Saturday, January 31News That Matters

Breaking News 1

सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन

सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि / गाईघाट / माघ, १६ गते । गाईघाटमा पनि जेनजी युवाहरुले सहिद दिवस मनाएको छ । शुक्रबार गाईघाट मेनचोक स्थित जेनजी उदयपुर सचेत युवा समूहको आयोजनामा दिप प्रज्वलन गरी सहिद दिवस मनाईएको हो । बीर सहिदहरु अमर रहुन भन्ने नाराका साथ सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बिषेशगरी युवा पुस्ताहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । जेनजी अगुवा सुरेन्द्र राई र निमेश राई लगायत युवाहरुले दिवसमा सहिदहरुलाई सम्झिए । कार्यक्रममा सहिदहरुको सम्मान स्वरुप मौन धारण र राष्ट्रिय गान गरिएको थियो ।...

भावि स‌‌घीय माननीयले सुन्नु पर्ने बलम्ताकाे कुरा

Breaking News 1, भिडियो, राजनीति, समाचार
https://youtu.be/_mikweGBCNE उदयपुर क्षेत्र नम्बर -२ लिम्चुङ्गबुङ गाउँपालिकाको वडा नम्बर - ४ बलम्ताका वडाबासीहरूको माग र आवश्यकता के के छन् ?संघीय प्रतिनिधि सभा सदस्यले सुन्नुपर्ने बुझ्नुपर्ने र गरिदिनुपर्ने कुराहरु के के हुन् । वडाध्यक्ष छत्र बहादुर राईसँग कुराकानी गरिएको छ ।

सहयाेगकाे एउटा यस्ताे याचना ‍‍…

Breaking News 1, Breaking News Video, भिडियो, समाचार, स्वास्थ्य
https://youtu.be/6sFfBCrvJcE पूर्णपुष्टी/उदयपुर, माघ १२। आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २६ बर्षीय सविन राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डएसपी) केदारमान दोङका अनुसार आइतबार ३ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ आउदै गरेको बा ९५ प ६२९१ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक राईको साथबाट लागुऔषध फेला परेको हो । राईको साथबाट डाइजेपाम–५० एम्पुल, फेनारगन–५० एम्पुल, ब्रुपिनोर्फिन–५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र २ थान सिरिन्ज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् । चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् । राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।...
याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/X_MLR95ej3Q?si=KyTkXExVftoXe3am पूर्णपुष्टि/उदयपुर, माघ ८ ।   
नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेद्वार टुङ्गियाे

नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेद्वार टुङ्गियाे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ । पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे । पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...