पत्रकार नेपली माथीको दुर्व्यवहारप्रति महासंघ र सेन्टरको आपत्ति
पूर्णपुष्टि, १८ साउन ।
उदयपुरका पत्रकार राकेश नेपापली माथीको दुर्व्यवहारलाई लिएर नेपाल पत्रकार महासंघ उदयपुर र प्रेस सेन्टर उदयपुरले आपत्ति जनाएको छ । रास्वपा त्रियुगा नगर अधिवेशनको समचार संकलन गर्न गएका नेपाली माथी ‘रास्वपाकी नेतृ सरिन तामाङले अधिवेशन स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्नसमेत अअवरोध गरेको नेपालीको भनाई छ । उक्त घटनाप्रति महासंघ र प्रेस सेन्टर उदयपुरले घोर निन्दा गरेको छ । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीमाथि हुने यसप्रकारको अपमान र दुर्व्यवहारप्रति सेन्टर खेद प्रकट गर्दछ । कुनै पनि बहानामा पत्रकारलाई अपमान, दुर्व्यवहार गर्दै हतोत्साहित गर्नु र गराउनु प्रेस स्वतन्त्रतामाथिको ९खुल्ला र चुनौतीपूर्ण० प्रहार र प्रतिशोध हो भन्ने प्रेस सेन्टरको ठहर हो ।’
सेन्टरले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कानुनी कारबाही गरी सिंगो प्रेस जगतलाई पेसाप्रति प्रत्...









