Tuesday, August 18News That Matters

Breaking News 1

१५ नं वडामा संञ्चालन योजनाहरुको अनुगमन

१५ नं वडामा संञ्चालन योजनाहरुको अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २८ । त्रियुगा नगरपालिका वडा नं १५ संञ्चालित योजनाहरुको अनुगमन धमाधम भैरहेको छ । त्यस ठाउँमा निर्माण भैरहेको जनतामुखी योजनाहरु खानेपानी, सडक, भवन लगायतका निर्माण कार्यलाई वडा कार्यालय र इन्जीनियरहरुको संयुक्त टोलीले अनुगमन गरेको हो । उक्त वडामा खानेपानी अन्तरगत ट्याङकी धारा र सडक तर्फ नाली र जाली लगायतका अन्य कामहरु धमाधम भैरहेको वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए । जनताहरुको अत्यावश्यक कामहरुलाई प्राथामिकतामा राखी विकास गर्ने भन्दै योजनाहरु त्यस वडामा संञ्चालीत छन् ।...
गाईघाटमा ट्रकको ठक्करबाट ज्यान गुमाएका तारिणी मगरको पोष्टमार्टम गरियो

गाईघाटमा ट्रकको ठक्करबाट ज्यान गुमाएका तारिणी मगरको पोष्टमार्टम गरियो

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २७ । त्रियुगा नगरपालिका–११ स्थित मेनचोकमा ट्रकको ठक्करबाट ज्यान गुमाएका तारिणी मगरको पोष्टमार्टम गरिएको छ । गत आईतबार विहान नगरपालिकाको मुख्य चौक जजिकै भएको दुर्घट्नामा परि मगरको ज्यान गएको थियो । मृतकका आफन्तहरुले आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरी पछि पोष्टमाटम गराएको पारिवारीक श्रोतले जनाएको छ । मृत्तक मगरको आफन्तका अनुसार उनलाई प्रणामी संस्कार अनुसार दाहसस्कारको लागि ईटहरीमा अवस्थित मुक्तिनाथ धाम पठाएको त्रियुगा नगरपालिका वडा १४का वडाअध्यक्ष हेम मगरले बताए । उनका अनुसार मृकका परिवारलाई ईन्योरेन्स मार्फत ५ लाख दिने र सम्बन्धित यातायता व्यवसायी र यातायात संघले थप आर्थिक सहयोग साथै दोषीलाई कार्वाही गर्ने सहमतीमा मृतकको पोष्टमार्टम गर्ने सहमति भएको थियो ।...
गाईघाटमा व्यवसायीहरुलाई १५ दिने सिलाई मेसिन मर्मत तालिम सुरु

गाईघाटमा व्यवसायीहरुलाई १५ दिने सिलाई मेसिन मर्मत तालिम सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २७ । गाईघाटमा सोमवारबाट १५ दिने सिलाई मेसिन मर्मत तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । तालिममा २० जना सिलाई व्यवसायीहरुले सहभागीता जनाएको छ । सहभागी व्यवसायीहरुलाई सिलाई व्यवसायमा सहजता दिने भन्दै उक्त तालिम प्रदान गरिएको घरेलु उद्योगका कार्यालय प्रमुख नरेन्द्र पराजुलीले जनाए । पराजुलीले तालिमलाई सिरियस तरिकाले सिक्ने र प्रयोगमा ल्याउनु पर्ने जनाए । प्रमाण पत्र र सहभागीताले मात्रै आफ्नो व्यवसायन नफस्टाउने भन्दै भविष्यमा उक्त तालिमबाट भरपुर फाईदा लिने गरी सिक्नु पर्ने बताए । तालिमका लागि आवश्यक सामाग्रीहरु कुनै पनि कमि हुन नदिने गरी उपलब्ध गराउने भन्दै मेसनरीमा सिकाईनु पर्ने सबैकुरा कन्जुसाई नगरी सिकाउन प्रशिक्षकलाई कार्यालयले अनुरोध समेत गरे । नेपाल कपडा तथा स...
उदयपुरकी एल्जीना राई ‘भ्वाइस किड्स’को लाइभ शोमा प्रवेश

उदयपुरकी एल्जीना राई ‘भ्वाइस किड्स’को लाइभ शोमा प्रवेश

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र २७ । प्रत्यक हप्तामा शुक्रबार र शनिबार हिमालय टलिभिजनबाट प्रसारण् हँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’को सिजन–२’को लाइभ शोमा उदयपुरकी एल्जिना राईले प्रवेश पाएका छन् । गएको हप्ताको शुक्रवार टिम प्रमोद खरेललाई प्रतिनिधित्व गर्दै शिक्षा लिम्बु, मिलन सुनार र एज्जिना राईले ‘ब्याटल राउण्ड’मा कुन्ति मुक्तानको “भन्छनुकोहि जिन्दागि यो” भन्ने बोलको गित प्रस्तुत गरेको थियो । टिम प्रमोदले तीनै जनाको प्रस्तुती पछि अन्तत अन्तिम निर्णयमा एल्जिना राईलाई चुनेका थिए । जिल्लाको बेल्टारकी १२ वर्षीय एल्जिना राई कुसल गायिका बन्न चाहान्छिन् । उनी भन्छिन्, ‘मेरो बाबाआमाको चाहना र सपना पनि मलाई गायिका बनाउने हो । ‘ब्याटल राउण्ड’सम्म पुग्दा एल्जिनाको प्रस्तुतीले दर्शक र कोचहरुको मन जित्न सफल हुँदै आएकी छन् । सुरिलो र मिठास स्वरकी धनी एल्जिना हाल ८ कक्षामा अध्ययनरत छिन् । त्यसैले ...
सप्तरीमा कारको ठक्करबाट उदयपुरकी एन्जिलाको मृत्यु

सप्तरीमा कारको ठक्करबाट उदयपुरकी एन्जिलाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २७ । सप्तरीको कल्याणपुरमा कारको ठक्करबाट मोटरसाईकलमा सवार उदयपुर घर भएकी एन्जिला बस्नेतको मृत्यु भएको छ । आईतबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर बजार ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किदा उदयपुरको त्रियुगा नगरपालिका-९, बगाटोलका ३६ वर्षीय ध्रव बस्नेतका १० वषीय छोरी एन्जिलाको मृत्यु भएको हो । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बाबु–छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ध्रुव र एन्जिलालाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । उपचारको क्रममा दिउँसो तीन बजे एन्जिलालाई डाक्टरले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी सिंहले जान...
त्रियुगा नगरपालिकाको सेवा प्रवाह नाजुक र निराशाजनक भएको भन्दै ६ राजनीतिक दलको विज्ञप्ती

त्रियुगा नगरपालिकाको सेवा प्रवाह नाजुक र निराशाजनक भएको भन्दै ६ राजनीतिक दलको विज्ञप्ती

Breaking News 1, राजनीति, समाचार
पूूर्णपुष्टि, चैत्र २६ । गाईघाट । त्रियुुगा नगरपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिदा विगत दुुई महिनादेखि सेवा प्रवाह अबरुद्ध भएको भन्दै पाँच राजनीतिक दलले विज्ञप्ती जारी गर्दै ध्यानाकृष्ट गरेको छ । नेपाली काङ्ग्रेस लगायत ६ वटा पार्टीले गम्भिर ध्यानकर्षण भएको भन्दै नगरको सेवा सुविधाबाट नागरिकलाई बञ्चित र सास्ती खेपाएकोमा चिन्ता ब्यक्त गरेको छ । नेपाली काङ्ग्रेस मेयर बसन्त बस्नेतको आफ्नाे पार्टी हाे । उपमेयर महेश्वरी राईकाे पार्टी नेकपा एमालेकाे भने विज्ञप्तीमा सहभागी छैन । १६ नं. वडाध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मानबादुर राई, नेपाली काङ्ग्रेस त्रियुुगा नगरसभापति प्रकाश कुुमार खड्का, नेकपा एकिकृत समाजवादी त्रियुुगा नगर अध्यक्ष जनार्दन रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका प्रतिनिधि उद्धव अधिकारी, लोकतान्त्रीक समाजवादी पार्टी उदयपुरका...
गाईघाट दुर्घटना : बजार तनाव ग्रस्त, सवारी तोडफोड : तस्विर सहित https://wp.me/pbHTHl-gxi

गाईघाट दुर्घटना : बजार तनाव ग्रस्त, सवारी तोडफोड : तस्विर सहित https://wp.me/pbHTHl-gxi

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २६ । उदयपुरको गाईघाट बजारमा माल बहाक ट्रकले मान्छे मारेपछि बजार तनाव ग्रस्त अवस्थामा रहेको छ । आईतबार बिहानीको समयमा मदन भण्डारी राजमार्ग मेनचोक अगाडी काठमाण्डौँ बाट झापा जाँदै गरेको मे १ ख २१८४ नं को मालबाहक ट्रकले साईडबाट बाटो क्रस गर्न लगेको प्र. १–०५–००१ प. ६१५९ नं को मोटरसाईकल लाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा मोटर साईकाल चालक त्रियुगा नगरपालीका १४ बस्ने बर्ष ४३ को तारणी मगरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त दुर्घटना प्रति आफन्तहरुले आपत्ति जनाउँदै गाईघाट बजार पूर्ण वन्द गर्नुका साथै आन्दोलन गरिरहेको छ । उनिहरुले लाशको कुनै मुचुल्का र आफन्तको रोहबर बिनानै लाश उठाएको भन्दै आन्दोलन सुरु गरेको हो । उनिहरुले आफन्तहरु भएर पनि प्रहरी प्रशासनले आफुखुसी लास उठाई रहस्मय घटना बनाउन खोजेको आरोप लगाएको छ । उनिहरुले कानुनी प...
गाईघाटमा ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

गाईघाटमा ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २६ । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका ११ स्थित मेनचोक नजिकै ट्रकको ठक्करबाट मृत्यु हुँनेको पहिचान खुलेको छ । ट्रकको ठक्करबाट मृत्यु हुँनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित साउनेका अन्दाजी ४५ बर्षिय तारिणी मगर रहेको प्रहरीले जनाएको । आज आईतबार बिहान करिव पौने ६ को समयमा मदनभण्डारी लोकमार्गमा पर्ने मेनचोक नजिकै पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको मे १ ख २१४८ नं को मालबहाक ट्रकले प्र.नं.१–०५–००१ प.६१५९ नम्बरका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको थियो । मोटरसाईकललाई ठक्कर दिने ट्राक ड्राइभरलाई भने आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर लगगिएको जनाएको छ ।...
गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २६ । उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आईतवार विहान त्रियुगा नगरपालिका ११, स्थित मुख्यचोकको पश्चिम दिसा पर्ने चौकमा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर पठाएको प्रहरीले जनाएको छ । यस घट्ना बारे थप समाचार आउँन बाकी छ ।    ...
वडा नं. ९ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोलविकास संस्था प्रथम

वडा नं. ९ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोलविकास संस्था प्रथम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २५ । उदयपुरको त्रियुगा नगरपालिका वडा ९ स्तरीय अन्तर टोल विकास संस्थाको हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोल विकास संस्था प्रथम भएको छ । शनिवार नवउदय टोल विकास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक टिमले प्रथम स्थान हासिल गरेको हो । “नवउदय टोल विकासको आह्वान,बाल वालिकाहरुलाई गरौँ प्रोत्साहण” भन्ने मुन नाराको साथ त्रिपुरेश्वर माहादेव मन्दिर परिसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नं.९का बिभिन्न २७ वटा टोल विकास संस्थाहरुले प्रतिस्पर्धामा सहभागित जनाएको थिए । कार्यक्रममा वडा क्षेत्रमा रहेका बिभिन्न विद्यायलयहरुबाट कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले प्रत्यक्ष सहभागिता जनाएको नवउदय टोल विकास संस्थाका अध्यक्ष तुलसी भुसण निरौलाले जानकारी दिए । उनका अनुसार बार्षिक परिक्षा दिएका बालबालिकाहरुलाई लक्षीत यस कार्यक्रमले विद्यार्थीहरुलाई गुणस्तर शैक्षिक प्राप्त हुने र क्ष...