वैशाख ३० गते स्थगित ७ केन्द्रमा आज मतदान, भोली ४ केन्द्रमा हुँदै
पूर्णपुष्टि, जेठ २ गते ।
वैशाख ३० गते विभिध कारणले स्थगित भएको सात केन्द्रमा आज मतदान भएको छ । धनुकुटाको शहिदभूमि गाउँपालिका–६, सप्तरीको रुपनी गाउँपालिका– ५, रामेछापको खाँडादेवी गाउँपालिका १, सुर्खेतको सिम्ता गाउँपालिका–३, बझाङको केदारस्यूँ गाउँपालिका ४, बझाङको सुर्मा गाउँपालिका– २ र बझाङकै सुर्मा गाउँपालिका–३ मा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, भोली चार मतदान केन्द्रमा मतदान हुँदैछ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३, कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, बाजुराको बुढीनन्दा नगरपालिका– ८ र अछामको पञ्चदेवल विनायक नगरपालिका–५ मा मतदान हुने आयोगले जनाएको छ ।
यता, जेठ ४ गते तनहुँको व्यास नगरपालिका– ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ भने पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने निर्वाचन आयोगले जनाएको ...







