यो भने मात्र समाज र गाउँको अर्थतन्त्र दरिलो र भरिलो बन्न सक्ने पनि जनाए । खत्री दम्पतीले दुहुना भैसी पालेर उत्पादन गर्नुका साथै आफ्नो जिविको पार्जनमा टेवा पुराएको छ ।...
आज जनै पूर्णिमा र रक्षा बन्धन

आज जनै पूर्णिमा र रक्षा बन्धन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । जनै पूर्णिमा हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व हो । श्रावणी पूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी यो पर्व मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपालको तराई क्षेत्रमा भने आजकै...
आज कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना

आज कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । आज बागमती सहित कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना रहेको छ । मौसमविद्हरूले दिउँसो कोशी र बागमती प्रदेशमा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागम...
उदयपुरमा जन्मदिन भोज खाएका २७ जना बिरामी

उदयपुरमा जन्मदिन भोज खाएका २७ जना बिरामी

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ । उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चोकमा जन्मदिनको भोज खाएपछि २७ जना मानिस बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार राति ९ बजे जितेन्द्र राईको घरमा जन्मदिनको अवसरमा आयोजित भोजमा सहभागी भएका मानिसहरूलाई झाडापखाला र बान्ता लागेको हो । बिरामी परेकाहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन् । सबैलाई बिहिबार राति ८ बजे जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको थियो । भोजमा रोटी, अचार, पुरी, बुनिया, पुवा लगायतका परिकारहरू सेवन गरेका थिए । अस्पतालका अनुसार २६ जना बिरामी डिस्चार्ज भइसकेका छन् भने एक जना बालकको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । खाद्य विषाक्तताको कारणले गर्दा बिरामी परेको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा ९ के.जी. गाँजा सहित एक जना पक्राउ

उदयपुरमा ९ के.जी. गाँजा सहित एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरको बेलका नगरपालिका–१ आमबासी स्थितबाट ९ के.जी. लागुऔषध गाजाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका–३ मोरङ्गे टोल बस्ने ३५ बर्षीय शुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो साढेँ १ बजेको समयमा प्रहरी बिट आम्बासीबाट चेकिङमा खटिएको प्रहरी टोलीले रामपुर ठोक्सिलाबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक श्रेष्ठले झोलामा लुकाई छिपाई ल्याउदै गरेको गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसँगै चालक सहित सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।...
बहुविवाह कानूनी वैधता प्रस्ताव विरुद्ध उदयपुरमा महिला संगठनको ज्ञापनपत्र

बहुविवाह कानूनी वैधता प्रस्ताव विरुद्ध उदयपुरमा महिला संगठनको ज्ञापनपत्र

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २१ । विभिन्न महिला संघ तथा संगठनहरूले मुलुकी देवानी संहिता ऐन, २०७५ लाई संशोधन गरी बहुविवाहलाई कानूनी वैधता दिने सरकारको प्रस्ताव विरुद्ध जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल महिला संघ जिल्ला समिति, अखिल नेपाल महिला संघ (अ.ने.म.संघ), अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), जिल्ला महिला संगठन र अखिल महिला संघ क्रान्तिकारी जिल्ला समितिले बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावलाई गैरजिम्मेवारपूर्ण, प्रतिगामी र महिला विरोधी भन्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार काठमाण्डौमा पठाइने बताउनुभयो । महिला अधिकारकर्मीहरूले...
उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन २१ । उदयपुरको त्रियुगा नगरपालिका–७ भाण्टाबारीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय देवन वि.क.को ११ बर्षीय छोरा दर्शन वि.क. रहेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती अन्दाजी साढेँ ७ बजेको समयमा आफ्नै घरको बिजुली बल्वको होल्डरमा बल्व जोड्ने क्रममा करेन्ट लागि घाइते भएका थिए । घाईते भएका बालकलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा ७ बजेर ४५ मिनेटमा चिकित्सकले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...