Friday, May 8News That Matters

समाचार

सौर्य एयरलाइन्स दुर्घटना:१७ जनाको शव आफन्तले बुझे, एक विदेशीको शव अस्पतालमै

सौर्य एयरलाइन्स दुर्घटना:१७ जनाको शव आफन्तले बुझे, एक विदेशीको शव अस्पतालमै

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १२ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १७ जनाको शव आफन्तले बुझेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले शनिबार साँझसम्म १७ मृतकका आफन्तले शव बुझेको जानकारी दिए। गत बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो। यस दुर्घटनामा जहाजमा सवार १९ जनामध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक १८ जनाको मृत्यु भएको थियो। प्रहरी प्रवक्ता कार्कीका अनुसार एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ। सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव अस्पतालमै रहेको छ।...
रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा गुम्यो

रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा गुम्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १२ । जनकपुर–जयनगर रेल्वे लिकमा परेर एक युवकको दुवै खुट्टा गुमेको छ। शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासको दुवै खुट्टा काटिएको हो। रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता दयाराम पौडेलका अनुसार, जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि रेलको लिक छेउबाट हिँडिरहेका दास अलमलिएर रेलकै लिकमा परेका थिए। रेलको लिक छेउबाट हिँड्ने बाटो रहेको र दास त्यही बाटोबाट हिँडिरहेका बेला यो दुर्घटना भएको डिएसपी पौडेलले बताए । घटनापछि तत्काल घाइते दासलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ। रेल्वे विभागले यात्रुहरूलाई रेल्वे लिक वरपर सावधानी अपनाउन अपिल गरेको छ।...
धनगढीको नोभा अस्पतालमा युवकको मृत्युपछि तोडफोड, प्रहरीद्धारा अश्रुग्यास प्रहार

धनगढीको नोभा अस्पतालमा युवकको मृत्युपछि तोडफोड, प्रहरीद्धारा अश्रुग्यास प्रहार

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १२ । कैलालीको धनगढीस्थित नोभा अस्पतालमा एक युवकको मृत्युपछि उत्पन्न विवादले उग्र रूप लिएको छ। शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि शनिबार बिहानदेखि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आफन्तहरूले अस्पतालको लापरबाहीका कारण नसिबको मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्। उनीहरूले मृतकको शव उठाउन अस्वीकार गरेका छन्। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेका हुन्। मृतकका मामा रामकृष्ण चौधरीले अस्पतालले समयमै अन्यत्र रेफर नगरेको र पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको आरोप लगाएका छन्। उनका अनुसार समयम...
पूर्वमा तस्करी बढेसँगै भन्सार राजस्वमा ठूलो गिरावट

पूर्वमा तस्करी बढेसँगै भन्सार राजस्वमा ठूलो गिरावट

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १२ । पूर्वका प्रमुख भन्सार कार्यालयहरूको राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको छ। मोरङ, सुनसरी र झापा जिल्लामा बढ्दो तस्करीका कारण यो समस्या झनै गहिरिएको देखिन्छ। विराटनगर भन्सार कार्यालयको तथ्याङ्क हेर्दा यो समस्या स्पष्ट देखिन्छ। आर्थिक वर्ष २०७७–७८ मा यस कार्यालयले ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। तर यो रकम लगातार घट्दै गएको छ। आर्थिक वर्ष २०७९–८० मा यो रकम घटेर ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार रुपैयाँमा झर्‍यो। गत आर्थिक वर्ष २०८०–८१ मा यो रकम अझै घटेर ३० अर्ब ३५ करोड रुपैयाँमा सीमित भयो, जुन लक्ष्यको मात्र ६० प्रतिशत हो। मेची भन्सार कार्यालयको अवस्था पनि त्यति राम्रो देखिँदैन। आर्थिक वर्ष २०७९–८० मा यस कार्यालयले १४ अर्ब ४ करोड ५ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। गत आर्थिक वर्षमा यो रकम केही बढेर १४ अर्ब २३ करोड ५२ लाख ...
उदयपुरका १५ किशोरीलाई ३९० घण्टे बिउटिसियन तालिमको प्रमाण पत्र

उदयपुरका १५ किशोरीलाई ३९० घण्टे बिउटिसियन तालिमको प्रमाण पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ साउन । हुरेण्डेक उदयपुरले संञ्चालन गरेको ३९० घण्टे बिउटिसियन तालिम शनिवार सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका ९ राजावास स्थित ओरेक उदयपुरको सभाहलमा भएको तालिम सम्पन्न भएको हो । हुरेण्डेकले जेष्ठ २६ गते कम्युटर, मोवाईल मर्मत र बिउटीसियन गरी तिन ओटा क्षेत्रमा तालिम संञ्चालन गरेको थिए । कम्युटर प्रशिक्षणको तालिम २२० घण्टे भएकाले असार २२ गतेनै सम्पन्न भैसकेको छ भने मोवाईल मर्मत र बिउटीसियनको साउन १२ गते शनिवार सम्पन्न भएको हो । बिउटिसियनमा १५, कम्युटरमा १७ र मोवाईल मर्मत तर्फ १ जना गरी जम्मा ३३ जना किशोर किशोरीहरु तालिममा सहभागी थिए । परियोजना व्यवस्थापक विकल सुवेदीका अनुसार संस्थाले यस्ता खाले सिपमुलक तालिमहरु उदयपुरमा पहिल्यैबाट संञ्चालन गर्दै आएको जनाए । उक्त कार्यक्रम परियोजनाको कार्यक्षेत्र उदयपुरको रौतामाई, ताप्ली...
कोशी प्रदेशमा एमाले र कांग्रेसबीच भागबण्डा लगभग टुङ्गियो

कोशी प्रदेशमा एमाले र कांग्रेसबीच भागबण्डा लगभग टुङ्गियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डाको विषयमा लगभग सहमति भएको छ। दुई दलका नेताहरूबीच भएको अनौपचारिक छलफलमा चार–चार वटा मन्त्रालय राख्ने सहमति भएको छ। एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउने छन्। तर कांग्रेसले कुन–कुन मन्त्रालय पाउने भन्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रले छाडेका तीन वटा र आफूसँग रहेको कृषि मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन्। कांग्रेसले भने माओवादी केन्द्रले छाडेको बाहेक आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमध्ये एक पाउनुपर्ने माग राखेको छ। यस विषयमा औपचारिक छलफल शनिबार काठमाडौंमा हुने भएको छ। कांग्रेसले आलोपालो नेतृत्वको माग गरेको र लिखित सहमतिको प्रस्ताव राखेको छ। तर मुख्यमन...
सौर्य विमान दुर्घटना : क्षतिपूर्तिको आश्वासनपछि शव बुझ्दै परिवार

सौर्य विमान दुर्घटना : क्षतिपूर्तिको आश्वासनपछि शव बुझ्दै परिवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूका शव परिवारजनले बुझ्न थालेका छन्। बुधबार पोखराका लागि उडेको विमान विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। शुरुमा बिमा र क्षतिपूर्ति रकम निर्धारण नभएसम्म शव नबुझ्ने अडान राखेका परिवारजन सौर्य एयरलाइन्सले उचित क्षतिपूर्ति र सहयोगको आश्वासन दिएपछि शव बुझ्न सहमत भएका हुन्। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका छन्। तर विदेशी नागरिकको शव बुझाउन प्रक्रियागत कारणले केही दिन लाग्ने बताइएको छ। केही परिवारजन विदेशबाट आउनुपर्ने भएकोले पनि शव बुझाउन ढिलाइ भएको अस्पताल प्रशासनले जनाएको छ। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि...
सौर्य एयर दुर्घटना : ५ वटा शव परिवारले बुझे, क्षतिपूर्तिको अन्योलमा १३ शव अझै अस्पतालमा

सौर्य एयर दुर्घटना : ५ वटा शव परिवारले बुझे, क्षतिपूर्तिको अन्योलमा १३ शव अझै अस्पतालमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । बुधबार काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये १३ जनाको शव अझै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको छ। सरकार र एयरलाइन्स कम्पनीले क्षतिपूर्ति र बीमा सम्बन्धी विषयमा स्पष्ट निर्णय नगरेकाले मृतकका अधिकांश परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन्। महाराजगंज प्रहरी वृत्तका डीएसपी अमर थापाका अनुसार शुक्रबारसम्म पाँच वटा शव मात्र परिवारले बुझेका छन्। उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेर अन्त्येष्टिका लागि लगेको डिएसपी थापाले बताए। केही मृतकका परिवारले आरोप लगाएका छन् कि उनीहरूलाई जबरजस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न लगाइएको छ। बुधबार बिहान ११स्११ बजे त्रिभुवन विमानस्थलमा भएको यस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। मृतकका परिवारहरूले क्षतिपूर्ति र बीमा सम्बन्ध...
कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ। शुक्रबार पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएपछि माओवादी केन्द्र बाहिरिएको हो । माओवादी केन्द्रका तर्फबाट गणेश उप्रेती (भौतिक पूर्वाधार), राजेन्द्र कार्की (स्वास्थ्य), नारायण बुर्जामगर (पर्यटन, वन तथा वातावरण) मन्त्री र बन्दना झागड (वन, पर्यटन तथा वातावरण राज्यमन्त्री) ले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेका बताएका छन्। तर मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि सरकार छाड्ने निर्णय गरिएको उनले जानकारी दिए। आङ्बोले सरकार छाडेपनि प्रतिपक्षमा बसेर जनताको आवाज उठाउने प्रतिबद्धता जनाए। उनले समर्थन फिर्ताको विषयमा भने संसद स...
सौर्य विमान दुर्घटना : मृतकका आफन्तद्वारा क्षतिपूर्ति स्पष्ट नभएसम्म शव बुझ्न अस्वीकार

सौर्य विमान दुर्घटना : मृतकका आफन्तद्वारा क्षतिपूर्ति स्पष्ट नभएसम्म शव बुझ्न अस्वीकार

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ११ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाका आफन्तहरूले शव बुझ्न अस्वीकार गरेका छन्। बुधबार भएको यस दुर्घटनापछि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले सबै मृतकहरूको शव पहिचान र पोष्टमार्टम गरिसकेको छ। मृतकका आफन्तहरूले बीमा रकम, क्षतिपूर्ति, मृतकका सन्तानको शिक्षा र आश्रित परिवारको रोजगारी लगायतका विषयमा सरकार र विमान कम्पनीले स्पष्ट जानकारी नदिएसम्म शव नबुझ्ने अडान लिएका छन्। मृतक एक यात्रुका आफन्त राजकुमार पञ्जियारले भने, ‘अस्पतालले हामीलाई शव हेर्न र लैजान दिने बताएको छ, तर हामी बीमा रकम र क्षतिपूर्तिका विषयमा स्पष्ट जानकारी चाहन्छौं।’ अर्का एक आफन्तले सरकार र विमान कम्पनीका प्रतिनिधिहरू अहिलेसम्म नआएको गुनासो गरे। उनले भने, ‘अस्पतालले आफ्नो काम गरेको छ, तर सरकार र विमान कम्पनीको कोही पनि आएका छैनन्।’ यस घटनाले विमान दुर्घटनापछिको व्यवस्थापन र...