गाईघाटमा उद्योग स्थापना गर्न औद्योगिक ग्रामको आवश्यक : राउत
पूर्णपुष्टि, १४ भदौ ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतेल गाईघाटमा उद्योग स्थापना गरी ब्यापार आकर्षण गर्न सकिने जनाएको छ । राउतेल गाईघाटलाई ब्यपारीमय बनाउन उद्योग स्थापना गर्न सकिने र त्यसका लागि औद्योगिक ग्रामको आवश्यक रहेको जनाए ।
गाईघाट भविष्यमा ब्यपारको लागि सम्भावित बजार रहेको भन्दै यसको भविष्य निकै पर सम्म रहेको संकेत गरे । मदन भण्डारी हाईवेका कारण यो ठाउँ ब्यपार व्यवसायको लागि उचित रहेको समेत राउतले जनाए । उनले गाईघाट कटारीलाई पूर्वी मेचीदेखी पश्चिमको भैरवा सम्मै ब्यपारको सम्भावना रहने अध्यक्ष राउतको भनाई छ । गाईघाट बजारको व्यपार मुख्य तया पूर्व पश्चिम राजमार्ग र मदन भण्डारी हाईवेले माथि उठाएको राउतका बुझाई छ । थप अन्य राजमार्गहरु थपिँदै जाँदा गाईघााट कटारी बजारको ब्यपारीक भभिष्य उज्वल रहेको समेत बताए ।
अध्यक्ष राउतले स्थानीय सरकारलाई ब्यपारका ल...









