उदयपुरमा कार्यरत ट्राफिक प्रहरी शम्भु थापा उत्कृष्ट प्रहरी घोषित
पूर्णपुष्टि, २२ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हवल्दार शम्भु थापा असार महिनाको उत्कृष्ट प्रहरी (पोलिस अफ द मन्थ) घोषित भएको छ । थापाले ट्राफिक व्यवस्थापन सँगै दुर्घटना न्युनिकरणमा अहम भुमिका खेलेको उल्लेख गर्दै २०८१ असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । नेपाल प्रहरीले निर्दिष्ट गरेको निति, निर्देशन एवम् संगठनको मूल्य मान्यतालाई शिरोधार गरी तोकेको जिम्मेवारी उत्कृष्ट व्यवसायी तथा नैतिक अनुशासन तरिकाले पुरा गरेको भन्दै थापालाई उत्कृष्ट प्रहरी घोषित गरिएको उल्लेख छ ।
२ बर्षदेखी उदयपुरमा कार्यरत थापाले दुर्घटना न्युनिकरणका लागि सरोकारवालाहरु सँग आवश्यक समन्वयको गरी जेब्रा क्रसिङ, होर्डिङ बोर्ड, सिसिटिभी, जिपिएस र डिजिटल ट्राफिक लाईट जडान जस्ता कार्यमा भुमिका खेलेका थिए । यो सँगै सवारी दुर्घटना गराई गैरकानुनी गतिविधिमा संलग्नलाई समेत थापाले नियन्त्...








