Sunday, July 5News That Matters

समाचार

उदयपुरका १५ घाइते मध्ये ६ जना विराटनगर रेफर

उदयपुरका १५ घाइते मध्ये ६ जना विराटनगर रेफर

Breaking News 3, समाचार
११ फागुन २०८२ । उदयपुर मदन भण्डारी राजमार्गको कटारी -गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी गाउपालिका -७ अँधेरीमा आज भएको दुर्घटनाका १५ घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस दुर्घटनामा घाइतेहरूमध्ये गम्भीर अवस्थाका उदयपुरगढी गाउँपालिकाकी ७३ वर्षीय सोममाया तामाङ, कटारी नगरपालिका -२ की ६० वर्षीय सोमाया परियार, ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, त्रियुगा नगरपालिका -७ की२१ वर्षीया रेसिका बस्नेत, सोही पालिका -५ की २० वर्षीया रेश्मा बस्नेतलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरू जिल्ला अस्पताल उदयपुरमा उपचारपछि घर फर्किएका छन् ।...
उदयपुरमा दुर्घटना हुँदा १५ जना घाइते, दुई गम्भीर

उदयपुरमा दुर्घटना हुँदा १५ जना घाइते, दुई गम्भीर

Breaking News 2, समाचार
११ फागुन २०८२ । उदयपुर मदनभण्डारी राजमार्गको कटारी गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी गाउपालिका -७ मा पर्ने अँधेरीमा आज यात्रुवाहक बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा उदयपुरगढीकी ७३ वर्षीय सोममाया तामाङ र कटारी नगरपालिकाकी ६० वर्षीय सोममाया परियार गम्भीर घाइते छन् । उनीहरूको शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको जनाइएको छ । अन्य घाइतेहरूमा ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, सोही पालिकाकी ४० वर्षीय प्रकाश भुजेल र २८ वर्षीय सुवास नेपाली रहेका छन् । त्यस्तै कटारी नगरपालिकाकी ३५ वर्षीय अनिल चौधरी, सोही पाल...

उदयपुर-२ का लागि सहायक मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर १०, फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र २ मा सहायक मतदान अधिकृतकाे लागि ११७ जनाकाे नाम ताेकिएकाे छ । ११५ मतदान केन्द्र रहेकाेमा दुइजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।...

उदयपुर-१ का लागि सहायक मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर १०, फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र १ मा सहायक मतदान अधिकृतकाे लागि १६३ जनाकाे नाम ताेकिएकाे छ । १६० मतदान केन्द्र रहेकाेमा तीनजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।...

उदयपुर-२ का लागि मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, १० फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र २ मा मतदान अधिकृतकाे लागि ११८ जनाकाे नाम ताेकिएकाे छ । ११५ मतदान केन्द्र रहेकाेमा चारजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।  ...

उदयपुर-१ का लागि मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर १०, फागुन उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र १ मा मतदान अधिकृतकाे लागि १६४ जनाकाे नाम ताेकिएकाे छ । १६० मतदान केन्द्र रहेकाेमा चारजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।...
उदयपुर सुनचादी व्यवसायी संघद्धारा फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान

उदयपुर सुनचादी व्यवसायी संघद्धारा फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाइघाट ÷ फागुन १० । उदयपुर सुनचादी व्यवसयी संघले फिफा रेफ्री सहित ६ जना राष्ट्रिय महिला खेलाडीलाई सम्मान गरेको छ । आइतबार बिहान संघको सभाहलमा एक कार्यक्रमको बिच जिल्लाको तिनजना सहित ६ जनालाई सम्मान गरेको हो । उदयपुरको थरुहट रंगशाला गाईघाटमा भर्खरै फागुन ९ गते सम्पन्न एन्फा महिला च्यापियनसिपको विजेता तथा उपविजेता टिमको राष्ट्रिय खेलाडी र मुख्य रेफ्रिलाई संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा पनि आफ्नो देशको पहिचान र गरिमा बढाउन सफल भएको भन्दै सम्मान गरेको हो । संघले उदयपुरको त्रियुगा नगरपालिका घर भएकी फिफा रेफ्री अन्जना राई, राष्ट्रिय खेलाडी बेलका नगरपालिका घर भएकी दिपा राई, कटारी नगरपालिका घर भएकी हिरा कुमारी भुजेल सहित सावित्री किसन, मनमाया दमाई र बिमला वि.क. लाई सम्मान गरेको हो । हिरा कुमारी भुजेल, मनमाया दमाई र सावित्री किसन एन्फा महिला च्याम्यिसिपको उ...
उदयपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए

उदयपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, १० फागुन  मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले उदयपुर निर्वाचन क्षेत्र १ का लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रहरूमा खटिने गरी तोकेको हो । मतदान अधिकृतको कार्यालय कटारीले पनि उदयपुर क्षेत्र नम्बर २ का लागि मतदान अधिकृत र सहायक मदन अधिकृत तोकेको छ। एक मदन केन्द्रमा एक मदन अधिकृत र एक सहायक मतदान अधिकृत तोकिएका हुन् । योसँगै अन्य कर्मचारीहरू र सुरक्षाकर्मीहरू समेत खटाइने जनाइएको छ।...
एन्फा महिला च्याम्पियनसिपको उपाधी एपिएफले जित्यो

एन्फा महिला च्याम्पियनसिपको उपाधी एपिएफले जित्यो

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷९ फागुन । उदयपुरको थरुहट रंगशाला गाईघाटमा आज सम्पन्न एन्फा महिला च्याम्पियनको उपाधि सशस्त्र प्रहरी क्लब (एपिएफ) ले जितेको छ । आजको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १ गोलको विरुद्ध २ गालले हराउँदै एपिएफले उपाधि चुमेको हो । खेलको ५४ औँ मिनेटमा जर्सी नं. १२ की गिता राणाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिईन् भने ६८ औँ मिनेटमा जर्सी नं. ७ कि रेनुका नगरकोटीले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यस्तै खेलको ७१ औँ मिनेटमा आर्मीकी जर्सी नम्बर ८ की जेनिफर राणाले गोल गरिन् । टिमको तर्फबाट यो मात्र एक गोल रह्यो । यस खेलको म्यान अफ द म्याच एपिएफ कि जर्सी नं. १२ कि गिता राणा बनिन् । उपाधि विजेता सशस्त्रले ७ लाख ५० हजार पुरस्कार हात पारेको छ भने उपविजेतामा चित्त बुझाउनु परेको आर्मीले ५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सशस्त्रकी अन्जना राना मग...
एन्फा महिला च्याम्पियनसिप:उपाधिका लागी विभिगिय टोली एपिएफ र आर्मी भिड्दै

एन्फा महिला च्याम्पियनसिप:उपाधिका लागी विभिगिय टोली एपिएफ र आर्मी भिड्दै

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷फागुन ९ । उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी एन्फा महिला च्याम्पियनसिपको उपाधिका लागी दुई विभागिय टोली शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । आजको फाईनल खेल दिउँसो २ बजे हुनेछ । एपिएफले क्वाटरफाईनलमा आरएस रिसोर्ट पोखरालाई १९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने सेमिफाईनल खेलमा संकटालाई ३–० गोल अन्तरले हराएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले क्वाटरफाईनलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराएको थियो भने सेमिफाईनलमा नेपाल पुलिस क्बलाई १–० गोल अन्तरले हराएको हो । जम्मा १० टिम सहभागी मध्ये हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्यूरोड टिम, चर्च वोइज, नेपाल पुलिस क्लब र संकटा क्लब गरी आठ टिम वाहिरियो । यस च्याम्पियनसिपको विजेताले नगद रु. ७ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने ...