Saturday, June 20News That Matters

राजनीति

संविधान दिवस मनाइयो

संविधान दिवस मनाइयो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज ३ । संविधान दिवस उदयपुरमा आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जिल्ला स्तरीय आयोजक समिति उदयपुरले जिल्ला समन्वय समिति उदयपुरको ब्यवस्थापनमा अन्तरक्रिया गर्यो । जिससकै सभाहलमा आयोजित अन्तरक्रियामा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाई, नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेका गणपति मनोज कार्की लगायतका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया भएको थियो । विभिन्न कार्यालयका प्रमुखहरु, कर्मचारी, नागरिक समाज, पत्रकार, बुद्धिजिविसमेतले अन्तरक्रियामा भाग लिएका थिए । नेपालको संविधानको चर्चा गर्दै देशको शासन र विकासमा यसको महत्वपूर्ण भुमिका रहेको र आवश्यकता अनुसार संशोधन गर्दै अग्रगतिमा देशलाई लैजानु पर्ने बक्ताहरुले बताएका थिए । हिजाे सरसफाइ तथा दिप प्रज्वलन गरेर मनाइएकाे दिवसलाइ विभिन्न पार्टीहरु...
प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २ । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले संविधान रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने तयारी गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुनसक्ने आशंकामा दलहरू छन् । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर दिवस मनाउन सर्कुलर गरिसकेको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमता र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शीरमा राखेर दिवस मनाउने जानकारी दिए । नेकपा एमालेले काठमाडौंमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले च्या...
जेनजीको प्रशंसा गर्दै माओवादी मजदुर पार्टी महासचिव

जेनजीको प्रशंसा गर्दै माओवादी मजदुर पार्टी महासचिव

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २८ । माओवादी मजदुर पार्टीका महासचिव हिमालसिंह राईले जेनजी पुस्ताले एउटा आन्दोलन छेड्न सफल भएकोमा बधाई तथा शुभकामना दिएका छन् । उनले जेनजी पुस्ता सहित भएरै पनि इतिहास रचेको बताएका छन् । उनले चालिसौ बर्षको पुराना सडेगलेका चरम भ्रष्टाचारीहरुलाई ठिक पारेर छाडेकोमा प्रशंसा गर्दै अवका दिनमा यस्तै न्यायपूर्ण आवाज उठाइरहन भनेका छन् । उनीहरुको आन्दोलनलाई जनविद्रोहको रुपमा ब्याख्या गर्दै उनले नेताहरुको अहमता, घमण्ड, शोषण र गलत आचरणलाई उदाङ्गो पारिदिएको बताएका छन् । जेनजीको उच्च विचार र पवित्र धारणाको उच्च कदर गर्ने आज हिजो विज्ञप्ती जारी गर्दै बताउनुभएको छ ।...
जेनजी आन्दोलनपछि उदयपुर सामान्य बन्दै, निषेधाज्ञ र कर्फ्यु फिर्ता

जेनजी आन्दोलनपछि उदयपुर सामान्य बन्दै, निषेधाज्ञ र कर्फ्यु फिर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २८ गते जेनजी आन्दोलनपछि अस्तब्यस्त बनेको उदयपुरको जनजीवन सामान्य बन्दै गएको छ । यो उदयपुरको सदरमुकामा गाईघाट हो । आज यहाँको अवस्था सामान्य छ । मानिसको चहलपहल छ । सवारीसाधनहरु चलेका छन्, बजार, पसल पुरै खुलेका छन । सुरक्षाको कारण बन्द रहेका बैंक, सार्बजनिक यातायात पनि सञ्चालन हुन थालेका छन् । आन्दोलन यता हरेक दिन लाग्दै आएको निषेधाज्ञ स्थानीय प्रशासनले आजदेखि हटाएको छ । रातीराती जारी हुने कप्mयु पनि सम्भवत भरैदेखि हट्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । यो त्रियुगा नगरपालिका १० बोक्से क्षेत्रमा अधिकांश सरकारी कार्यालयहरु रहेका छन् । भदौ २४ गते आन्दोलनको क्रममा यहाँ स्थित जिल्ला प्रशासन, अदालत र सबैजसो सरकारी कार्यालयमा तोडफोड भएका थिए । ढुंगा हानेर भ्mयालढोकामा क्षती पुर्याएका सरकारी कार्यालयहरु सरसफाई गरी भाेलीदेखि सेवा प्रभाव थालिने भएकाे छ...
जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुुपर्ने आठ मोर्चाको संयुक्त माग

जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुुपर्ने आठ मोर्चाको संयुक्त माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २७ । जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने आठ मुक्तीमोर्चाहरुले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट ती मोर्चाहरुले मृतकलाई शहिद घोषणा, उनका परिवारलाई क्षतिपुर्ति र घाइतेहरुको निशुःल्क उपचारको माग गरेका हुन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, कोच राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड उराव राष्ट्रिय मुक्ति मोर्चा, मेचे राष्ट्रिय मुक्ति मोर्चा र भोटे राष्ट्रिय मुक्ति मोर्चा, नेपालले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरी यस्तो माग गरेको हो । जेनजी पुस्ताले गरेका शान्तिपूर्ण आन्दोलनलाई भ्रष्ट, दलाल एवम् विचौलिया सरकारले परिस्थितिलाई उत्तेजित र हिंसात्मक बनाएको र त्यसबाट ३० जनाभन्दा बढि निर्दोष किशोर किशोरीको निर्मम हत्या भएकोप्रति आठ राष्ट्रिय मुक्तीमोर्चाहरुले संय...
जेनजी प्रदर्शनले उदयपुरमा दिउसोदेखि लियो उग्ररुप, सबैजसो सरकारी कार्यालय तोडफोड नगरपालिकामा आगजनी

जेनजी प्रदर्शनले उदयपुरमा दिउसोदेखि लियो उग्ररुप, सबैजसो सरकारी कार्यालय तोडफोड नगरपालिकामा आगजनी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २४ । जेनजी प्रदर्शनले उदयपुृरमा दिउसोदेखि उग्ररुप लिएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, संगै रहेको जिल्ला अदालत र बोक्सेस्थित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेसंगै गाईघाटस्थित त्रियुगा नगरपालिका अगाडी आगजनी गरेका छन् । नगरपालिकाको न्यायिक समिति र अन्य विभिन्न शाखाको काजजात, कुर्सी, टेबल लगायतका सामानहरु बाहिर थुपारेर आगजनी गरेको हो । तोडफोडबाट सबै जसो सरकारी कार्यालयहरुको भ्mयाल ढोका र कार्यालयमा क्षती पुगेको छ । कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीहरुले लुकेर र भागेर ज्यान जोगाएका थिए ।...
अपराधको हिनता बोध गर्दै कृषिमन्त्री अधिकारीले दिए राजिनामा

अपराधको हिनता बोध गर्दै कृषिमन्त्री अधिकारीले दिए राजिनामा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ भदौ । सरकारको कदमले आफुलाई अपराधबोध गराएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्। सरकारको कदम ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन्। मन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।” उनले ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस...
संञ्चारमन्त्री गुरुङको घरमा ढुँगा मुडा र आगजानी

संञ्चारमन्त्री गुरुङको घरमा ढुँगा मुडा र आगजानी

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति
पूर्णपुष्टि, २४ भदौ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।  
ओलीको राजीनामा हैन, बर्खास्त गरी राज्य र मानव विरुद्धको मुद्धा दायर गर्नुपर्छ : कार्की

ओलीको राजीनामा हैन, बर्खास्त गरी राज्य र मानव विरुद्धको मुद्धा दायर गर्नुपर्छ : कार्की

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ भदौ । एमाले उदयपुरका नेता विमल कार्कीले आफ्नै अध्यक्ष माथी कडा आक्रोस पोखेका छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रति चर्को स्वरमा उत्रेका पूर्व प्रदेश सांसद तथा एमाले नेता कार्कीले ओलीलाई राजिनामाले मात्रै नपुग्ने बताएको छ । कार्कीले मंगलबार बिहान फेसबुक पोष्ट गर्दै भनेका छन्,“, भदौ २३ को हत्याकाण्ड नेपाल कै इतिहासमा राजधानिको मुटु बानेश्वर र देशका ठुला शहरहरुमा राज्यले एकसाथ मच्याएको मध्ययुगिन वर्वरतापुर्ण नर संहार हो । यस घटनालाइ जति भर्त्सना गरे पनि अपर्याप्त छ । यो परिस्थितिमा प्रधानमन्त्री केपि ओलिको राजिनामा माग्ने हैन । यिनलाइ तत्काल बर्खास्त गरि न्यायिक हिरासतमा राखेर हिजो भएको निर्मम आमहत्याको आरोपमा केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख र काठमाडौ सिडियो लगाएतलाइ राज्य र मानवता बिरुद्धको अपराधमा मुद्धा दायर गरि सुनुवाइ शुरु गर्नु पर्...
उदयपुरबाट पनि धमाधम पार्टी त्याग्दै एमालेका युवाहरु

उदयपुरबाट पनि धमाधम पार्टी त्याग्दै एमालेका युवाहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति
पूर्णपुष्टि, २४ भदौ । सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छ । सोमवार भएको जेन्जीका आन्दोलनमा युवाहरुको मागलाई सम्वोधन गर्नुका सट्टा उल्टै जेन्जी युवाहरुमा माथी गोली चलाएर १९ जनाको ज्यान लिएको भन्दै एमाले भित्रका युवाहरुले असन्तुष्टी जनाउँदै पार्टी त्याग्न थालेका छन् । एमाले त्याग्ने एमाले युवाहरुको जमात देशव्यापी रुपमा छन् । केहि युवाहरुले पार्टी त्याग्ने आँट गरेपनि केहिले भने पार्टी भित्रै बाट पनि विरोधका आवाजहरु निकाल्न सुरु गरेको छ । अनेरास्ववियुको निवर्तमान विदेश बिभाग प्रमुख तथा नेतृ स्मृति वरालले हिजै पार्टी त्यागेको घोषणा गरिन् । उनले आउँदो समय कुनै पनि जिम्मेवारीबाट आफु अलग हुँदै एमाले त्यागेको उनले घोषणा गरिन् । यता एनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक विश्दर्शन पराजुलीले पनि पार्टी परित्याग गरेको छ । मेरो पार्टी र मरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्त...