Monday, July 13News That Matters

Breaking News 1

गाईघाटमा  सुरु भयो लाखे नाच

गाईघाटमा सुरु भयो लाखे नाच

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । उदयपुरको गाईघाटमा लाखे नाच सुरु भएको छ । गाईघाट स्थित भगवती मन्दीर र राधाकृष्ण मन्दिरमा पुजा आजा सँगै लाखे नाच सुरु गरिएको हो । झिँगु नेवा पुँच उदयपुरको आयोजनामा सुरु भएको लाखेमा ६ ओटा वडाका नेवार समुदायहरुले भगवती मन्दीरबाट एकै साथ पुजाआजा गरी सुरु गरेको हो । ११ नं वडा गाईघाट, १० नं वडा बोक्से, ३ नं वडा मोतिगडा, ९ नं वडा गैरुन र १६ नं सिद्रेका नेवार समुदायहरुले लाखे सुरु गरेको छ । पछिल्लो समय त्रियुगा नगरपालिकामा नेवार समुदायहरुको वस्ती पहिचान गर्दै जाँदा नेवार समुदायहरुको जनघनत्व बढेको भन्दै बिभिन्न वडाहरुमा झिँगु नेवाँ पुच वडा कमिटी खडा गरिएको हो । सोही अन्तर्गत हाल १६ नं वडा थपेर छ ओटा वडाहरुले लाखे नाच मनाउँदै आएको झिगुँ नेवा पुँच उदयपुरका अनुसार नेवार वस्त वडाहरुलाई कमिटी गठन गरी आआफ्नै स्थानमा लाखे पर्व मनाउन सहज गरिएको जनाए । पहिले गाईघाटबाटनै सबै ठाउँ लाखे ...
पशुपालनका सफल दम्पतीलाई पालिका अध्यक्ष राईको सम्मान

पशुपालनका सफल दम्पतीलाई पालिका अध्यक्ष राईको सम्मान

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २४ साउन । उदपयुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले पालिकावासी सफल किसान दम्पतीलाई सम्मान गरेको छ । शुक्रबार राईले पालिका भवन परिसरमै बोलाएर सम्मान गरेको हो । किसानको उत्पादनलाई प्रोत्साहन स्वरुप कृषक गणेश खत्री र बिमला खत्री किसान दम्पतीलाई अध्यक्ष राईले सम्मान गरेको हो । किसानले कृषि र पशुपालनमा मेहनत नगरे सम्म उत्पादन नहुने र उत्पादन नभए सम्म मान्छेको प्राण, उद्यम ,व्यापार नचल्ने ब्यापार नभए रोजगारी र समृध्दि पनि नहुने भन्दै उत्पादनमुखी कामलाई प्रोत्साहन गर्नु पर्ने अध्यक्ष राइको भनाई छ । राईले समाजवादको जरानै किसान रहेको बताए । उनले किसानको आत्मा मनोबल उठ्यो भने मात्र समाज र गाउँको अर्थतन्त्र दरिलो र भरिलो बन्न सक्ने पनि जनाए । खत्री दम्पतीले दुहुना भैसी पालेर उत्पादन गर्नुका साथै आफ्नो जिविको पार्जनमा टेवा पुराएको छ ।...
आज जनै पूर्णिमा र रक्षा बन्धन

आज जनै पूर्णिमा र रक्षा बन्धन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । जनै पूर्णिमा हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व हो । श्रावणी पूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी यो पर्व मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपालको तराई क्षेत्रमा भने आजकै...
आज कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना

आज कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । आज बागमती सहित कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना रहेको छ । मौसमविद्हरूले दिउँसो कोशी र बागमती प्रदेशमा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागम...
उदयपुरमा ९ के.जी. गाँजा सहित एक जना पक्राउ

उदयपुरमा ९ के.जी. गाँजा सहित एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २२ । उदयपुरको बेलका नगरपालिका–१ आमबासी स्थितबाट ९ के.जी. लागुऔषध गाजाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका–३ मोरङ्गे टोल बस्ने ३५ बर्षीय शुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो साढेँ १ बजेको समयमा प्रहरी बिट आम्बासीबाट चेकिङमा खटिएको प्रहरी टोलीले रामपुर ठोक्सिलाबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक श्रेष्ठले झोलामा लुकाई छिपाई ल्याउदै गरेको गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसँगै चालक सहित सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।...
उदयपुरका प्रजिअ लुईटेलद्धारा सप्तकोशी नदी जोखिम क्षेत्रको स्थलगत निरिक्षण

उदयपुरका प्रजिअ लुईटेलद्धारा सप्तकोशी नदी जोखिम क्षेत्रको स्थलगत निरिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १९ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बेलका नगरपालिका आसपास सप्तकोशी नदी जोखिम क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ । केहिदिन यता बर्षा सुरु भएसँगै नदिमा पानिको बहाव बढेपछि सोमबार प्रजिअ लुईटेल नेतृत्वको टोलीले बेलकाको जोखिम क्षेत्र वडा नं. २, ३, ८ र ९ को कोशी तटिय क्षेत्रको स्थलगत निरिक्षण गरेको हो । प्रजिअ लुईटेलले जोखिम क्षेत्रको निरिक्षण गर्दै नदिको बहाब बढेर बस्तीतर्फ पस्ने खतरा देखिएमा तत्काल उद्धारका लागी सुरक्षाकर्मीहरु तयारी अवस्थामा राखिएको बताउनुभयो । विगत ७ बर्षदेखी कोशी नदीले धार परिवर्तन गरी पश्चिम तर्फ कटान गर्दै आईरहेको कारण बस्तीहरु ठुलो जोखिममा पर्ने सम्भावना रहेको भन्दै बस्ती वरिपरीका स्थानियहरुलाई सचेत रहन समेत आग्रह गरिएको छ । बेलका नगरपालिकाले सप्तकोशी नदीको पनि बस्ती तर्फ आउन नदिन विगतमा ठेक्का सम्झौता भएको नदि नियन्त्र...
उदयपुरमा मालवाहक गाडीले किचेर वृद्धको घटनास्थलमै मृत्यु

उदयपुरमा मालवाहक गाडीले किचेर वृद्धको घटनास्थलमै मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १९ । ट्राफिक प्रहरीले दुर्घटनाको उच्च जोखिम स्थलको रुपमा पहिचान गरी ब्ल्याक स्पर्ट नाम दिएको मदनभण्डारी राजमार्ग अन्तर्गत कटारी–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका–७ अँधेरी–जोगिटोल (तीन किलोमिटर सडक) मा ट्रक चालकले ज्यान गुमाएको चारदिन नवित्दै आज अर्को एकजनाले ज्यान गुमाएको छ । चिसो पेयपदार्थ बोकेको मालबाहक गाडीले किचेर स्थानीय ७२ वर्षिय टंकबहादुर लामिछाने मगरको मृत्यु भएको हो । सामानसहित गाईघाटतर्फ आउदै गरेको मालवाहक गाडीले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो । अर्का एकजना गम्भिर घाइते भएको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले घटनाको पुष्टि गर्दै विस्तृत वितवरण आउन बाँकी रहेको बताउनुभयो । यसअघि अनगिन्ति दुर्घटना हुने गरेको सो ठाउँमा साउन १५ गते प्र. १–०२–००१ ख ९२६० नम्बरको ट्रक पल्टिएर चालक ३५ वर्षिय जीवन वि.क. को मृत्यु भएको थियो ।...
मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाको पनि ऐकबद्धता

मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाको पनि ऐकबद्धता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईको आन्दोलनमा लिम्चुङबुङ गाउँपालिकाले पनि ऐकबद्धता जनाएको छ । आईतबार पालिकाको अध्यक्ष मेजर कुमार राईले बिज्ञाप्ती जारी गर्दै मेयर भट्टराईको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने भन्दै ऐकबद्धता जाहेर गरेको हो । भट्टराईले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको थियो । उक्त माग र अनसनलाई समर्थन पालिकाले बिज्ञाप्तीनै जारी गरेर भट्टराईको उक्त कार्यलाई समर्थन गर्ने जनाएको हो । यस अघि मात्रै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले पनि मेयर भट्टराईको आन्दोलनलाई ऐकबद्धता जनाएको थियो ।...
दिक्तेलका मेयर भट्टराईको आन्दोलनमा गाईघाटका मेयर वस्नेतको ऐकबद्धता

दिक्तेलका मेयर भट्टराईको आन्दोलनमा गाईघाटका मेयर वस्नेतको ऐकबद्धता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १८ साउन । खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको मेयर तिर्थराज भट्टराईको आन्दोलनमा त्रियुगा नगरपालिका गाईघाटका मेयर वसन्त वस्नेतले ऐकबद्धता जनाएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराई काठमाण्डौँको माईतिघर मण्डलामा अमरन अनसन बसिरहेको छ । उनले स्थानीय स्रोत साधनको उचित उपयोग गर्न पाउन माग गर्दै साउन ११ गतेबाट अमरन अनसन सुरु गरेको हो । उनले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको हो । उक्त माग र अनसनलाई समर्थन गर्दै मेयर वस्नेतले पनि ऐकबद्धता जनाएको हो । वस्नेतले प्रेस बिज्ञाप्तीनै जारी गरेको भट्टराईको उक्त कार्यलाई समर्थत जनाएको हो ।...
पत्रकार नेपली माथीको दुर्व्यवहारप्रति  महासंघ र सेन्टरको आपत्ति

पत्रकार नेपली माथीको दुर्व्यवहारप्रति महासंघ र सेन्टरको आपत्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ साउन । उदयपुरका पत्रकार राकेश नेपापली माथीको दुर्व्यवहारलाई लिएर नेपाल पत्रकार महासंघ उदयपुर र प्रेस सेन्टर उदयपुरले आपत्ति जनाएको छ । रास्वपा त्रियुगा नगर अधिवेशनको समचार संकलन गर्न गएका नेपाली माथी ‘रास्वपाकी नेतृ सरिन तामाङले अधिवेशन स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्नसमेत अअवरोध गरेको नेपालीको भनाई छ । उक्त घटनाप्रति महासंघ र प्रेस सेन्टर उदयपुरले घोर निन्दा गरेको छ । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीमाथि हुने यसप्रकारको अपमान र दुर्व्यवहारप्रति सेन्टर खेद प्रकट गर्दछ । कुनै पनि बहानामा पत्रकारलाई अपमान, दुर्व्यवहार गर्दै हतोत्साहित गर्नु र गराउनु प्रेस स्वतन्त्रतामाथिको ९खुल्ला र चुनौतीपूर्ण० प्रहार र प्रतिशोध हो भन्ने प्रेस सेन्टरको ठहर हो ।’ सेन्टरले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कानुनी कारबाही गरी सिंगो प्रेस जगतलाई पेसाप्रति प्रत्...