Monday, August 24News That Matters

समाचार

माओवादी मजदुर पार्टीको केन्द्रीय कमिटी बिघटन

माओवादी मजदुर पार्टीको केन्द्रीय कमिटी बिघटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख ५ । माओवादी मजदुर पार्टीको केन्द्रिय संगठन समिति विघटन भएको छ । पार्टीका महासचिव हिमाल शिंह राईले मंगलबार एक विज्ञप्ती निकाल्दै समिति विघटन गरिएको जानकारी दिए । राईले नयाँ शान्तिपूर्ण कमिटी गठन गर्ने भन्दै पुराना कमिटी बिघटन गरेको जानकारी दिए । राईलाई चैत्र ३० गते शुक्रबारका दिन प्रहरीले पक्रेर ४ दिन हिरासतमा समेत राखेका थिए । चन्दा उठाउँदै हिडेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेका थिए । उनले किसानहरुको आवाजका लागि खोलिएको पार्टीमाथी सरकारको शक्ति प्रदर्शन खेद जनक रहेको जनाए । नेपाली जनताहरुलाई भ्रममा पारेर सरकारले जुटको खेती गरिरहेको आरोप लगाउँदै यसको बिरोधमा निरन्तर उत्रिरहने राईले जनाए । उनले आफ्नो अर्को कमिटी निर्माण पश्चात सरकार र सरकारका भ्रष्ट शक्तिहरु प्रति निरन्तर आवाज जारी राख्ने जनाए । राईलाई बैशाख ३ गते हिरासतबाट निकालिएका थिए । पत्रकार हरि कुमार राई, गजे...
क्यान्सरले ग्रस्त बृद्धाको उपचारमा आर्थिक अभाव, साकेला टोल विकासद्धारा सहयोगको माग

क्यान्सरले ग्रस्त बृद्धाको उपचारमा आर्थिक अभाव, साकेला टोल विकासद्धारा सहयोगको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ साकेला टोलकी ७८ बर्षिया जेष्ठ नागरिक सुमित्रा मगर क्यान्सर रोगले थलिएकी छिन् । लामो समयदेखी एक्लै बस्दै आएकी परिवार बिहिन मगरलाई पछिल्लो सयम हस्पिटलले क्यान्सर पुष्टी गरेको आफन्तले जनाएको छ । उनको टोलवासी बाहेक अन्य आफन्त छैन् । भएको आफन्त सँगे पनि आर्थिक स्थिति कम्जोर छ । घाँटीको छेउमै नसा दुख्ने समस्याले सताएकी उनलाई हस्पिटलले क्यान्सर भएको पुष्टी गरेको हो । उनको अहिले भक्तपुर स्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको आफन्त पुजा कार्कीले जनाईन् । परिवारबाट बिचल्लीत मगरलाई रोगले सताएपछि साकेला टोल विकास संस्थाकी अध्यक्ष गिता राईको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । राईका अनुसार टोल विकास संस्थाले २५ हजार सहयोग गरेको समेत जनाईन् । साथै टोलवासीहरुलाई पनि इच्छा अनुसार आर्थिक संकलनमा सहभागी गराई सामान्य खर्चमा अहिले उनक...
छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ युवक पक्राउ

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ४ । खोटाङमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलास सुरु गरेको थियो । खोज तल...
३ बर्ष ८ महिना कैद सजाय काटेर छुटेका व्यक्ति पुन : लुटपाट अभियोगमा पक्राउ

३ बर्ष ८ महिना कैद सजाय काटेर छुटेका व्यक्ति पुन : लुटपाट अभियोगमा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ४ ।  भोजपुरमा ३ बर्ष ८ महिना कैद सजाय काटेर छुटेका व्यक्ति पुन लुटपाट अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको मैयुङ गाउँपालिका–१ का ३७ बर्षीय सुमित भन्ने सुमन परियार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गत आईतबार षडानन्द नगरपालिका ९ स्थितमा रहेको जंगलमा सोही नगरपालिका–२ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक व्यक्ति फरार भएका थिए । लुटपाट भएको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद...
चौदण्डीमा माओवादीको वडा सम्मेलन सुरु

चौदण्डीमा माओवादीको वडा सम्मेलन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ बैशाख । उदयपुरमा माओवादी केन्द्र चौदण्डीगढीले वडा स्तरीय सम्मेलनलाई तीव्रता दिइएको छ । दुई वर्षे कार्यकाल सकिनै लागेपछि गत १५ चैतदेखि १ नंं। वडाको चौदण्डीबाट सुरु भएको सम्मेलनलाई १० वटै वडाहरुमा सम्पन्न हुनेगरी सम्मेलन सुरु भएको हो । यसअघि सम्पन्न भएका वडाहरु १, ३, ४, ६ र १० मा क्रमश, राजकुमार राई, उमेशचन्द्र राई, विजय राई, तार्जन राई र दिवश रोइलालाई सर्वसम्मत अध्यक्षमा चयन भएको नगर सचिव कुमार राईले बताए । वाँकी ५ वटा वडामध्ये ८ नंं। वडाको सिद्धिपुरमा भने आगामी ८ गते गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । वडा सम्मेलनमा १ नं। प्रदेशका संसद राजन किराती ‘वासु’को प्रमुख आतिथ्यतामा भइरहेको पार्टीका नगर अध्यक्ष दिनेश राईले जानकारी दिए । पार्टीको विधानतः प्रत्येक वडा समितिको अवधि २ वर्षे कार्यकाललाई अन्त्यपछि पुनः नयाँ समिति गठन गर्दै आएको अध्यक्ष राईले बताए ।...
नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३ । झापाको शिवसताक्षी नगरपालिका–७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ओम बहादुर बस्नेतको १२ बर्षिय छोरा बिवेक बस्नेत रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । आईतबार बिहान साढे १० बजे बालक नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए । मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरका पहिचानवादीहरु ४ गते इलाम जाँदै

उदयपुरका पहिचानवादीहरु ४ गते इलाम जाँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ बैशाख । उदयपुरबाट पहिचानवादी नेता तथा कार्यकर्ताहरु मंगलबार इलाम जाने भएको छ । इलाम २ को उपनिर्वाचन सभामा पहिचानवादी उम्मेदवार डेकिन्द्र थेगिमको चुनावी सभामा सहभागी हुन उदयपुरबाट किरात राई यायोक्खाका संघीय सदस्य तथा पहिचानवादी युवा नेता मनि राईको नेतृत्वमा २० जना पहिचानवादी युवा नेताहरु सहभागी इलाम जाने भएको हो । इलाममा ४१ घटकद्वारा आयोजित आमसभामा विशेषगरी धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ, राजनीतिक विश्लेषक खगेन्द्र सग्रौला, याक्थुम चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खाका संघीय उपाध्यक्ष तथा पहिचान आन्दोलनका वार्ता टोलीका प्रवक्ता युवराज राई, उम्मेदवार डकेन्द्र थेगिम लगायतको मनतव्य सुन्न र स्वतन्त्र उम्मेदवार थेगिमलाई साथ सहयोग गर्न उदयपुरको टोली त्यसतर्पm जान लागेको पहिचानवादी नेता भुपेन्द्र राईले जानकारी दिए । संघीय सदस्य राईका अनुसार ...
उदयपुरमा झण्डै ५ लाख बढीको भन्सार छलीको सामान बरामद

उदयपुरमा झण्डै ५ लाख बढीको भन्सार छलीको सामान बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० चैत्र । उदयपुरमा भन्सार छलीको सामान पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका वडा नं सालघारीबाट खटिएको प्रहरी टोलीले बिल बिजक नभएको सामान बरामद गरेको हो । जलजलेबाट गाईघाट आउँदै गरेको सार्वजानिक सवारी साधनमा अनलाईन बिल लगायतको कागजात नभएको ४ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त सवारी साधनबाट चिनि ५ बोरा, बाबा तेल २२५ काटुन, त्रिशक्ती तेल २० काटुन, भुजा १० बोरा, मुरुरी दाल २ बोरा, हरियो मोटर २ बोरा पान, तेल १० काटुन पक्राउ गरिएको सामान र साधानलाई जिल्ला भन्सार कार्यालय कार्वाहीको लागि पठाईएको छ ।...
उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई जलवायु कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम

उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई जलवायु कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० चैत्र । उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई बातावरण मैत्री कृषिको लागि तिन दिने तालिम दिईएको थियो । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा गाईघाट स्थित ओरेक नेपाल उदयपुरको सभाहलमा तालिम सम्पन्न भएको छ । हुरेण्डेक उदयपुरका जिबिकोपार्जन अधिकृत आशिष खत्रीका अनुसार जिल्लाका ३ स्थानिय पालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकाका ३१ जना अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली बारे २८ गते देखी ३० गते सम्म ३ दिने तालिम प्रदान गरिएको थियो । पछिल््लो समय बाली उत्पादनको नाममा बड्दो रासायनिक बिषदीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रुपमा असर भई क्षती पुगाई रहेको अधिकृत खत्रीको भनाई छ । कृषकहरुले कम सयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने बिभिन्न बिषादीले जमिनलाई प्रत्यक्ष क्षती पुगिरहेको...
उदयपुरमा किर्ते मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा किर्ते मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २९ । उदयपुरमा किर्ते मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ दुर्गा टोल बस्ने ३५ बर्षीय मो. समसद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार जिप्रकाबा खटिएको प्रहरी टोलीले समसदलाई पक्राउ गरेको हो । जिल्ला अदालतको मिति २०७३÷०८÷०८ गतेको फैसलाले लगत नं. २२२९ किर्ते मुद्धामा किर्ते मुद्धामा समसदलाई ११ महिना ७ दिन कैद सजाय तोकेको डिएसपी चौधरीले बताए । मंगलबार जिप्रकाबा खटिएको प्रहरी टोलीले समसदलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...