Thursday, June 18News That Matters

स्वास्थ्य

उदयपुरमा आई.पि.भि खोप लगाउन छुटेका १९५३३ बालावालिकाहरुलाई पूर्ण खोप दिँईदै

उदयपुरमा आई.पि.भि खोप लगाउन छुटेका १९५३३ बालावालिकाहरुलाई पूर्ण खोप दिँईदै

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ९ जेष्ठ । उदयपुरमा १९५३३ बालवालिकाहरुलाई आई.पि.भि खोप लगाईने भएको छ । जिल्लाको ८ ओटै पालिकामा राष्ट्रिय खोप अभियान २०८०÷८१ अन्तर्गत पोलियो विरुद्धको (आई.पि.भि) खोप लगाईने भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार उदयपुरको आठ पालिकामा दुई चरण गरी खोप लगाईने भएको हो । बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखी १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने निरौलाले जानकारी दिए । पोलिया बिरुद्धको आई.पि.भि खोप नेपालमा नियमित रुपमा लगाईदै आएको भएपनि ०७३ देखी ७५ सम्म भने खोप छुटेका थिए । उक्त खोप फेरी ७६ सालदेखी नियमित भएपनि ७३ साल बैशाख देखी ७५ साल अशोज सम्मका खोपबाट बन्चित बालवालिकाहरुलाई पूर्ण खोँ...
त्रियुगा नगरपालिकामा दर्ता नगरी संचालन गर्ने स्वास्थ्य संस्थाको अनुगमन

त्रियुगा नगरपालिकामा दर्ता नगरी संचालन गर्ने स्वास्थ्य संस्थाको अनुगमन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । आईतबार त्रिनपाका उप–प्रमुख महेश्वरी राईको नेतृत्वमा गरिएको अनुगमनमा धेरै जसो स्वास्थ्य संस्थाले नगरपालिकामा दर्ता नै नगरी संञ्चालन गर्दै आएको पाईएको छ । आज दिउँसो ३ बजे देखी नगरपालिकाले फार्मेसी, मेडिकल, क्लिनिक–पोलिक्लिनिक र आयुर्वेद गरी ११ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै जसो स्वास्य संस्थामा औषधी भण्डारन, फोहोर व्यवस्थापन र नविकरण तथा कागजी प्रकृयामा क्रुटि देखिएको उप–प्रमुख महेश्वरी राईले बताईन् । त्रिनपाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक उपेन्द्र कार्कीले अनिस आयुर्वेद पसल, शिवशक्ती मेडिकल, विश्वास मेडिकल, कटुवाल मेडिकल, रौता मेडिकल हल, रौता अस्पताल, मेडिकेयर पोलिक्लिनिक र अनिस आयुर्वेद पसलले नगरपालिका स्वास्थ्य शाखामा नविकरण नगरी संचालन ...
सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ । सन नेपाल लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले घातक रोग वापतको रकम हस्ताण्तरण गरेको छ । बुधबार बेलका नगरपालिका–३ निवासी ४८ बर्षीय चित्र नारायण श्रेष्ठले घातक रोग वापत दावी भुक्त्तानी ३ लाखको चेक प्राप्त गरेका हुन् । श्रेष्ठलाई सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाट शाखाका प्रमुख बालकुमार राईले चेक हस्ताण्तरण गरेका थिए । उक्त्त कार्यक्रममा गाईघाट शाखाका प्रमुख बालकुमार राई, धरान शाखाका प्रमुख वेद कुमार खत्री, अभिकर्ता महेन्द्र कुमार राई, गंगा श्रेष्ठ र राजेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।...
पूरुषको मलद्धारमा अड्किएको बोतल शल्यक्रिया गरी निकालियो

पूरुषको मलद्धारमा अड्किएको बोतल शल्यक्रिया गरी निकालियो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १० । गोरखामा एक पूरुषको मलद्धारमा एक महिना देखी अड्किएको बोतल शल्यक्रिया गरी निकालिएको छ । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा अड्किएको बोत्तल आईतबार शल्यक्रिया गरी निकालिएको हो । सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको र अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले जनाकारी दिए । करिब ३ घण्टाको अप्रेशन पश्चात १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकाल्न सफल भएको सुपरिटेन्डेन्ट खनालले बताए । लामो समयदेखी बोतल अड्किएकोले पेटमा संक्रमण पनि फैलिसकेको र संक्रमण पनि सफा गरिदिएको डा. खनालले बताए । बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले ...
स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ९ चैत्र । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् । तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइ...
त्रियुगा साना शहरी खानेपानी निर्वाचनमा १७१० मत खस्यो

त्रियुगा साना शहरी खानेपानी निर्वाचनमा १७१० मत खस्यो

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २१ । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त्ता समितिको निर्वाचनमा १७१० मत खसेको छ । सोमबार त्रियुगा नगरपालिका–१० बोक्से स्थित बाल मन्दिर मा.वि. मा बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म भएको मतदानमा १७१० मत खसेको हो । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा २७५० जना उपभोक्त्ता रहेको छ । मत गणना राती साढेँ ७ बजेदेखी सुरु हुनेछ । अध्यक्ष पदका लागि संकर बस्नेत र ओम खड्का उम्मेदवार रहेको छ भने उपाध्यक्षको लागि सुपराज राई र निगम कोईराला उम्मेदवार रहेको छ । यता सचिव पद भने निर्विरोध भएको छ । सन्तोष खड्का सचिवमा निर्विरोध भैसकेको छ । यस बाहेक अध्यक्ष सहित अन्य ८ ओटा पदमा निर्वाचन भैरहेको छ ।...
उदयपुरमा दादुरा रुबेला खोप अभियान सुभारम्भ

उदयपुरमा दादुरा रुबेला खोप अभियान सुभारम्भ

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ । उदयपुरमा दादुरा – रुबेला विरुद्धको खोप अभियान २०८०÷८१ सुभारम्भ भएको छ । आईतबार त्रियुगा नगरपालिका १० बोक्से स्थित बालमन्दीर माविमा एक कार्यक्रम गर्दै खोप अभियान सुभारम्भ गरिएको हो । स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा आईतबारदेखी पहिलो चरणको खोप अभियान सुभारम्भ भएको छ । पहिलो चरणको खोप १३ देखी १७ गते सम्म संञ्चालन हुने र दोस्रो २२ देखी २६ सम्म हुने कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, रौतामाई गाउँपालिका, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा खोप संञ्चालन हुने भएको छ भने, दोस्रो चरणमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा खोप संञ्चालन हुने निरौलाको भनाई छ । जिल्लाभारीका २९१३४ जनालाई दादुर – रुबेला विरुद्धको खोप लगाईने छ । खोप ९ महिना देखी ५ बर्ष मुनिका र ९ महिना देखी १...
उदयपुरमा फागुन १३ देखी दादुरा रुवेला खोप सुभारम्भ गरिने

उदयपुरमा फागुन १३ देखी दादुरा रुवेला खोप सुभारम्भ गरिने

Breaking News 1, स्वास्थ्य
पूर्णपुष्टि, ११ फागुन । उदयपुरमा दादुरा – रुवेला विरुद्धको खोप यहि फागुन १३ देखी सुभारम्भ गरिने भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार खोप १३ देखी १७ गते र २२ देखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने छ। जिल्लाका सबै पालिकाहरुमा खोप केन्द्र राखिएको र सोही अनुसार आ–आफ्नो पालिकाहरुमा खोप लगाईने छ । खोप जिल्लाभारीका २९१३४ जनालाई लगाईने स्वास्थ्य कार्यालय उदयपुरको भनाई छ । उदयपुरमा खोप सुभारम्भ त्रियुगा नमुना माविमा गरिने छ । खोप ९ महिना देखी ५ बर्ष मुनिका र ९ महिना देखी १५ बर्ष मुनिका लक्षित समुहलाई लगाईने छ ।  ...
प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई नि:शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बताएका छन् । दोस्रो प्रदेश महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश भरी नै १० बर्ष मुनिका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताएका हुन् । मुख्यमन्त्री कार्कीले भविष्यलाई हेरेर बालबालिकालाई बचाउने अभियानमा लागेको बताएका छन् । बालबालिकाको नि:शुल्क उपचारको लागी बजेट विनियोजन गरेको छु ‘मुख्यमन्त्री कार्कीले भने’ घर भित्र विकास पु¥याउने जिम्मेवारी सरकारको रहेकोले बाटोमा पुग्दै गरेको विकासलाई घरभित्र पु¥याएको हुँ । प्रदेश भरीकै बालबालिकालाई विशेषज्ञ सेवा प्रदान गर्न परेमा नि:शुल्क उपचार हुने मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पतालमा उपचार गर्ने परेमा पैसा नलाग्ने साथै औषधीको समेत व्यवस्था गरेको मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पताल...
कटारीको ४० महिलामा पाठेघरको समस्या

कटारीको ४० महिलामा पाठेघरको समस्या

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १४ । उदयपुरको कटारी नगरपालिकाको वडा नं ८ पटनाभन्ज्याङमा ४० जना महिलामा पाठेघरको समस्या देखिएको छ । नगरपालिका, वडा कार्यालय, वल्र्ड नेर्वसको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा १२७ जनामा गरिएको स्वास्थ्य परीक्षणमा ४० जनामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला अस्पताल उदयपुरका स्त्रीरोग विशेषज्ञ मुकेश झाले बताउनुभयो । शिविरमा महिलाका स्वास्थ्यमा धेरैखालका समस्या देखिएको र नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपीन तथा स्यहारसुसारमा कमिहुँदा पाठेघर खस्ने समस्या देखिएको डाक्टर झाले बताए । पाठेघरका समस्या भएका ४० महिला मध्ये ११ जनामा महिलाको पाठेघर मुखमा हुन सक्ने सम्भाबित क्यान्सर भिआई पोजेटिभ, ६ जनाको पाठेघरको अप्रशेन गर्नु पर्ने र ७ जनालाई तत्काल रिङप्रेसरी लगाईएको कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् । उनका अनुसार २५ बर्षदेखि ६५ बर्ष उमेर ...