Monday, July 13News That Matters

Breaking News 1

निजि विद्यालयहरुको आन्दोलन जारी, उदयपुर प्रशासन कार्यालयमा कोणसभा तथा ध्यानाकर्षण

निजि विद्यालयहरुको आन्दोलन जारी, उदयपुर प्रशासन कार्यालयमा कोणसभा तथा ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ भदौ । निजी विद्यालयहरुले आन्दोलन जारी राखेको छ । सरकारको प्रतिनिधि सभाले निजि विद्यालयलाई गैर नाफा र १५ प्रतिशत छाताबृत्रि लगायत बुद्धाहरु उल्लेख गरेर टेवुल गरेपछि निजि विद्यालयहरु आन्दोलनरत छन् । निजि विद्यालयहरुले नेपाली शिक्षामा करिब ३४ प्रतिशत स्थान ओगटेर विद्यार्थीहरुको शैक्षिक गुणस्तर प्रदान गर्दा गर्दै पनि सरकार निरिह बनेको भन्दै आन्दोलनमा उत्रेका हुन् । यसलाई तत्काल सच्चाएर निजि तथा कम्पनी मार्फत चलेका विद्यालयहरुलाई सहज गर्न माग राखेको छ । यदि सरकारले यसलाई वेवास्ता गरे हदै सम्मको आन्दालनहरुमा उत्रिने पनि सचेत गराएको छ । प्यावसन, नेशनल प्याप्सन, हिसान र अपेन लगायतको संयुक्त आयोजनामा आन्दोलन चलिरहेको छ ।...
कोशी प्रदेश आमसञ्चार विधेयकको बिरोध गर्दै प्रशासनमा धर्ना

कोशी प्रदेश आमसञ्चार विधेयकको बिरोध गर्दै प्रशासनमा धर्ना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ भदौ । उदयपुरका पत्रकारहरुले कोशी प्रदेशले ल्याएको आमसंञ्चारको विरोधमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा एक घण्टे धर्ना बसेको छ । बिहिबार उदयपुरका पत्रकारहरुले ११ बजेदेखी १२ बजे सम्म एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरेको थियो । कोशी प्रदेश आमसंञ्चार बिधेकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान ( खारेज गर, समचार लेखेकै आधारमा पत्रकार दण्डीत गर्ने कानुन खारेज गर भन्दै धर्ना बसिएको थियो । जिल्लाको बिभिन्न स्थानबाट उपस्थिति भएर पत्रकारहरुले धर्ना बसेका थिए । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको छ । कोशी प्रदेश सरकारले तयार गरेको विधेयकमा संविधानको प्रस्तावनाको मर्म विपरित रहेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम बताउँछन् । पत्रकार महासंघले मुख्य रुपमा दण्ड जरिवाना सम्बन्धी प्रावधानमा आपत्ति जनाएका छन् । दण्ड जरिवाना सम्बन्धि प्राव...
गाईघाटका मिठाई पसलहरुमा अनुगमन, सरसफाईमा ध्यान नदिएको पुजा मिष्ठानलाई कार्वाही

गाईघाटका मिठाई पसलहरुमा अनुगमन, सरसफाईमा ध्यान नदिएको पुजा मिष्ठानलाई कार्वाही

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट । भदौ ९ ।  जिल्ला प्रशासन कार्यालय उदयपुरले चाडपर्व लक्षित गाईघाटका मिठाई पसलहरुमा अनुगमन गरेको छ । सोमबार सहायक जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय र प्रशासकिय अधिकृत नवराज खड्का नेतृत्वको अनुगमन टोलीले तिन वटा मिठाई पसल र एक किराना पसल अनुगमन गरेको हो । अनुगमनको क्रममा तिन वटा मिठाई पसल मध्ये एक मिठाई पसललाई ५ हजार रुपैँया जरिवाना गरिएको छ । अनुगमन टोलीले पुजा मिष्ठान भण्डार मिठाई पसललाई किचेनको सरसफाईमा ध्यान नदिएको भन्दै ५ हजार रुपैँया जरिवाना गरेको छ भने खान नहुने भईसकेको तेल र सोही तेलमा तारिएको समोसा समेत बरामद गरेको छ । अनुगमन टोलीले उक्त मिठाई पसलदेखी ४३ लिटर तेल र १० केजी समोसा बरामद गरी नष्ट गरेको छ । त्यस्तै अनुगमन टोलीले मा जाल्पा सप्लायर्स किराना पसलबाट म्याद गुज्रिएको खाद्यन्न सामाग्री बरामद गरी नष्ट गरेको छ । अनुगमनको क्रममा बरामद गरिएको पिठो (आटा),...
तिज सँगै सिपमा जोडिए गाईघाटका महिलाहरु

तिज सँगै सिपमा जोडिए गाईघाटका महिलाहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ भदौ । तिज भन्ने वित्तिकै रमाईलो, मनोरञ्जन र खानपान भन्ने बुझिन्छ । यति मात्रै पनि हैन पुजा आजा रंग रोगन र पहिरन पनि यस भित्र पर्छ । हरितालिका तिजको अवसर पारी यो बेला खास अधिकांश महिलाहरु खानपान र नाचगानमै व्यस्त भैरहेको छ । तर यहि अवसरमा गाईघाटका केहि महिलाहरु सिपमा सहभागी भएको छ । तिजमा सिप नारा सहित यी महिलाहरुले दुई दिने डल कुसन सिप सिकिरहेको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर र नेपाल घरेलु तथा साना उद्योग महासंघ त्रियुगा नगर समिति गाईघाटको संयुक्त आयोजनामा तिजमा सिप जोडेर दुई दिने कुसन डल तालिम गाईघाटमा आयोजना गरिएको हो । जनता सँग मेयर कार्यक्रमको सहयोगमा संञ्चालन भएको उक्त तालिमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गरे । उद्घाटन गर्दै मेयर वस्नेतले सिकेका तालिमलाई सदावहार प्रयोगमा ल्याउन सुझाए । तालिम लिने अनि तालिमको सदुपयोग नहुदा महिलाह...
बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ भदौ । त्रियुगा नगरपालिका वडा नं १० बोक्से खसि बजारको पार्किङ व्यवस्थापन तत्काल गरिने भएको छ । प्रत्येक बुधबार संञ्चालन हुँदै आएको खसी बजारको पार्किङ व्यवस्थापनलाई सहजीकरण गरिने भएको हो । बुधबारका दिन लाग्ने खसि बजारको हटिया पार्किङले अस्तव्यस्त हुने गरेको छ । हटियाको दिन मुख्य सडकमै अटो, सिटी र बाईकले सडक अबरुद्ध गर्दा सवारी आवत जावतमै ठुलो समस्या पर्दै आएका थिए । बुद्धिजिवी तथा सचेतना टोल विकास समितिका अध्यक्ष समेत रहेका पर्शराज राईले उक्त अस्तव्यस्त अवस्था प्रति जानकारी गराउँदै यसको तत्काल समधानमा पहल कदमी चाल्नु परेको बताउनुभयो । शनिवार वडाअध्यक्ष किरण पाण्डेको उपस्थितिमा खसी बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली श्रेष्ठ, सचिव ज्ञानेन्द्र मगर, बुद्धिजिवी तथा टोल विकास समितिका अध्यक्षहरु सहित आसपासका व्यवसायीहरुलाई उपस्थिति गराएर बृहत छलफल गरिएको थियो । छलफलमा वडा...
डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ भदौ । उदयपुरमा नयाँ प्रहरी प्रमुख राजन चापागाई आएका छन् । उनि नयाँ प्रहरी प्रमुखका रुपमा उदयपुर आएका हुन् । चापागाईँ यस भन्दा अघि यसै जिल्लाका डिएसपीको रुपमा कार्यरत थिए । उनि एक बर्ष उदयपुर बसेर सरुवा भएका थिए । निवर्तमान प्रहरी प्रमुख हरिहरनाथ योगिको काठमाण्डौँ स्थित नक्सालमा सरुवा भए सँगै चापागाईँ उदयपुर प्रहरी प्रमुखको रुपमा भित्रिएका थिए । एसपी योगिकै डिएसपीको रुपमा जिल्लामा काम गरेका चापागाईँ एसपी बनेर जिल्ला भित्रिएका हुन । चापागार्इँले शुक्रबार मात्र पत्रकारहरु सँग दोस्रो पटक प्रहरी प्रमुखका रुपमा भेटघाट गरेका थिए । उनले पहिले पनि आफु जिल्लाको बारेमा जानकार रहेको भन्दै काम गर्न सहज हुने बताए । जनताको सुरक्षामा उदयपुर प्रमुखका नाताले हदैसम्म जिम्मेवारी बन्ने चपागाईको भनाई छ ।...
त्रियुगा नेशनल एजुकेशन एकेडेमी गाईघाटका विद्यार्थीले गरे रक्तदान

त्रियुगा नेशनल एजुकेशन एकेडेमी गाईघाटका विद्यार्थीले गरे रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ भदौ । त्रियुगा नेशनल एकेडेमी गाईघाटका विद्यार्थीहरुले रक्तदान गरेको छ । “रक्तदान महाअभियान तपाईको रगत जिवनको वरदान ” भन्ने नाराका साथ ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटले आयोजना गरेको रक्तदान अभियानमा विद्यार्थीहरुले रगत प्रदान गरेको हो । शुक्रबार राधाकृष्ण मन्दीर मुनि रहेका सेवा केन्द्रकै भवनमा करिब १० भन्दा बढी विद्यार्थीहरुले रक्तदान कार्यक्रममा सहभागी जनाएको हो । स्वास्थ्य सँगै सम्बन्धित बिषयहरुमै अध्यानरत विद्यार्थीहरुले रगतको महत्वलाई ध्यानमा राखी रक्तदान गरेको थियो । त्रियुगा नेशनल एकेडेमीले बिषेशगरी स्वास्थ्य सँग सम्बन्धित प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको छ । जस अन्तर्गत ३ बर्षे ल्याव टेक्निसियन, ३ बर्षे ए.एच.ए (कविराज), १८ महिने पशु चिकित्सा विज्ञान भेटेरीनरी र बाली बिज्ञान कृषि १८ महिने गरी ४ ओटा कोर्षहरु संञ्चालन गरिरहेको छ । विश्व बन्धुत्व दिवस तथा रा...
गाईघाटमा विश्वबन्धुत्व दिवसको अवसरमा रक्तदान महाअभियान हुँदै

गाईघाटमा विश्वबन्धुत्व दिवसको अवसरमा रक्तदान महाअभियान हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुरको सदरमुकाम गाईघाटमा विश्वबन्धुत्व दिवसको अवसरमा रक्तदान महाअभियान हुने भएको छ । राजयोगिनी दादी प्रकाशमणीज्युको १८ औँ पूण्य स्मृतिमा शुक्रबार ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटको सभाहलमा रक्तदान महाअभियान हुन लागेको हो । “तपाईको रगत, जीवनको वरदान यसले जीवन बचाउन सक्छ, आशा जगाउन सक्छ र अन्जानलाई पनि एकजुट बनाउन सक्छ” भन्ने नारा सहित महाअभियान हुन लागेको हो । मुटुसरी रगत पनि शरीरको अङ्ग थोपा थोपा रगतमा छ, जिन्दगीको रङ्ग भन्ने मुल नाराका साथ बिहान १० बजेदेखी ३ बजेसम्म रत्तदान महाअभियान संचालन हुनेछ । रत्तदान गर्नका लागी अनलाईन मार्फत दर्ता समेत गर्न सकिने छ ।...
चौदण्डीगढीमा भएको उत्खनन अबैध रहेको छानमिन समितिको ठहर

चौदण्डीगढीमा भएको उत्खनन अबैध रहेको छानमिन समितिको ठहर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा भएको उत्खनन बारे छानबिन समितिले अबैध ठहर गरेको छ । नगरको साउन २९ गते बसेको कार्यपालिकाको बैठकले वडा नम्बर–९ का अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउत संयोजकत्वमा गठित समितिले उक्त उत्खनन अबैध रहेको ठहर गरेको छ । वडा नम्बर–४ का अध्यक्ष लुङ्गाराज राई र इन्जिनियर सन्तोष राई समेतको तिन सदस्यीय छानविन समितिले प्रतिवेदन सार्वजानिक गर्दै उक्त उत्खनन कार्यलाई अबैध ठहर गरेको हो । छानविन समितिले अवैध रुपमा माटो चोरी निकासी गरिएको जग्गा कित्ता नं। ८० को १५ कट्ठा ४.५ धुर र बाँकी कित्ता नं. २४८, २४९ र १९७ का केही क्षेत्रफलबाट १९ हजार ८ सय ९० दशमलव ६७५ घनमिटर अवैध रुपमा उत्खनन भएको प्रतिवेदन सार्वजानिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै समितिले उक्त परिणामको अवैध माटो चोरी निकासी भएको ठहर सहित उक्त परिणामको माटो चोरी निकासी गर्ने सितारम कन्ट्रक...
उदयपुरमा सूचनाको हक कार्यान्वयन सम्बन्धमा सूचना अधिकारीबीच छलफल सम्पन्न

उदयपुरमा सूचनाको हक कार्यान्वयन सम्बन्धमा सूचना अधिकारीबीच छलफल सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा १९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सरकारी कार्यालयका सूचना अधिकारीहरूबीच सूचनाको हक कार्यान्वयन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार "सूचनाको हाम्रो अधिकार, सुशासन र विकासको आधार" भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रमको संयोजन जिल्ला हुलाक कार्यालयले गरेको थियो भने समन्वयन जिल्ला प्रशासन कार्यालयले गरेको थियो । कार्यक्रममा दुई वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो । पहिलो कार्यपत्र "सूचनाको हक, कानुनी व्यवस्था र सूचना अधिकारीको भूमिका" विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले प्रस्तुत गर्नुभएको थियो । दोस्रो कार्यपत्र "हुलाक सेवाको परिचय र सूचनाको हक कार्यान्वयनमा जिल्ला हुलाक कार्यालयको भूमिका" विषयमा हुलाक अधिकृत ललिता देवी खनालले प्रस्तुत गर्नुभएकी थिइन् । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ल...