गाईघाटमा लैंङ्गिक हिंसा रोकथाम बारे स्थानीय सरकार सित अन्तरक्रिया
पूर्णपुष्टि, २९ वैशाख ।
गाईघाटमा शुक्रबार लैंङ्गित हिंसा रोकथामबारे बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । युएनएफपिएको सहयोग तथा भिएस्ओ र कोकोन नेपालको संयुक्त साझेदारीमा कार्यक्रमको अयोजना गरिएका थिए । लैंङ्गिक हिंसा नियन्त्रणका लागि बिभिन्न कार्यक्रम तथा अवधारण निर्माण गर्न स्थानीय सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै छलफल तथा अन्तरक्रियाको अयोजना गरिएको आयोजक संस्थाले जनाएको ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष र नगरका सामाजिक विकास शाखा, शिक्षा विकास शाखा, स्वास्थ्य शाखा, महिला बालावालिका शाख लगायतका प्रमुख तथा प्रतनिधिहरुको उपस्थित रहेका थिए भने, नेपाल प्रहरी, पत्रकार, गैरसरकारी संस्था, किशोर किशोरी लगायतका उपस्थिति रहेका थिए । अन्तरक्रियाले हिंसा रोकथामका लागि स्थानीय सरकारहरु सँगको साझेदारीमा ठुलो भुमिका रहेको नि...









