Thursday, August 13News That Matters

Breaking News 1

नगरपालिकाले समयमा फोहोर नउठाएको भन्दै बेल्टारमा स्थानीयको बिरोध

नगरपालिकाले समयमा फोहोर नउठाएको भन्दै बेल्टारमा स्थानीयको बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ जेष्ठ । चौदण्डीगढी नगरपालिका स्थित रहेको बेल्टार बजारको मुख्य सडकहरुमा फोहोरको डँगुर थुप्रिएको छ । नगरले समयमा फोहोर नउठाएको भन्दै स्थानीय तथा बजार आसपासको ब्यपारीहरुले फोहोर सडकमा राखेर बिरोध जनाएको छ । फोहोर व्यवस्थापनका लागि दिर्घकालिन समाधान नहुँदा समस्या आएको भन्दै नगरले फोहोर व्यवस्थापन गर्न नसकेको जनाएको छ । नगरले बिषेशगरी बजार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको जनाएको छ । रजनिती दल, वडा अध्यक्षहरु संग पटक पटक छलफल र संवाद गरेको भएपनि दीर्घकालीन ब्यबस्थापन अवलम्बन नहुदा बजार क्षेत्रको फोहोर ब्यबस्थापनमा समस्या हुँदै आएको नगरको भनाई छ । यता स्थानीयहरुले भने दिगो समधान नभए सम्म फोहोर उठाउन नदिने जनाए । सिमित समयको लागि केहि समय मात्रै फोहोर उठाएर नहुने यसका लागि दिर्घकालिन समाधान लिएर नगरले फोहोर व्यवस्थापन गर्नु पर्ने उनिहरुको अडान छ । फोहोर व्यवस्...
रौतामाई ४ मा माओवादीको नयाँ वडा कमिटी गठन

रौतामाई ४ मा माओवादीको नयाँ वडा कमिटी गठन

Breaking News 1, समाचार
पूार्णपुष्टि, १८ जेष्ठ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएको छ । कृष्ण बहादुर रोक्काको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा टेक बहादुर पाठक, सचिवमा यन्द्र राज राई, सहसचिवमा गोविन्द मग्राती, कोषाध्यक्षमा लिला राई रहेका छन् भने अन्य अन्य २० जना भने सदस्यहरु छन् । नेकपा माओवादी पुर्वेली संगठन सृदुढिकरण अभियान अन्तर्गत पालिकामा वडा सम्मेल लगायतका कार्यक्रमहरु भएको छ ।  ...
बन क्षेत्रमा अबैध उत्खनन्, स्थानीयले गरे विराेध

बन क्षेत्रमा अबैध उत्खनन्, स्थानीयले गरे विराेध

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १७ । त्रियुगा नगरपालिका- १ रुपनीमा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको छ । बाउना सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा गिटि, वालुवा ढुंगा अबैंधरुपले उत्खनन गरिरहेको स्थानीयले बताएका छन् । पक्की सडक निर्माणका लागि भन्दै ठेकेदार चुरिया निर्माण सेवा कम्पनीले अबैंधरुपले उत्खनन् गरिरहेको स्थानीयको आरोप छ । डोजर र टिफर चलाएर उत्खनन् गरेका थिए । दुइवटा टिफरले ५० टिपबढी ओसारेका थिए । अबैधरुपले उत्खनन् थालेपछि स्थानीय र बन समुहले रोक लगाएको सामुदायिक वन अध्यक्ष चक्रबहादुर राउतले बताउनुभयो । विरोधपछि बन कर्मचारी र प्रहरीसमेत आएर रोक लगाएको तर, उत्खनन् गर्नेलाई कुनै कारवाही नचलाएको उहाँले बताउनुभयो । सरकारको मापदण्ड र नियम अनुरुप अनुगमन, निरिक्षण नै नगरी बन क्षेत्रमा उत्खनन् भइरहेको स्थानीयको भनाई छ । स्थानीय र सामुदायिक वन समुहले रोक्न खोजे पनि ठेकेदारले जबरजस्ती उत्खनन् गरिरहेको ...
वन समुहमाथिकाे अंकुश हटाउन माग https://wp.me/pbHTHl-kYL

वन समुहमाथिकाे अंकुश हटाउन माग https://wp.me/pbHTHl-kYL

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १६ । सामुदायिक वन महासंघ नेपाल उदयपुरले वन उपभाेक्ता समुहकाे खातामाथि डिभिजन वन कार्यालयकाे खातामाथिकाे अंकुश नियन्त्रण खुल्ला गर्न माग गरेकाे छ । जिल्ला महासंघका अध्यक्ष कुशलबाबु बस्नेतले उदयपुरबाट दुइटै डिभिजन वन कार्यालयलाई पत्र पठाउदै वन समुहकाे खाता माथि अंकुश रहेकाेमा खुल्ला गर्न अनुराेध गरेकाछन् । समुहकाे स्वयक्ततामाथिकाे अंकुश खुल्ला गरि सबै वन समुहलाई स्वतन्त्र ढंगले बढि बढ्न दिन माग गरिएकाे छ ।...
त्रिनपाका विद्यालयहरुलाई २ दिन बिदा

त्रिनपाका विद्यालयहरुलाई २ दिन बिदा

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ दिनको बिदा दिईएको छ । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत शिव कुमारी राउतले आज एक विज्ञप्ती निकाल्दै नगरपालिका भित्र संञ्चालित सबै विद्यालयहरुलाई जेठ १७ र १८ गते बिदा दिईएको जानकारी गराएका छन् । केही दिन देखी अत्याधिक गर्मी बढेको कारणले विद्यार्थिहरुलाई पठनपाठनमा समस्या भएको भन्दै विद्यायलहरुले गुनासो गरेकोले नगरपालिकाको आजको बैठकले बर्षे बिदाबाट मिलान हुने गरी २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।  ...
उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबलाई

उदयपुर ए डिभिजन लिगको उपाधि गाईघाट फुटबल क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बुधबार भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबले फ्युजन फुटबल क्लब बोक्सेलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । गाईघाटलाई जित दिलाउन जर्सि नं १२ का संदिप लिम्बुले खेलको ८३ औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच संदिप लिम्बु बने । गाईघाट फुटबल क्लबले नगद रु. ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले पुरस्कार हस्ताण्तरण गरेका हुन् । उपविजेता फ्युजन फुटबल क्लब बोक्सेले नगद रु. ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट गोलकिपर फ्युजन फुटबल क्लब जर्सि नं ३२ का आशिष बुर्जा मगर भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गा...
गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धि अन्तरक्रिया

गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धि अन्तरक्रिया

Breaking News 1
पूर्णपुष्टि, १६ जेष्ठ । गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्बन्धी एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । छैँठौ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसर पारी एसिड प्रहार र महिला अधिकारको सवालमा जनचेतामुलक अन्तरक्रिया कार्यक्रम भएको हो । सघिय सांसद विन्दावासीनी कंसकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महिला संघ संस्थामा आवद्ध निकाय महिला जनप्रतिनिधि, पिछडीएका महिलाहरुको ब्यापक उपस्थितिमा कार्यक्रम भएको हो । “हाम्रो अभियान, आत्मनिर्भर छोरीको सम्मान” हरेक घर हरेक पालिका हुनु पर्छ साहसी बालिका जस्ता ब्यवहारिक नारा सहित अन्तरक्रिया गरिएको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग, आभासा राष्ट्रिय अभियान र मदिना मञ्जरी फाउण्डेसन नेपालको समन्वयमा कार्यक्रम गरिएको थियो । अन्तरक्रियामा एसिड प्रहार र महिला अधिकारको बिषयमा बृहत छलफल गरिएको थियो ।...
मदनभण्डारी आँखा अस्पतालमा तीन कैदीबन्दीसहित ७६९ जनाको निःशुल्क सल्याक्रिया

मदनभण्डारी आँखा अस्पतालमा तीन कैदीबन्दीसहित ७६९ जनाको निःशुल्क सल्याक्रिया

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १६ । मदनभण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले १९ औं गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागारको तीनजना कैदीबन्दीसहित ५५ जनाको आँखाको सल्याक्रिया भएकोमा आज विहान सबैको आँखाको पट्टी खोलिएको छ । आँखाको पट्टी खोलिएसंगै सबैजनाले आँखामा ज्योती पाएका छन् । नेकपा एमाले उदयपुरका अध्यक्षसमेत रहेका राउत, एमाले नेता ईश्वरमणी राउत र नेपाल रेडक्रस साेसाईटी उदयपुरका सभापति मदनराज कटुवालले पट्टि खाेलिदिए । आज थप ३० जनाको सल्याक्रिया रहेको जनाइएको छ । अस्पतालको आफ्नै उपचार कक्षमा सल्याक्रिया भएको हो । आर्थिक अभावले सल्याक्रिया गर्न नसकेका आमाबुवालाई लक्षित गरी विभिन्न आँखा शिविर जिल्लामा सञ्चालन गरी त्यसबाट छनौट भएकाहरुलाई सल्याक्रिया गरिएको हो । केही दिनअघि जिल्ला कारागारमा पनि आँखा शिविर सन्चालन गरिएको थियो । पैसा नभएको अवस्थामा रोग पालेर बस्न नपरोस् भनेर हस्पिटलले आफैले दाताहरुसंग रकम संक...
चट्याङले साउनेमा  एक जनाको मृत्यु

चट्याङले साउनेमा एक जनाको मृत्यु

Breaking News 1
पूर्णपुष्टि १६ जेष्ठ संगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ५६ को सर्बधन राई रहेको छ । उनको बुधबार दिउँसो बर्सादसँगै परेको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष हिमरमज मगरले बताए । वडाअध्यक्ष मगरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । हाल उनको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।...
लिम्चुङबुङमा बाँसको सामाग्री बनाउने १ महिने तालिम सम्पन्न

लिम्चुङबुङमा बाँसको सामाग्री बनाउने १ महिने तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकामा बाँसबाट निर्माण सामाग्रीको एक महिने तालिम सम्पन्न भएको छ । बैशाख १५ देखी सुरु गरिएको उक्त तालिम जेष्ठ १५ गते औपचारिक रुपमा सम्पन्न भएको हो । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा लिम्चुङबुङ गाउँपालिकाको समन्वयमा तालिम संञ्चालन भएका थिए । तालिममा करिब १८ जना सहभागीहरु बाँसबाट सामाग्री उत्पादन गर्न पोख्त बनेका छन् । तालिमलाई पूर्व प्रहरी समेत रहेका बाँस सामाग्री उद्यमी चम्पक राईले सहजीकरण गरेका थिए । राईले भाटा, जरा र चोयाको आईटम निर्माण गर्न सिकाएको छ । बिषेशगरी जराबाट सजावतका सामाग्री निर्माण गरिएको छ भने चोया र भाटा बाट भने प्रयोगमुखी र सजावटका सामाग्रीहरु निर्माण गरिएको छ । पेन होल्डर, चुरु स्टेन्ट, डालो लान्लो, कुर्सि, टेवुल, mपोटो फ्रेम लगायतका सामाग्री ...