Saturday, May 9News That Matters

समाचार

सिमलताल बस दुर्घटना अपडेट : १५ जनाको शव फेला, ५० अझै बेपत्ता

सिमलताल बस दुर्घटना अपडेट : १५ जनाको शव फेला, ५० अझै बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते बिहान भएको भीषण बस दुर्घटनामा १५ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका अनुसार मृतकमध्ये आठ जनाको सनाखत भएको छ। सनाखत भएका व्यक्तिहरूमा तीन भारतीय नागरिक रहेका छन्। भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव पहिचान भएको छ। नेपाली नागरिकहरूमा चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको शव पहिचान गरिएको छ। दुर्घटनामा परेका दुई बस मध्ये एउटा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश...
भद्रकालीको राणाकालीन सत्तल नेवारी शैलीमा बनाउने महानगरको निर्णय विवादमा

भद्रकालीको राणाकालीन सत्तल नेवारी शैलीमा बनाउने महानगरको निर्णय विवादमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका राणाकालीन सत्तलहरूलाई नेवारी शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। महानगरपालिकाका उपमेयर सुनिता डंगोलले २७ असारमा सत्तल पुनर्निर्माणको शिलान्यास गरेकी छन्। महानगरले तुल्सी अम्बुजा जेभीलाई ३६ करोडमा ठेक्का दिएर अहिलेको राणाकालीन सत्तल भत्काउने काम सुरु गरेको छ। तर यो निर्णयको स्थानीय बासिन्दा, गुठीयारहरु, पुरातत्वविद्, संरक्षण अभियन्ता र पुरातत्व विभागले विरोध गरेका छन्। पुरातत्व विभागले महानगरपालिकाबाट प्रस्ताव भएको नेवारी शैलीमा सत्तल निर्माण गर्न अनुमति नदिएको जनाएको छ। विभागका अनुसार यो राणाकालीन निओ(क्लासिक शैलीमै पुनर्निर्माण हुनुपर्छ। मेयर बालेन शाहले भने फेसबुकमा लेख्दै स्थानीय र पुरातत्व विभागको विरोधका बाबजुद नेवारी शैलीमै सत्तल बनाउने अडान राखेका छन्। उनले यो सुरुवात भएको र परम्परा...
संविधानको चीरहरण र राजनीतिक अस्थिरताको खतरा बढ्यो

संविधानको चीरहरण र राजनीतिक अस्थिरताको खतरा बढ्यो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १ । नेपालमा फेरि एकपटक संविधानको चीरहरण र राजनीतिक अस्थिरताको खतरा बढेको विश्लेषकहरूले चेतावनी दिएका छन्। हालै गठित नयाँ सरकार संविधानको स्पष्ट व्यवस्थालाई उल्लंघन गरेर बनेको आरोप लागेको छ। संविधानविद् तथा राजनीतिक विश्लेषक एक जनाले भने, ‘संविधानको धारा ७६(३) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको सरकारले विश्वासको मत लिन असफल भएमा संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। तर यसपटक त्यसो नगरी दुई ठूला दलको सम्झौताका आधारमा सरकार गठन गरिएको छ।’ उनले थपे, ‘यसअघि पनि संसद विघटन, संवैधानिक नियुक्तिमा अनियमितता जस्ता घटनाहरू भएका थिए। अहिले पनि संविधान संशोधनको नाममा समावेशिता, संघीयता, धर्मनिरपेक्षता जस्ता संवैधानिक मूल्यमाथि प्रहार हुनसक्ने आशंका छ।’ राजनीतिक विश्लेषक अर्का एक जनाले भने, ‘पटक–पटक सरकार परिवर्तन र गठबन्धन फेरबदलले राज...
जलवायु परिवर्तनले भूकम्पको जोखिम बढाउने : नयाँ अध्ययनको निष्कर्ष

जलवायु परिवर्तनले भूकम्पको जोखिम बढाउने : नयाँ अध्ययनको निष्कर्ष

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १ । जलवायु परिवर्तन र बढ्दो तापमानले भूकम्पको संख्या र तीव्रतामा वृद्धि गर्न सक्ने नयाँ अध्ययनले देखाएको छ। यद्यपि भूकम्प मुख्यतः टेक्टोनिक प्लेटहरूको गतिविधिबाट उत्पन्न हुन्छ, वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावले पनि भूकम्पीय गतिविधिलाई उत्प्रेरित गर्न सक्ने बताएका छन्। क्यानडा र जर्मनीका भूकम्प वैज्ञानिकहरूका अनुसार तापमान वृद्धिले हिमनदी पग्लने र समुद्रको जलसतह बढ्ने प्रक्रियालाई तीव्र बनाउँछ। यसले पृथ्वीको माथिल्लो पत्रमा थप दबाब सिर्जना गर्छ, जसको परिणामस्वरूप भूकम्पीय गतिविधि बढ्न सक्छ। विशेषगरी तटीय क्षेत्रहरूमा यो प्रभाव बढी देखिने अनुमान गरिएको छ। लस एन्जल्स र सान फ्रान्सिस्को जस्ता शहरहरूमा यस्ता भूकम्पको जोखिम बढी हुने बताइएको छ। वैज्ञानिकहरूका अनुसार आगामी केही दशकभित्र यस्ता भूकम्पहरू आउन सक्ने सम्भावना छ। अध्ययनले हालको हरितगृह ग्यास उत्सर्जनको...
आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च र राजस्व संकलन लक्ष्यभन्दा कम

आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च र राजस्व संकलन लक्ष्यभन्दा कम

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १ ।  नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च र राजस्व संकलन दुवैमा लक्ष्य भन्दा कम प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले कुल विनियोजित बजेटको ८०.४५ प्रतिशत मात्र खर्च गर्न सकेको छ। १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेटमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ। खर्चको विवरण हेर्दा चालु खर्च ८३.४३ प्रतिशत पुगेको छ भने पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सीमित रहेको छ। विकास बजेटमा उल्लेख्य कटौती भएको देखिन्छ, जहाँ ३ खर्ब २ अर्ब रुपैयाँको लक्ष्यमा १ खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च भएको छ। राजस्व संकलनको अवस्था झनै चिन्ताजनक देखिएको छ। सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा केवल १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्र उठाउन सकेको छ। यस्तै, अनुदान र अन्य आम्दानी समेत...
लाउटारोको गोलमा अर्जेन्टिनाले जित्यो किर्तिमानी १६ औं पटक कोपा अमेरिका

लाउटारोको गोलमा अर्जेन्टिनाले जित्यो किर्तिमानी १६ औं पटक कोपा अमेरिका

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको ४८औं संस्करणमा कीर्तिमानी १६औं उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । खेलको निर्णायक गोल अतिरिक्त समयमा आयो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ११२औं मिनेटमा जिओभानी लो सेल्सोको पासमा गोल गरे। यो लाउटारोको प्रतियोगितामा पाँचौं गोल थियो, जसले उनलाई टूर्नामेन्टको सर्वाधिक गोलकर्ता बनायो। अर्जेन्टिनाका कप्तान लिओनल मेसी चोटका कारण ६६औं मिनेटमा मैदान छोड्न बाध्य भए। तर टोलीले उनको अनुपस्थितिमा पनि जित हासिल गर्न सफल भयो। यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको इतिहासमा सबैभन्दा बढी १६ पटक उपाधि जित्ने टोलीको रेकर्ड कायम गरेको छ। यसअघि अर्जेन्टिना र उरुग्वे दुवैले १५–१५ पटक उपाधि जितेका थिए।...

नाै जनालाई `वाभाेँछा ब्यक्तित्व सम्मान, साहित्यकार स्व. ईन्द्रबहादुर राईलाई मराेपरान्त सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३१/धरान किरात राई चामलिङ वाभाेछा समाज/वंशावली निर्माण समितिले विभिन्न क्षेत्रमा रहेका नाैं जना वाभाेँछा ब्यक्तित्वहरुलाई शनिवार धरानमा सम्मान गरेकाे छ । तीन राजनीतिक ब्यक्तित्व, दुई पत्रकार र चारजना नेपाल सरकारका अधिकृतहरुलाई `वाभाेँछा ब्यक्तित्व सम्मान´ गरेकाे हाे । राजनीतिक ब्यक्तित्वत्रय बलदिप राई, सि.बि. राई (चन्द्रबहादुर राई/सिक्किम), विश्वराज राई सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्रका  महेश्वर चामलिङ र भाेटराज राई  सम्मानित भए । नेपाल सरकारका अधिकृतहरु हरिनारायण राई, आशिष राई, तयामीअरुण राई र सर्मिला राईलाई पहिलाे पटक `वाभाेछा ब्यक्तित्व सम्मान´ प्रदान गरेकाे हाे । राजनीतिक ब्यक्तित्व ४८ वर्षिय बलदिप राष्ट्रिय जनमुक्ती पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । ८८ वर्षिय  सि.बि.  सिक्किम विधान सभाका पूर्व पार्षद हुन...
स्पेन कीर्तिमानी चौथो पटक युरोकप च्याम्पियन

स्पेन कीर्तिमानी चौथो पटक युरोकप च्याम्पियन

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ । स्पेनले आफ्नो युरोकप इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको छ। जर्मनीको बर्लिनमा आइतबार भएको रोमाञ्चक फाइनलमा इंग्ल्याण्डलाई 2-1 ले पराजित गर्दै स्पेनले चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि हात पारेको छ। यो जितसँगै स्पेन युरोकपको सर्वाधिक सफल राष्ट्र बनेको छ। खेलमा स्पेनका निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे भने इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीनवटै गोल भए। स्पेनले युरो 2024 मा खेलेका सबै सात खेल जितेको छ, जसमा समूह चरणदेखि फाइनलसम्म प्रभावशाली प्रदर्शन गर्‍यो। यो जितले स्पेनको युरोकपमा लामो र सफल इतिहासलाई थप उचाइमा पुर्‍याएको छ। उनीहरूले पहिले 1964, 2008 र 2012 मा उपाधि जितेका थिए। अर्कोतर्फ, इंग्ल्याण्ड लगातार दोस्रो पटक उपविजेतामा सीमित हुन पुग्यो ।...
कटारी हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धी क्षमता बिकास तालिम

कटारी हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धी क्षमता बिकास तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० असार । कटारी नगरपालिका ११ हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धि क्षमता अभिबृद्धि तालिम दिईएको छ । कटारी नगरपालिका वडा नम्बर ११ हर्देनिको सहयोगमा सरस्वती माध्यामिक बिद्यालयमा ५ दिने क्षमता बिकास तालिम सम्पन्न भएको हो । मन्टेस्वरी तथा प्रारम्भिक बाल बिकास सम्बन्धि शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । उक्त तालिममा विभिन्न चारवटा बिद्यालयका १६ जना शिक्षक शिक्षिकाहरु सहभागी रहेको प्रशिक्षक तुलाराज अधिकारीले जनाए । लामो समय देखि सामाजिक तथा शिक्षाको क्षेत्रमा काम गरि रहेका अधिकारीले एकीकृत पाठ्यक्रम लगाएत बिषेशगरी Arts Bassed teaching ,Montessori Based learning बिषयमा छलफल तथा सिकाइ सामग्री निर्माण गरिएको जनाए । तालिमले बिद्यालयका शिक्षकहुरुको सिकाउने शैलीमा सुधार हुने र नयाँ बिधिहरुबाट सिकाईने सिकाई ब्यबहारिक परिवर्तन हुने आश्वासन गरिएको वडा अध्यक्ष अनन्त हायुले जनाए । ...
माओवादी केन्द्र त्रियुगा नगर कमिटीद्धारा पहिरो पिडितहरुलाई राहत सहयोग

माओवादी केन्द्र त्रियुगा नगर कमिटीद्धारा पहिरो पिडितहरुलाई राहत सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० असार । नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिकाले पहिरो पिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् । त्रियुगा नगरपालिका १५ स्थित तोरीबारीका २० घर परिवारलाई राहत सहयोग गरेको हो । २५ गते अविरल बर्षाले पहिरो गएपछि बस्तीनै जोखिममा छ । यस अवस्थालाई मध्यनजर गरी जोखिम परिवारलाई रानिवास मावि विद्यालयमा स्थान्तरण गरिएको वडा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । पार्टीले ७० हजार बराबरको राहत सामाग्री पिडितहरु रहेकै स्थलमा पुगेर हस्तान्तरण गरेको हो । १५ बोरा चामल, २ बोरा दाल, १५ बोरा भुजा, ५ काटुन खाने तेल, १ बोरो नुन, १५ काटुन चाउचाउ, २ काटनु बिस्कुट, नुहाउने र लुगा धुने ३० ओटा सावु गरी ७० हजार बराबरको सामाग्री प्रदान गरिएको हो । उक्त सामाग्री प्रदेश सांसद सम्झना तामाङले वडा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । पिडितहरुले भने उचित व्यवस्थापनको लागि दिर्घकालिन बास ...