उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो
पूर्णपुष्टि, पुष २६ । उदयपुरमा विगत चार दिनदेखि जारी शीतलहर र चिसोका कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको छ । विशेषगरी आधारभूत तहका विद्यार्थीहरूको उपस्थिति गम्भीर रूपमा प्रभावित भएको शिक्षकहरूले बताएका छन् ।
त्रियुगा नगरपालिका–१ स्थित जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार त्रियुगा र चौदण्डीगढी नगरपालिकाका सरकारी तथा निजी विद्यालयहरूमा साना कक्षाका विद्यार्थीको उपस्थिति निकै कम छ । त्रियुगा–११ मा रहेको पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला कक्षाका विद्यार्थीको उपस्थिति २५ प्रतिशतमा झरेको जानकारी दिए ।
चौदण्डीगढी–९ हडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले अचानक बढेको चिसो र शीतलहरका कारण साना कक्षाका विद्यार्थीहरू प्रभावित भएको बताए । ‘विशेषगरी आधारभूत तहका विद्यार्थीहरू चिसोको चपेटामा परेका छन्,’ उनले भने । अभिभावकहरू पनि चिसोको...








