Saturday, May 9News That Matters

समाचार

झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरी

Breaking News 1, समाचार
झुप्राे चुहिएपछि त्रिपाल माग्न वडा कार्यालय पुगे चाैधरीपूर्णपुष्टि, २७ असार/गाईघाट झुप्राे चुहिएर परिवार भिजेपछि त्रियुगा नगरपालिका ११ का उमाकान्त चाैधरी त्रिपाल माग्न वडा कार्यालय पुगेका छन् । झुप्राेकाे कमजाेर छानाे लगातारकाे बर्षातमा चुहिए पछि ओेतिनका लागि त्रिपाल माग्न गएकाे उनले बताए । उनलाई वडाध्यक्ष सुमन्त काेईरालाले एक थान त्रिपाल सहयाेग दिए । वडासम्म आएका चाैधरीलाई आफ्नाे कार्यकक्षमै बाेलाई वडाध्यक्ष काेईरालाले त्रिपाल हस्तान्तरण गरे । अहिले निम्न बर्गिय घर परिवार वर्षातकाे चपेटामा छन् । उनीहरुकाे अबस्था बुझेर यस्तै सहयाेग गर्न आवश्यक छ । कतिपय ज्याला मजदुरी गरेर छाक टार्नेहरु वर्षातले राेजिराेटीकाे अबस्थामा पसगेका छन् । स्थानीय सरकारले उनीहरुकाे लेखाजाेखा गरेर सहयाेग गर्नु आवश्यक छ ।...
त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ असार/उदयपुर उदयपुरकाे त्रियुगा नगरपालिका-६ जलजलेमा स्थानीय ६५ वर्षीया मिहला दुर्गा प्रधानकाे खाेलाले बगाएर आज मृत्यु भएकाे छ । साँझ करिब ५ बजे खेतबाट घर फर्किंदै गर्दा त्रियुगा तर्ने क्रममा बगाएर  मृत्यु भएकाे हाे । उनी करिव ७०० मिटर तल मृतअबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

उदयपुरको गाइघाटमा बाढी कटान रोक्न यस्ताे उपाय

Breaking News 1, समाचार
उदयपुर,  असार २७ उदयपुरको सदरमुकाम गाइघाटमा रहेको ढिम्की बरुवाबाँध क्षेत्रमा भइरहेको कटान रोक्न विभिन्न निकायहरू संयुक्त रूपमा परिचालित भएका छन् । असार २५ गतेदेखि परेको भारी वर्षाका कारण बरुवा खोलामा आएको बाढीले ढिम्की क्षेत्रमा उच्च जोखिम सिर्जना गरेको थियो । स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरपालिका र स्थानीयबासीहरू मिलेर कटान रोक्ने प्रयास गरिरहेका छन् । कटान क्षेत्रमा तारजाली र बाँस प्रयोग गरी तत्काल रोकथामको काम भइरहेको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतका अनुसार, तत्कालीन उपायस्वरूप खोलाको धार परिवर्तन तथा कटानमा तारजाली भर्ने र बाँस राख्ने काम गरिएको छ । डोजर प्रयोग गरी खोला खनेर र त्यहाँको बालुवा थुपारेर खाेलाकाे बहाव धार परिवर्तन गरिएकाे छ । मेयर बस्नेतले यस क्षेत्रमा दीर्घकालीन र भरपर्दो बाँध निर्माणका लागि पहल हुने जानकारी दिए । यस घटनाको ...
उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

उदयपुरमा भारी वर्षाले विश्व बैंक सहयोगको सडक निर्माण प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २७ । गत असार २४ गतेदेखिको भारी वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिकामा विश्व बैंकको सहयोगमा निर्माणाधीन आधुनिक सडक परियोजना प्रभावित भएको छ। आशिष आशिर्वाद स्वामी नारायण जेभीका आयोजना साइड इन्चार्ज उमेश कुमार बुढाथोकीका अनुसार, वर्षाले गर्दा सडक निर्माण कार्य अवरुद्ध भएको छ। परियोजना अन्तर्गत विभिन्न छ स्थानमा विद्युतीकरण र नाली निर्माणको काम भइरहेको थियो । विद्युतीकरणतर्फ पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको थियो, तर वर्षाले जमिन कमजोर बनाएपछि पोल गाड्न कठिनाइ भएको छ । त्यसैगरी, नाली निर्माणतर्फ सडकको दुवैतिर नाली बनाउने काम भइरहेको थियो, जुन नालीमा पानी जमेका कारण रोकिएको छ । यस अवरोधले स्थानीय मजदुरहरूको रोजगारीमा समेत असर परेको छ। साथै, पूर्व(पश्चिम बरुवा बसपार्कस्थित आयोजनाको क्याम्प डुबानमा परेको छ, जसले गर्दा निर्माण सामग्रीमा क्षति पुगेको र कर्मचारीहरूको बसो...
राजावासमा हायसले ठक्कर दिँदा पैदल याात्रु गम्भीर

राजावासमा हायसले ठक्कर दिँदा पैदल याात्रु गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ असार । त्रियुगा नगरपालिका ९ राजावास स्थित हायसले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाईते भएको छ । बुधबार बिहान ९ बजेको समयमा मदन भण्डारी लोक मार्ग स्थित गाईघाट बाट कटारी जाँदै गरेको बा ५ ख २२९८ नं को हायसले ठक्कर दिँदा गम्भीर घाईते भएको हो । त्रियुगा नगरपालिका ९ राजावासकै ८४ बर्षिया मन माया राउतलाई बाटो काट्दै गरेको अवस्थामा हायसले ठक्कर दिएका थिए । घाईते बृद्धाको सिटि अस्पताल बिराटनगरमा उपचारको लागि पठाईएको ट्राफिक प्रहरी उदयपुरले जनाएको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । ठक्कर दिने हायस चालक तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका ९ का खड्ग बहादुर मगरलाइृ जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...
राष्ट्रिय स्वतन्त्र पार्टीमा भूकम्प: डा. मुकुल ढकाल पदमुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीमा भूकम्प: डा. मुकुल ढकाल पदमुक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ठूलो उथलपुथल मच्चिएको छ। पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई सबै पदबाट हटाइएको छ। मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त गर्दै साधारण सदस्यमा सीमित गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार ढकालमाथि पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक र अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। यसअघि असार १९ मा उनलाई एक साताका लागि निलम्बन गरिएको थियो। यो कारबाहीको पृष्ठभूमिमा ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्रा प्रतिवेदन रहेको देखिन्छ। उक्त प्रतिवेदनमा पार्टी र सभापतिको कार्यशैलीप्रति कडा आलोचना गरिएको थियो। ३८ जिल्लाको भ्रमणपछि तयार पारिएको यो प्रतिवेदनमा सभापति लामिछानेको व्यवहार, पार्टी सञ्चालन र विभिन्न मुद्दाहरूम...
वैदेशिक रोजगारीको नाममा महिला तस्करी : श्रीमान नेपालबाट पठाउने, श्रीमती कतारमा बेच्ने

वैदेशिक रोजगारीको नाममा महिला तस्करी : श्रीमान नेपालबाट पठाउने, श्रीमती कतारमा बेच्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २६ । वैदेशिक रोजगारीको बहानामा महिलालाई विदेश पठाएर बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोकका ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार ङेमाले आफ्नी श्रीमतीसँग मिलेर महिलालाई कतार पठाउने र त्यहाँ बेच्ने गरेको खुलासा भएको छ। उनीहरूले नक्कली कागजात बनाई महिलालाई प्रलोभनमा पारेर कतार पठाउने गरेको पाइएको छ। एक पीडित महिलाको उदाहरण दिँदै मिश्रले भने, ‘गत कात्तिकमा एक महिलालाई ९५ हजार रुपैयाँ लिएर कतार पठाइएको थियो। त्यहाँ ङेमाकी श्रीमतीले ती महिलालाई ५ लाख रुपैयाँमा एक कुवेती नागरिकलाई बेचिन्।’ पीडित महिला तीन महिनापछि भागेर नेपाली दूतावास पुगेकी थिइन्। त्यहाँबाट उद्धार गरी स्वदेश फर्काइएपछि दिइएको उजुरीका आधारमा ङेमालाई पक्राउ गरिएको हो। ब्युरोले ङेमालाई मा...
तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा प्रदर्शन

तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा प्रदर्शन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २६ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तेह्रथुममा पहिचान पक्षधरले कालो झण्डा देखाएका छन्। बुधबार बिहान बसन्तपुरबाट म्यालुङतर्फ जाँदै गर्दा जिरिखिम्तीमा यो घटना भएको हो। प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत समूहले यसअघि सरकारसँग सहमति गरी आन्दोलनको स्वरूप परिवर्तन गरेको थियो। तर आज फेरि मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी रञ्जनकुमार दाहालका अनुसार करिब १० देखि १२ जनाको समूहले कालो झण्डा देखाउन खोजेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेल भएको थियो। गत वर्ष फागुन १७ मा कोशी प्रदेशको नामाकरण गरिएको थियो। तर पहिचान पक्षधर यस निर्णयप्रति असन्तुष्ट रहेको र पहिचानमा आधारित नामको माग गरिरहेका छन् ।...
मेसीको गोलसँगै अर्जेन्टिना कोपा अमेरिका फाइनलमा

मेसीको गोलसँगै अर्जेन्टिना कोपा अमेरिका फाइनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २६ । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाईनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराउँदै फाईनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागी अल्भारेजले २१औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि मेसीले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा यस संस्करणको आफ्नो पहिलो गोल गरे। अर्जेन्टिना लगातार तेस्रो ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा छ। २०२१ मा कोपा र २०२२ मा विश्वकप जितेको अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ। आफ्नो सातौं कोपा खेलिरहेका मेसीले यस प्रतियोगितामा अहिलेसम्म १३ गोल गरिसकेका छन्। उनी कोपा अमेरिकाको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त सातौं स्थानमा रहेका छन्।...
यामलको कीर्तिमानसँगै स्पेन युरो फाइनलमा

यामलको कीर्तिमानसँगै स्पेन युरो फाइनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २६ । स्पेनले युरो २०२४ को फाइनलमा स्थान बनाएको छ। मंगलबार राति म्युनिखमा भएको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्‍यो। फ्रान्सले रान्डल कोलो माउनीको गोलमार्फत शुरुवाती अग्रता लिए पनि स्पेनले लामिन यामल र डानी ओल्मोको गोलको मद्दतले पुनरागमन गर्‍यो। फ्रान्सका लागी रान्डलले ९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको २१ औं मिनेटमा यामलले र २५ औं मिनेटमा डानीले गोल गर्दै स्पेनलाई फाईनलको यात्रा गराएको हो । १६ वर्ष ३६२ दिनको उमेरमा गोल गरेर यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान कायम गरे। अब स्पेनले फाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ, जहाँ उनीहरूले चौथो पटक युरो च्याम्पियन बन्ने लक्ष्य राखेका छन्।...