बोक्सेमा तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कोशी प्रदेश प्रहरी रानी बिजयी
सुनिल राई÷गाईघाट, पूर्णपुष्टि, मंसिर ११ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेमा आजदेखी तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बोक्सेस्थित गंगा खेल मैदानमा भएको उद्घाटन खेलमा कोशी प्रदेश प्रहरी रानी बिराटनगरले 11 स्टार फुटबल क्लब बोक्सेलाई पेनाल्टि सुटआउटमा ४–१ गोलले हराएको हो ।
निर्धारित समयमा दुबै टोलीले रोमाञ्चक गोल रहित बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा कोशी प्रदेश प्रहरी रानी बिराटनगरले बाजी मारेको हो । यस खेलको म्यान अफ द म्याच बिराटनगरका जर्सी नं. १ का गोल रक्षक सुरज साक्य बने । उनले नगद सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोली हुने दोस्रो खेल गोलबजार युनाईटेल फुटबल क्लब र मलिथम फुटबल क्लब बिच हुनेछ । आजदेखी सुरु भएको प्रतियोगिता मंसिर २० गतेसम्म संचालन हुनेछ ।
वडा युवा तथा खेलकुद विकास समिति त्रि.न.पा–१० बोक्सेद्धारा आयोजित यस प्रतियोगितामा १० ...









