निर्माण मजदुर सङ्घ उदयपुरमा नयाँ नेतृत्व
उदयपुर, असार ५ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घको पेशागत सङ्गठन निर्माण मजदुर सङ्घ उदयपुरले नयाँ नेतृत्व चयनसहित चौथो जिल्ला सम्मेलन हिजाे सम्पन्न गरेको छ । अध्यक्षमा रामकुमार विश्वकर्मा चयन भएका छन् । चार मनोनितसहित २१ जनाको कार्यसमिति बनाइएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष अमित लामा र माओबादी केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला संयोजक दिवस कटुवालले उद्घाटन गरेको सम्मेलनले उपाध्यक्षमा खड्गबहादुर राई, सचिव बिनम मोते, सहसचिव सुरेश राई र कोषाध्यक्ष गोपाल मग्रातीलाई चयन गरेको छ । सदस्यमा देशवराज विश्वकर्मा, विदुर विश्वकर्मा, धनशेर राई, मानबहादर दनुवार, केदार रम्तेल, हेमराज राई, अश्विन राई छानिएका छन् ।
सम्मेलनले जिल्लाका ८ वटै स्थानीयतहबाट २–२ जनालाई प्रतिनिधित्व गराउने गरी सदस्य राखेको छ । जस अनुसार कटारी, बेलका, चौदण्डीगढी नगर, लिमचुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकाबाट प्...









