Monday, July 13News That Matters

Breaking News 1

उदयपुरमा लागु औषाध सहित १ जना पक्राउ

उदयपुरमा लागु औषाध सहित १ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ भदौ । उदयपुरमा एक व्यक्ति प्रतिवन्धित लागु औषाध सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं। १० बोक्से बस्ने अ. वर्ष ३३ को डेनिल बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा न.पा. ०६ लालपत्ता बाट मिति १२ ः २० बजेतिर २०७ एम्पुल प्रतिबन्धित लागू औषध सहित पक्राउ गरेको हो । कदमाहाबाट गाईघाट तर्फ आउँदै गरेको सार्वजनिक सवारी साधन विङगर चेकजाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई ल्याई रहेको प्रतिबन्धित लागू औषध फेनार्गन ६९ एम्पुल , डाईजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागू औषध बस्नेतको साथबाट बरामद गरिएको छ । निजलाई सम्मानीत उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।...
उदयपुरको कटारीमा अनुदानको मल लुकाउने व्यपारी पक्राउ

उदयपुरको कटारीमा अनुदानको मल लुकाउने व्यपारी पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ भदौ । पकिसानलाई बितरण गर्नु पर्ने अनुदान बापतको मल लुकाउने एक व्यपारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी ब्यपारीलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो । अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो । उक्त म...
उदयपुरमा निजी विद्यालयहरुको बस र्याली

उदयपुरमा निजी विद्यालयहरुको बस र्याली

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १६ भदौ । बिस्तारै गैर नाफामुलक र सत प्रतिसत छात्राबृत्तिको व्यवस्था गर्नु पर्ने बुदा संसद बिद्ययकमा पास गर्ने निर्णय गरेपछि उदयपुरमा निजी विद्यालयहरुले वस र्याली गरेको छ । सोमवार उदयपुरको सदरमुकाम गाईघाट बजार लगायत बिभिन्न स्थानमा रहेका निजी विद्यालयहरुले वस र्याली निकालेको हो । गाईघाट स्थित त्रियुगा नगर भित्र रहेका निजी विद्यालयहरुले गाईघाट बजार परिक्रमा गरी ढिम्की मन्दीर, करमगाछी, बोक्से, गैरुन, राजावास, चुहाडे, जलजले, देउरी, बगाहा, मोतिगडा हुँदै गाईघाटकै पिपल चोकमा कोण सभा गरेका थिए । प्याव्पसन जिल्ला अध्यक्ष लक्षजंग ठकुरीले नेपाली शिक्षा गुणस्तरमा निजी विद्यालयहरुले ३४ प्रतिसत स्थान ओगटेको जनाए । गुनस्तर शिक्षामा मजबुद बनिरहेका निजी विद्यालयहरुलाई प्रोत्साहन गर्नुका सट्टा उल्टै हतोत्साहित गर्न खोजेको जनाए । नेपालको राजनितिक अवस्था र बिचौलियालाई दोष लगाउँदै निजी विद...
उदयपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रध्यानध्यापक पक्राउ

उदयपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रध्यानध्यापक पक्राउ

Breaking News 1
पूर्णपुष्टि, भदौ १६ । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगा स्थित हिमशिखर सामुदायिक इईङ्लिस बोर्डिङ स्कुलका प्रध्यानध्यापकलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान १० बजेर ४५ मिनेटको समयमा शिवालय टोल बस्ने ४७ बर्षीय प्रध्यानध्यापक युवराज श्रेष्ठले सोही स्कुलमा अध्ययनरत एक १६ बर्षीया बालिकालाई कार्यालय कोठामा जबरजस्ती करणी गरेका थिए । पिडित बालिकाको भाउजुले आईतबार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा प्रध्यानधयापक श्रेष्ठ विरुद्ध लिखित जाहेरी दरखास्त दिएपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको एक पार्कमा युवक झुण्डिएको अवस्थामा फेला

उदयपुरको एक पार्कमा युवक झुण्डिएको अवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १५ । उदयपुरको बेलका नगरपालिका–६ स्थित सामावेशी पार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिालाका अनुसार आज बिहान करिब साढेँ ५ बजेको समयमा पार्कको पूर्वपट्टिको फलैचामा एक २० देखी २२ बर्षीय युवक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहान स्थानियले झुण्डिएको अवस्थामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । झुण्डिएको अवस्थामा मृत फेला परेका युवकको पहिचान खुलेको छैन । हाल मृतकको पहिचान खोजीकार्य र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्षमा नविन बस्नेत निर्वाचित

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्षमा नविन बस्नेत निर्वाचित

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ भदौ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्षमा ब्यपारी नविन वस्नेत अध्यक्षमा चयन भएको छ । संघको ९ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट बस्नेत सर्वसहमत अध्यक्षमा चयन भएको हो । त्यस्तै बरिस्ठ उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रकाश गजमेर, प्रद्वितीय उपाध्यक्षमा प्रदिप देउजा, प्रज्वल अधिकारी बाणिज्य उपाध्य्क्ष, राम कुमारी राई उधोग उपाध्यक्ष, रुपम अनुराग गुप्ता महासचिव, शंकर साह सचिब, ज्ञानेन्द्र बहादुर थापा सह सचिब, सरोज बस्नेत कोसाध्यक्ष, रन्जित बिस्वकर्मा सह कोसाध्यक्ष, हरि प्रसाद भट्टराई सद्स्य, प्रबिश कुमार साह सदस्य, मनिराज थापा सद्स्य, राजेश कार्की सद्स्य, ब्रह्म्देव महतो सद्स्य, बब्लु कुमार साह सद्स्य, एकराज बस्नेत सद्स्य, बिजय प्रसाद गुप्ता सद्स्यमा चयन भएको छ । शनिवार गाईघाट स्थित बाँसवारी पार्टी प्यालेर्समा सम्पन्न अधिवेशनले उक्त कार्यसमिति चयन गर...
गाईघाटमा उद्योग स्थापना गर्न औद्योगिक ग्रामको आवश्यक : राउत

गाईघाटमा उद्योग स्थापना गर्न औद्योगिक ग्रामको आवश्यक : राउत

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १४ भदौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतेल गाईघाटमा उद्योग स्थापना गरी ब्यापार आकर्षण गर्न सकिने जनाएको छ । राउतेल गाईघाटलाई ब्यपारीमय बनाउन उद्योग स्थापना गर्न सकिने र त्यसका लागि औद्योगिक ग्रामको आवश्यक रहेको जनाए । गाईघाट भविष्यमा ब्यपारको लागि सम्भावित बजार रहेको भन्दै यसको भविष्य निकै पर सम्म रहेको संकेत गरे । मदन भण्डारी हाईवेका कारण यो ठाउँ ब्यपार व्यवसायको लागि उचित रहेको समेत राउतले जनाए । उनले गाईघाट कटारीलाई पूर्वी मेचीदेखी पश्चिमको भैरवा सम्मै ब्यपारको सम्भावना रहने अध्यक्ष राउतको भनाई छ । गाईघाट बजारको व्यपार मुख्य तया पूर्व पश्चिम राजमार्ग र मदन भण्डारी हाईवेले माथि उठाएको राउतका बुझाई छ । थप अन्य राजमार्गहरु थपिँदै जाँदा गाईघााट कटारी बजारको ब्यपारीक भभिष्य उज्वल रहेको समेत बताए । अध्यक्ष राउतले स्थानीय सरकारलाई ब्यपारका ल...
त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन : खुल्ला सत्र सकेर बन्द सत्र सुरु

त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन : खुल्ला सत्र सकेर बन्द सत्र सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ भदौ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका ९ बार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन गाईघाट स्थित वाँसवारी पार्टी प्यालेर्समा जारी छ । शनिवार १२ ः३० देखी सुरु भएको साधारण सभा तथा अधिवेशनको औपचारिक खुल्ला सत्र सकेर पदाधिकारी तथा व्यवसायीहरु वन्द सत्रमा छन् । रमेश रसाईलीको नेतृत्वको कार्यकाल सकिए सँगै संघले समयमानै साधारण सभा तथा अधिवेशन सम्पन्न गर्ने निधो गरे । नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आथित्यतामा साधारणसभा तथा अधिवेशनको आयोजना गरिएका थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै राउतले गाईघाट व्यपार व्यवसायीको हिसवाले निकै ठुलो सम्भावना बोकेको ठाउँ रहेको जनाए । उनले मदन भण्डारी हाईवेले जोडेको गाईघाट भविष्यमा व्यपार व्यवसायको ठुलो गड बन्ने जनाए । राउतले यति मात्रै नभएर गाईघाटमा व्यपार आकर्षण गर्नका लागि औद्योग स्थापना गर्नु पर्ने र त्यस...
उदयपुरमा पनि मौलाउँदै श्रमदान अभियान

उदयपुरमा पनि मौलाउँदै श्रमदान अभियान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ भदौ । कयौँ कामहरु बिना पैसा पनि सम्भव छ । तर त्यसका लागि निस्वार्थ श्रमदान आवश्यक रहन्छ । कतिपय कामहरु तपाई हाम्रै पाखुरा र परिश्रमले सफल हुन्छ त्यसका लागि श्रम अभियान आवश्यक छ । सानो तिनो कामहरुलाई पनि हामि कहिले बजेट आउँछ र काम गराउँ भन्ने बानि छ । तर त्यो बजेट पर्खिरहेको कामलाई हाम्रो हात पाखुरा चलाउँदा बिनै बजेट काम सफल हुन्छ । सामान्यतया सरसफाई, वृक्षारोपण, खोलाखाल्सी तटबन्धन समधान, भत्किएको संरचना र सानो तिनो भौतिक संरचनाहरुको व्यवस्थापन त श्रमबाटै पनि गर्न सकिन्छ । तर यसबारे चेत नखुल्दा आफ्नै हात पाखुरा बाट सम्भव कामहरुलाई पनि बजेटको आसले हाम्रो आवश्यक कामहरु सफल भैरहेका छैन । धरान उपमहानगरपालिकामा खानेपानी देखी नाली र भौतिक संरचनादेखी पार्कहरुको काम समेत श्रमबाटै सम्भव भएको छ । यी ठुला योजना त श्रमबाट सम्भव भए भने तपाई हाम्रै समाज समुदायमा आई पर्ने सामान्य...
उदयपुरमा संञ्चालित निजी विद्यालयका सवारी चालकहरुलाई एकदिने अभिमुखीकरण

उदयपुरमा संञ्चालित निजी विद्यालयका सवारी चालकहरुलाई एकदिने अभिमुखीकरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ भदौ । उदयपुरमा संञ्चालित रहेका निजी विद्यालयका सवारीमा चालकहरुलाई सुरक्षित यात्रा र सेवाका लागि अभिमुखीकरण गराईएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा ट्राफिक कार्यालय उदयपुर र प्यावसन एनप्यावसन उदयपुरको सहकार्यत्रमा प्लालशेर राई स्मृती प्यावसन भवन मोतिगडामा अभिमुखिकरण गराईएको हो । यस कार्यक्रमले विद्याथीहरुको यात्रा र सेवालाई सुरक्षित गर्ने भएको छ । बिषेशगरी बढी मात्रामा निजी विद्यालयका विद्यार्थीहरुलाई वस सेवा संञ्चालन गरिरहेको हुँदा विद्यार्थीहरुलाई सुरक्षित बनाउन जिम्मेवारी रहन्छ । अभिभावकहरुले आफ्नो बालवच्चाहरुलाई विश्वासका साथ विद्यालयमा जिम्मा दिरहँदा उनिहरुको घर र विद्यालयको सम्मको यात्रा सुखद, सहज र सुरक्षित बनाउनु पर्ने विद्यालयको जिम्मा रहन्छ । सोही अनुसार वसमा विद्यार्थीहरुलाई सुरक्षित बनाउन चालकहरु अति जिम्मेवार रहनु पर्ने भुमिका बि...