Friday, May 8News That Matters

समाचार

कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने

कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन ११ । कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजाको म्याचिङ र प्रोसेसिङको काम भइरहेको र तोकिएको समयमै नतिजा सार्वजनिक गरिने बताएका छन्। गत वैशाखमा सम्पन्न भएको यस परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए। यसमध्ये नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन्। परीक्षा देशभरका एक हजार ५२५ केन्द्रहरूमा सञ्चालन भएको थियो भने जापानमा समेत एक परीक्षा केन्द्र रहेको थियो। कोभिड–१९ महामारीपछि पहिलो पटक नियमित समयमा सम्पन्न भएको यस परीक्षाको नतिजा लाखौं विद्यार्थीहरूको भविष्यसँग जोडिएको छ। नतिजा प्रकाशनसँगै उच्च शिक्षाका लागि भर्ना प्रक्रिया सुरु हुने भएकोले विद्यार्थी, अभिभावक र शैक्षिक...
सन्दिप लामिछाने मुद्दा : पीडित भनिएकी किशोरीद्वारा पुनरावेदन नगर्न आग्रह

सन्दिप लामिछाने मुद्दा : पीडित भनिएकी किशोरीद्वारा पुनरावेदन नगर्न आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अप्रत्याशित मोड आएको छ। पीडित भनिएकी गौशाला–२६ की एक किशोरीले उच्च सरकारी वकिलको कार्यालय पाटनमा सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै निवेदन दिएकी छिन्। उच्च सरकारी वकिलको कार्यालय स्रोतका अनुसार किशोरीले आफ्नो निवेदनमा यस मुद्दाका कारण आफूलाई अत्यधिक मानसिक तनाव भएको र यसलाई थप अगाडि बढाउन नचाहेको उल्लेख गरेकी छिन्। उनले उच्च अदालत पाटनको फैसला स्वीकार गरेको र सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन विशेष आग्रह गरेकी छिन्। यो घटनाक्रम उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको केही दिनपछि आएको हो। उच्च अदालतले बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो। यद्यपि, कानुनी रूपमा सरकारी वकिल र पीडित पक्षले सर्वोच्च अदालतमा प...
राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिनाधितो ऋण दिने नयाँ नीति घोषणा गरेको छ। शुक्रबार आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिनाधितो ऋण दिने योजनाको जानकारी दिए। नयाँ नीति अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका व्यक्तिहरूले आफ्नो बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण प्राप्त गर्न सक्नेछन्। यो कदम सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित प्रावधान अनुरूप लिइएको हो।...
सौर्य विमान दुर्घटना : मृतकहरूको शव पहिचान अन्तिम चरणमा, आज परिवारलाई हस्तान्तरण गरिने

सौर्य विमान दुर्घटना : मृतकहरूको शव पहिचान अन्तिम चरणमा, आज परिवारलाई हस्तान्तरण गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पहिचान कार्य अन्तिम चरणमा पुगेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले दिउँसो चार बजेसम्म शव बुझाउने तयारी भइरहेको जानकारी दिए। डा.चौधरीका अनुसार १४ वटा शवको पहिचान लगभग सकिएको छ भने बाँकी ४ वटा शवको डेन्टल परीक्षण भइरहेको छ। केही शव बढी जलेकाले डेन्टल परीक्षणबाट पहिचान गर्नुपरेको उनले बताए। पहिचान प्रक्रियामा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका गरी २५ जना फोरेन्सिक विशेषज्ञहरू खटिएका छन्। आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा शवहरूको पहिचान गरिएको र वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाइने डा.चौधरीले बताए। नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ।...
जुवा खालबाट पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता

जुवा खालबाट पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध जुवा खेलेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त बौद्धको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको हो। गत साउन ५ गते अपराह्न ३ बजेतिर प्रहरीले घलेको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले १ लाख ३६ हजार ५ सय रुपैयाँ नगद, ३७ वटा क्वाइन र ६ बुक तास बरामद गरेको थियो। पक्राउ परेका अन्य व्यक्तिहरूमा बूढानीलकण्ठका रमेश लामा, काठमाडौंका चीनकुमार गोले, राजु तामाङ, दिनेश सुनार, प्रवीण लामा, विष्णुकुमार दोङ, सुमन गोले, सिन्धुपाल्चोकका सुक्र सुनार र ऋतिक राउत रहेका छन्। गाउँपालिका अध्यक्ष घलेले प्रहरीसँगको बयानमा मनोरञ्जनका लागि साथीभाइसँग म्यारिज खेलेको बताएका छन्। उनी यसअघि पनि मानव बेचबिखनको आरोपमा पक्राउ परेका थ...
राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नयाँ नीतिमा निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशतले बढाउने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नीतिगत दरहरू घटाउँदै निजी क्षेत्रतर्फको कर्जा विस्तारलाई १२ प्रतिशतमा कायम गरेको बताए । साथै, मुद्रास्फितिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइएको छ। नयाँ मौद्रिक नीतिमा निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ। सीआरआर र एसएलआरमा कुनै परिवर्तन नगरी यथावत राखिएको छ। यी नीतिहरू गत आर्थिक वर्षको तुलनामा बढी लचिलो रहेको देखिन्छ। राष्ट्र बैंकले चालु आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै यस्तो नीति लिएको हो।...
कोशी सरकारबाट बाहिरिदै माओवादी केन्द्र

कोशी सरकारबाट बाहिरिदै माओवादी केन्द्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ११ । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन्। यसका साथै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ। ‘हामी आज सरकार छाड्छौं,’ भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले भने, ‘मुख्यमन्त्रीलाई राजीनामा बुझाउँछौं ।’ कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट चार जना मन्त्री रहेका थिए। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट बाहिरिएपछि समर्थन पनि फिर्ता लिने बताए। यो कदमले नेपाली कांग्रेसलाई सरकारमा प्रवेश गर्ने बाटो खोलेको छ। मुख्यमन्त्री कार्कीले कांग्रेसलाई नौ मध्ये चार मन्त्रालय दिने तयारी गरेका छन्। सत्ता समीकरणको यो नयाँ घटनाक्रम केन्द्रमा भएको सत्ता परिवर्तनको परिणाम हो। यद्यपि, केन्द्रमा सत्ता परिवर्तन भए ...
विश्वव्यापी तापमान वृद्धि: रेकर्ड तोड्दै जलवायु संकट

विश्वव्यापी तापमान वृद्धि: रेकर्ड तोड्दै जलवायु संकट

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । गत आइतबार जुलाई २१, २०२४ मा विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन गरियो, जसले पृथ्वीको इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। कपर्निकल क्लाइमेट चेन्ज सर्भिसका अनुसार यो तापमानले १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। यो वृद्धि गत वर्षको उच्चतम तापमानभन्दा मात्र ००.१ डिग्री सेल्सियस बढी भएतापनि, यसका परिणामहरू गम्भीर हुने अनुमान गरिएको छ। विश्वका धेरै भागहरूमा हिटवेभ र डढेलो जस्ता समस्याहरू देखा परिरहेका छन्। दक्षिण अमेरिका भयानक गर्मीसँग जुधिरहेको छ भने चीनमा भारी वर्षा र बाढीले कहर मच्चाइरहेको छ। उत्तरी अफ्रिकामा तापमान ५० डिग्री सेल्सियससम्म पुगेको छ। वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिहरू र अल निनोको प्रभाव यस तापमान वृद्धिका प्रमुख कारकहरू हुन्। हरेक वर्ष जीवाश्म इन्धनको दहनबाट ४० अरब टन कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको छ, जसले वायुमण्डल तताइरहेको...
दोस्रो 7A साईड फुटबलमा दमौटी र डेडीको विजयी सुरुवात

दोस्रो 7A साईड फुटबलमा दमौटी र डेडीको विजयी सुरुवात

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १० । दोस्रो 7A साईड फुटबल प्रतियोगितामा दमौटी फुटबल क्लब र डेडी फुटसल क्लब मोतिगडाले विजयी सुरुवात गरेको छ । बिहिबार बोक्सेस्थित गंगा खेल मैदानमा भएको उद्घाटन खेलमा दमौटी फुटबल क्लबले 11 star फुटबल क्लब बाबरीलाई २–० गोलले पराजित गर्‍यो। खेलको ४५ औं मिनेटमा जर्सि नं. ११ का (कप्तान) पविन राईले गोल गर्दै दमौटीलाई आग्रता दिलाए भने खेलको अन्तिम औं मिनेटमा जर्सि नं. ८ का असिम राईले गोल गर्दै जित सुनिश्चित गरे। यस प्रतियोगिताको म्यान अफ द म्याच असिम राई बने । उनले नगद रु १ हजार सहित मेडल र ट्रफी प्राप्त गरे ।त्यस्तै दोस्रो खेलमा डेडी फुटसल क्लब मोतिगडाले स्वर्णिम युवा क्लब जलजलेलाई टाईब्रेकरमा ५–४ गोलले हरायो। निर्धारित समयमा गोलरहित बराबरी खेलपछि टाईब्रेकरमा डेडी फुटसलका जर्सि नं. १६ का सुजन घिमिरे, जर्सि नं. ९ का प्रज्वल हमा, जर्सि नं. ५ का निखिल ठकुरी, जर्सि नं. १३ का प्रक...
करेन्ट लागेर उदयपुरगढीमा एक युवाको मृत्यु

करेन्ट लागेर उदयपुरगढीमा एक युवाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १० । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बुधबार जिल्लाको उदयपुरगढी गाउँपालिका–६ ओदालेका होम बहादुर मगरका २५ बर्षीय छोरा राजु आले मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार केही दिनदेखि पानी नपरेका कारण खेत सुकेको र इनारको पानी मोटरबाट तानेर खेतमा लगाउन मोटर चलाउँदा मगरको करेन्ट लागेर मृत्यु भएको हो । मोटरको नाङ्गो तार पानीमा झरेको अवस्थामा राजुले तार छोएकोले करेन्ट लागेको डिएसपी चापागाईनले बताए ।...