१६ नं वडामा पन्च बर्षिय आवधिक योजना निर्माण बारे दुई दिने बृहत कार्यशाला
पूर्णपुष्टि, ७ असार ।
त्रियुगा नगरपालिका वडा नं १६ ले आगामी वडा विकासका लागि छलफल अघि बढाएको छ । वडामा विकासको फड्को मार्न पन्च बर्षिय आवधिक योजना निर्माणको लागि दुई दिने बृहत कार्यशाला तथा छलफल चलाएको हो । जनप्रतिनिधि, कर्मचारी, स्थानीय तथा बुद्धिजिवी, शिक्षक, राजनितिक दल, टोल विकास संस्था, विद्यार्थी, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सामुदायिक संस्था, बाल क्लव लगायत वडाको विकास सँग सम्बन्धित प्रतिनिधिहरुको उपस्थितिमा बुधबार र बिहिबार वडा कार्यालय स्थित जाल्पा चिलाउनेमा दुई दिने बृहत आवधिक कार्याशाला आयोजना भएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वडागत स्वीकृत वडागत बजेट तथा कार्यक्रम अनुसार कार्यशाला गरिएको हो ।
कार्यशालामा वडाको भौतिक, आर्थिक ,सामाजिक ,विपद तथा वातावरण, सुशासन सेवा प्रवाह तथा संस्थागत क्षमता विकास सम्बन्धी वडाको वर्तमान अवस्थाको वस्तुस्थिति र आगामी पाँच वर्ष...









