Thursday, May 21News That Matters

राजनीति

कोशी प्रदेशमा माओवादीको सरकारबाट फिर्ता हुने निर्णयमा अनिश्चितता

कोशी प्रदेशमा माओवादीको सरकारबाट फिर्ता हुने निर्णयमा अनिश्चितता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १८ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता सहकार्य गर्ने सहमति बनेसँगै कोशी प्रदेश सरकारमा रहेको माओवादी केन्द्रको भविष्यबारे चासोको विषय बनेको छ। हाल कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्रका तीन जना मन्त्री छन् : गणेशप्रसाद उप्रेती (भौतिक पूर्वाधार विकास), नारायण बुर्जा मगर (पर्यटन, वन तथा वातावरण), र राजेन्द्र कार्की (स्वास्थ्य) । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कांग्रेस र एमालेबीचको प्रारम्भिक सहमति अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री एमालेकै रहने बताए। माओवादी सरकारबाट बाहिरिने वा नरहने विषयमा केन्द्रको निर्देशन अनुसार निर्णय गरिने जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रमा परिवर्तन भएसँगै प्रदेशमा पनि सोही अनुसार अगाडि बढ्ने बताए। माओवादी क...
प्रधानमन्त्री दाहालले राजीनामा नदिई विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिई विश्वासको मत लिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा नदिई संसदमा विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यो निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। प्रधानमन्त्रीले संसदमा गणित देखाउने र विश्वासको मत लिने बताएका छन् । माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेसहित विभिन्न दलहरूसँग छलफल गरी अगाडि बढ्ने रणनीति लिएको छ । यो कदमले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ ।...
“प्रचण्डद्वारा ओलीलाई ‘विवेकसम्मत निर्णय’ लिन सुझाव; संक्रमणकालीन न्याय विधेयक पारित भए पद छोड्न तयार”

“प्रचण्डद्वारा ओलीलाई ‘विवेकसम्मत निर्णय’ लिन सुझाव; संक्रमणकालीन न्याय विधेयक पारित भए पद छोड्न तयार”

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता समीकरणबारे ‘विवेकसम्मत निर्णय’ लिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको तीन घण्टा लामो छलफलमा प्रचण्डले ओलीलाई सत्ता समीकरण, बजेट, विभिन्न नियुक्ति र भावी सहकार्यबारे ‘विवेकसम्मत निर्णय’ लिन आग्रह गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको असन्तुष्टि सम्बोधन गर्न तयार रहेको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि सत्ता हस्तान्तरण गर्न इच्छुक रहेको बताए । साथै, कांग्रेसको समर्थनमा सरकार बनाउने विकल्पबारे पनि सोच्न ओलीलाई सुझाव दिएका छन्। ओलीले विवेकसम्मत निर्णय लिने जवाफ फर्काएका छन्।    ...
त्रियुगाकाे नगरसभा अबेर सुरु

त्रियुगाकाे नगरसभा अबेर सुरु

राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । त्रियुगा नगरपालिका उदयपुरकाे नगरसभा आज अबेर सुरु भएकाे छ । विहान ११:०० बजे हुने भनिएकाे सभा अपरान्ह ४ बजेदेखि सुरु भएकाे हाे । वडाध्यक्ष तथा कार्ययपालिका सदस्यहरुले शिक्षक दरबन्दि मिलान तथा विद्यालय घटुवा विषयमा विमति जनाएपछि सभा अबरुद्ध बनेकाे थियाे । विमतिबारे लिखित रुपमा निर्णय गरि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई  बुझाएपछि सभा अगाडि बढेकाे जनाईएकाे छ ।...
त्रियुगाकाे नगरसभा अबेरसम्म सुरु भएन

त्रियुगाकाे नगरसभा अबेरसम्म सुरु भएन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । आज हुने भनिएकाे उदयपुरकाे त्रियुगा नगरपालिका नगरसभा आज अबेरसम्म पनि सुरु हुन सकेकाे छैन । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुकाे विमतीका कारण सभा सुरु हुन नसकेकाे हाे । नगर शिक्षाले हालै गर्न खाेजेकाे शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवाकाे विषयमा विमती रहेकाे जनाईएकाे छ ।...
लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र

लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएको छ । किमिटीले ११ बुदेँ ज्ञापनपत्र बुझाएको हाे । सेवा प्रवाह र शुसासनको बिषयमा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हाे । एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर राइको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई ज्ञापनपत्र बुझाइएको हाे । आर्थिक बर्ष २०७९/०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका बिषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न भनेकाे छ साथै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न माग ज्ञापनपत्रमार्फत गरिएकाे छ । एमाले जिल्ला सदस्य राजकुमार राइसमेतकाे उपिस्थिति रहेकाे थियाे ।  ...
लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, १ असार । नेकपा एमाले उदयपुरले जिल्ला, नगरदेखी वडा अधिवेशन धमाधम गरिरहेको छ । जिल्ला अधिवेशन सकेर पालिका अधिवेशनमा होमीएको एमाले उदयपुर वडाहरुकाे अधिवेशनमा रहेको छ । पार्टीले जिल्लाको सबै पालिकाहरुमा वडा अधिवेशनको कामलाई अघि बढाईरहेको छ । पार्टीले लिम्चुङबुङ गाउँपालिकामा वडा अध्यक्ष टुँगो लगाएको छ । एमाले जिल्ला सदस्य राजकुमार राईका अनुसार वडा नं १ बास्बोटेमा विष्णुराज राई, वडा नं २ ताम्लिछामा रामबहादुर माझी, वडा नम्वर ३ बाराहामा डम्बर कार्की, वडा न. ४ वालम्तामा मनोज राई र वडा नं ५ जाँतेमा मेगबहादुर कार्की अध्यक्षमा चयन भएका छन् । पार्टीले लिम्चुङबुङसहित बिभिन्न पालिकाहरुमा वडा अधिवेशन सम्पन्न गर्दै आएको छ । भर्खरै पालिका अधिवेशन सकेर वडाअधिवेशन तर्फ पार्टी होमिएको हो ।...
नेकपा एमाले कटारी नगरको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ

नेकपा एमाले कटारी नगरको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २८ । नेकपा एमाले कटारी नगरपालिका कमिटिको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आईतबार नेकपा एमाले कटारीको दोस्रो नगर अधिवेसनको बन्द सत्रबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । अधिवेसनले नेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा शुसिला राउत कार्की , सचिवमा राजकुमार थापा क्षेत्री ,उपसचिवमा तेजबहादुर आले मगर र महिला उपसचिवमा तारा ब्लोन तामाङ्ग चयन भएकी छिन् । यस अघि नै ७० जना सदस्यहरु सर्वसम्मत चयन भईसकेका थिए । तीनदिन देखि जारी वन्द सत्रले समिति चयन गर्न नसकेपछी निर्वाचनको मिति तोकिएको थियो । निर्वाचन मण्डलले आईतबार विहान ७ बजे निर्वाचन गर्ने गरी उमेद्वारहरुको अन्तिम नामावली समेत प्रकाशन गरेको थियो । जसमा अध्यक्षका लागी नेत्रबहादुर खड्का सहित जिवनाथ दाहाल र मोहनबहादुर खड्काको उम्मेदवारी रहेको थियो भने उपाध्य...
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २५ । मधेस प्रदशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सिंहले प्रदेश प्रमुख भण्डारी समक्ष जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् । यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्न आव्हान गरेकी थिईन् । उनले दाबी पेश गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।...
मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २४ । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आव्हान गरेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त्त भएपछि संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आव्हान गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागी दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । बुधबार संविधान २०७२ को धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिएका मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो । २७ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मधेश प्रदेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एकीकृत समाजवादी, न...