Friday, August 21News That Matters

Breaking News 1

त्रिनपा– २ को प्रारम्भिक मतगणनामा पहिलो मत एमालेलाई

त्रिनपा– २ को प्रारम्भिक मतगणनामा पहिलो मत एमालेलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । त्रियुगा नगरपालिका वडा नं. २ को पनि पहिलो २०० मत गणनाको परिणाम आएको छ । परिणाम अनुसार सो वडाबाट पहिलो मत एमालेलाई गएको छ । एमालेको प्रमुख पदका उम्मेदवार भागवत राउतलाई ७३ मत जाँदा काङ्ग्रेसका बसन्त बस्नेतलाई दोस्रो मत ६८ छ भने तेस्रो मत गठबन्धनतर्फका नेकपा एसका बलदेव चौधरीलाई ३८ मत छ । उपप्रमुखमा पनि एमालेकी महेश्वरी राईलाई पहिलो मत गएको छ । उनले ८१ मत पाउदा काङ्ग्रेसकी सरिता राईले दोस्रो मत ५९ पाएकी छिन् भने गठबन्धनतर्फकी माओवादी केन्द्रकी गिता खड्का कार्कीले २० मत पाएकी छिन् । सो वडाको प्रारम्भिक मतगणनाले त्यहाँ एमाले पहिलो, काङ्ग्रेस दोस्रो र गठबन्धन तेस्रो मत पाउनेमा देखाएको छ । वडा नं. १, वडा नं. १६ र वडा नं. २ को समग्र ८०० मतमा काङ्रग्रेसको प्रमुख र उपप्रमुख दुबै पदमा अग्रता देखिएको छ । समग्रमा प्रमुखमा कांग्रेस २७८ मतका साथ अग्रता, गठबन्धन २४२ मतका साथ दोस्रो...
त्रियुगा–१६ को मतले गठबन्धनले फड्को मार्यो, ३ मतले काङ्ग्रेसको अग्रता

त्रियुगा–१६ को मतले गठबन्धनले फड्को मार्यो, ३ मतले काङ्ग्रेसको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणनाको १६ नं. वडाको २०० मत गणनामा गठबन्धनतर्फको प्रमुखका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीले पहिलो मत पाएका छन् भने नेपाली काङ्ग्रेसका बसन्त बस्नेतले दोस्रो मत पाएका छन् । चौधरीले ९९ मत पाउदा बस्नेतले ४४ मत पाएका छन् । एमालेका भागवत राउत २९ मतका साथ तेस्रो स्थानमा छन् । वडा नं. १ मा भने ४०० मतगणना हुँदा काङ्ग्रेसले पहिलो, गठबन्धनले दोस्रो र एमालेले तेस्रो नै मत पाएको छ । काङ्ग्रेसको बस्नेतले १६३ पाउदा गठबन्धनका चौधरीले १०५ पाएका छन् भने एमालेको राउतले ५६ मत पाएका छन् । समग्रमा १ नं. र १६ नं. को एकमुष्ट ६०० मतमा प्रमुख पदमा काङ्रग्रेस २०७, गठबन्धन २०४ र एमाले ८५ मतमा रहेका छन् । गठबन्धनभन्दा ३ मतअन्तरले काङ्ग्रेस अग्रस्थानमा छ । एमाले तेस्रो स्थानमा रहेको छ । उपमेयरतर्फ १६ नं. वडाले गठबन्धनतर्फकी नेकपा (माओवादी केन्द्र...
त्रियुगा–१ को २०० मत गणनामा काङ्ग्रेसको अग्रता

त्रियुगा–१ को २०० मत गणनामा काङ्ग्रेसको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० । त्रियुगा नगरपालिकाको मतगणनाको सुरुवातमा नेपाली काङ्ग्रेसको अग्रता देखिएको छ । पहिलो २०० मत गणनाको परिणाम अनुसार नगरको प्रमुख पदमा नेपाली कांग्रेसको बसन्त बस्नेतको ८८ मत, गठबन्धनतर्फ नेकपा (एस) को बलदेव चौधरीको ४७ र नेकपा एमालेको भागवत राउतको ३१ मत प्राप्त भएको छ । उपप्रमुखमा पनि काङ्ग्रेसकै अग्रता छ । काङ्ग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईको ७४, एमालेकी महेन्वरी राईको ३९ र गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)की गिता खड्का कार्कीको १४ मत आएको छ । स्वतन्त्र प्रमुख पदका उम्मेदवार चित्रकुमार कार्कीको २ र जसपाकी प्रमुख पदकी उम्मेदवार मन्जु राईको १ मत आएको छ । उपप्रमुखमा जसपाको विनोदकुमार चौधरीको ६ र स्वतन्त्र उम्मेदवार सावित्रा थापाको ४ मत आएको छ । थापा नेकपा (माके) को बाघी उपप्रमुख उम्मेदवार हुन् । वडाध्यक्षमा पनि काङ्ग्रेसको नै अग्रता छ । काङ्ग्रेसको मनोजकुमार चौधरी...
त्रियुगाको १६ वटा वडामा कहाँ, कति मत गनिदैछ ?

त्रियुगाको १६ वटा वडामा कहाँ, कति मत गनिदैछ ?

Breaking News 1
पूर्णपुष्टि, जेठ १० । त्रियुगा नगरपालिकामा १६ वटा वडामा ४० हजार १७९ खसेको मत खसेको छ । नगरको सबैभन्दा बढि मत वडा नं. ११ र ६ मा खसेको छ । वडा नं. ११ मा ३,५३६ मत खसेको छ भने वडा नं. ६ मा पनि त्यतिनै मत खसेको छ । सबैभन्दा कम मत वडा नं. १४ साउनेमा खसेको छ । सो वडामा १३१० मत खसेको छ । मतदानमा विवादित रहेको वडा नं. १२ मा खसेको १,७२५ मत नै गणना गर्ने भएको छ । त्यसैगरी त्रियुगा नगरपालिका वडा नं १ मा १,९४८ मत खसेको छ भने वडा नं. २ मा २,७९४, वडा नं. ३ मा ३,३३८, वडा नं. ४ मा २,५६२, वडा नं. ५ मा ३,०१३ मत खसेको छ । त्यस्तै वडा नं. ७ मा २,९३४, वडा नं. ८ मा २,४४१ मत खसेको छ । वडा नं. ९ मा २,१८६, वडा नं. १० मा ३,०४९, वडा नं. १२ मा १,७२५, वडा नं. १३ मा २,५३५, वडा नं. १५ मा १,७६५ र वडा नं. १६ मा १,४७७ मत खसेको जिल्ला निर्वाचन कार्यलय उदयपुरले जनाएको छ । समग्र मत मध्ये हाल वडा नं. १ र १६ देखि सुरु गरिएक...
त्रियुगाको १ नं. वडासँगै १६ नं. वडाको पनि मतगणना सुरु

त्रियुगाको १ नं. वडासँगै १६ नं. वडाको पनि मतगणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा निर्वाचन भएको १२ दिन पश्चात मतगणना आजबाट धमाधम सुरु भएको छ । साढे १० बजेबाट गणना सुरु गरिने भनिएकोमा मत गणना कार्य १ बजे देखि त्रियुगाको १ नं. वडाबाट सुरु भएको हो । १ नं. वडा सँगै वडा नं. १६ को मतगणना पनि सुरु गरिएको छ । प्रत्येक ३ सय मत गणना गरे पश्चात मात्रै परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । त्रियुगाको वडा नं. १ को पहिलो ३ सय मतगणनाको परिणाम केहिबेरमै सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।...
आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै बेलाकाका दुई माओवादी नेताले दिए राजिनामा

आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै बेलाकाका दुई माओवादी नेताले दिए राजिनामा

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ १० बेलका नगरपालिकामा २ जना माओवादी युवा नेताद्धारा राजिनामा बुझाएको छ । नगरको ९ नं वडाका भरत घिमिरे र ४ नं वडाका ललित राईले आफ्नो वडाहरुमा पार्टी बाट बनेका उम्मेदवारलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा आफुहरुले राजिनामा दिएको प्रेश विज्ञाप्तीमा उल्लेख गरेको छ ।घिमिरे पार्टीको नगर कमिटी सचिव हुन भने राई नगर प्रवक्ता एवं नगर कार्यसमिति सदस्य राई हुन् । उनीहरुले पार्टीको जिम्मेवारी छोडेको जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । घिमिरेको गृहवडा ९ र राईको गृहवडा ४ मा माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले जित्न सकेनन् । वडा नम्बर ४ नै घर भएका माओवादी नगर कमिटी अध्यक्ष मनोज तामाङले उपमेयरमा हारेका छन् । यसपालिको स्थानीय चुनावमा माओवादी केन्द्रले बेलका नगरपालिकामा ७ र ८ नम्बर वडा जितेको छ ।...
मेयर साम्पाङको अनुरोध, मिडियाकर्मी जनताको कान आखाँ दुवै हो, निष्पक्ष सूचना धरानवासीको घरघरमा पुराईदिनु होला

मेयर साम्पाङको अनुरोध, मिडियाकर्मी जनताको कान आखाँ दुवै हो, निष्पक्ष सूचना धरानवासीको घरघरमा पुराईदिनु होला

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १० तत्कालै नवनिर्वाचित धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका संञ्चाकर्मीहरुलाई सत्य तथ्य निष्पक्ष सूचनाहरु धरानवासीको घरघर पुराईदिन अनुरोध गरेका छन । मेयर राईले आफ्नो पदभार ग्रहणका क्रममा उपस्थित पत्रकारहरुलाई यस्तो अनुरोध गरेका हुन् । राईले संञ्चारकर्मीहरु जनता र धरानवासीहरुका लागि कान र आँखा दुवै भएका हुनाले उपमाहानगरमा भएका निष्पक्ष कामहरुको सत्यतथ्य सूचना धरानवासीहरुमा पुराउन अनुरोध गरे । उनले आफ्नो पदभार ग्रहण सँगै धरानको करको अवस्था अध्यन टोली निर्माणको क्रममा उपस्थित सम्पूर्ण व्यक्ति, प्रशासकीय अधिकृत, उपमेयर लगायत सम्बन्धित व्यक्तिहरुलाई धन्यवाद दिँदै उपस्थिति संञ्चारकर्मीहरुलाई निष्पक्ष सूचना संप्रेशन गरी धरानका कामहरुलाई सहयोग गरिदिन अनुरोध गरे । राईले जुनजुन पार्टीमा आस्था रहेपनि धरानको समग्र विकासलाई जोडदिन सबैको सकरात्मक सहयोगको आवश्यक रहेको...
त्रियुगामा १ नं वडाबाट मतगणना सुरु

त्रियुगामा १ नं वडाबाट मतगणना सुरु

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ १० त्रियुगामा मतदानको लामो समय पछि मतगणना सुरु भएको छ । बैशाख ३० मा भएको मतदान १२ नं वडा लफडाको कारण रोकिएका थिए । सोही बेलाका मत गणना मंगलबार १ बजेबाट बोक्से स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरु गरिएको छ । मतगणना १ नं वडाबाट सुरु गरिएको छ । उक्त वडामा झण्डै एक हजार बराबर मत खसेको छ ।...
हलेसी तुवाचुङमा ९ जनप्रतिनिधिले लिए चाम्लीङ भाषामा सपथ

हलेसी तुवाचुङमा ९ जनप्रतिनिधिले लिए चाम्लीङ भाषामा सपथ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १० खोटाङको हलेसीमा ९ जना जनप्रतिनिधिहरुले चाम्लीङ भषामा सपथ लिएको छ । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् । उनिहरुले आफ्नो मातृ भाषामै पद तथा गोपनीयताको शपथ लिएका हुन् । चाम्लिङ राई समुदायका जनप्रतिनिधिले नवनिर्वाचित वडा सदस्य गमिताको संयोजनमा मातृ भाषामा शपथ लिएका हुन् । मातृ भाषाको सम्मान र पहिचानका लागि पद तथा गोपनीयताको शपथका क्रममा चाम्लिङ भाषा प्रयोग गरिएको वडा सदस्य गमिता राईले बताइन् । मेयर राईले नेपाली भाषामा शपथ खुवाए पनि चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो भाषामा शपथ खाएका थिए । चाम्लिङ भाषी जनप्रतिनिधिले आफ्नो मातृ भाषामा शपथग्रहणको ढाँचा तयार पारेर नगरपालिका पुगेका थिए । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हले...
त्रियुगामा आज साढे १० बजेबाट मतगणना गरिने

त्रियुगामा आज साढे १० बजेबाट मतगणना गरिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १० गते । उदयपुरको त्रियुगा नगरपालिकामा स्थगित भएको मत गणना आज ‐मंगलवार) बाट गरिने छ । त्रियुगाको १२ नं. वडामा भएको विवादका कारण त्रियुगामा स्थगित भएको गणना आज १०ः३० बाट सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको निर्णय अनुसार स्थानीय तहको निर्वाचन वैशाख ३० गतेमा भएको मतदानको मतगणना आजबाट गरिने छ ।...