उदयपुरमा सूचनाको हक कार्यान्वयन सम्बन्धमा सूचना अधिकारीबीच छलफल सम्पन्न
पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा १९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सरकारी कार्यालयका सूचना अधिकारीहरूबीच सूचनाको हक कार्यान्वयन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार "सूचनाको हाम्रो अधिकार, सुशासन र विकासको आधार" भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रमको संयोजन जिल्ला हुलाक कार्यालयले गरेको थियो भने समन्वयन जिल्ला प्रशासन कार्यालयले गरेको थियो ।
कार्यक्रममा दुई वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो । पहिलो कार्यपत्र "सूचनाको हक, कानुनी व्यवस्था र सूचना अधिकारीको भूमिका" विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले प्रस्तुत गर्नुभएको थियो । दोस्रो कार्यपत्र "हुलाक सेवाको परिचय र सूचनाको हक कार्यान्वयनमा जिल्ला हुलाक कार्यालयको भूमिका" विषयमा हुलाक अधिकृत ललिता देवी खनालले प्रस्तुत गर्नुभएकी थिइन् ।
कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ल...









