एसईई पूरक परीक्षा आजदेखि
पूर्णपुष्टि, साउन २३ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार यस वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। उनले यस वर्ष एनजी ल्याएका करिब ५२ हजार विद्यार्थीहरू रहेको जानकारी दिए, तर सबैले पूरक परीक्षाको फारम नभरेको हुन सक्ने भएकाले यो संख्यामा केही फरक पर्न सक्ने बताए।
राष्ट्रिय परीक्षा बोर्डको अनुसार पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ र त्यसका लागि ५५० केन्द्र तोकिएको छ। तर परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने पूरक परीक्षा दिन पाउने छैनन्। बोर्डले गत चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थ...








