Tuesday, August 25News That Matters

Breaking News 1

उदयपुरको बेलकामा बेलोरोको ठक्कर बाट मोटरसाईकल चालक रामचन्द्र राईको मृत्यु

उदयपुरको बेलकामा बेलोरोको ठक्कर बाट मोटरसाईकल चालक रामचन्द्र राईको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ बुधबार बेलका नगरपालिका ९ खार खोला स्थित बोलेरोले मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईकल चालक रामचन्द्र राईको मृत्यु भएको छ । मदनभण्डारी राजमार्गमा पर्ने सो सडकमा प्रदेश नं. १–०२–००२च ४८७४ नं.को बोलेरो गाडीको ठक्करबाट स४ प ९१०५ नं.को मोटरसाईकल चालक बेलका –२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । दुर्घटनाबाट सख्त घाइते भएका राईको धरान स्थित घोपा क्यामपमा उपचारकैक्रममा दिउँसो १ः३० बजे निधन भएको प्रहरीले जनाएको छ । बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...
मुन्धुमविद् गडुलमान राईको निधन

मुन्धुमविद् गडुलमान राईको निधन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ लामो समय देखि क्यान्सर पिडित किराँती मुन्धमविद् गडुलमान राईको निधन भएको छ । राईको ७३ बर्षको उमेरमा निधन भएको हो । परिवार स्रोतले बताए अनुसार राईको बुधबार उपचरको क्रममा भक्तपुरमा मृत्यु भएको जनाएको छ । उनीद्वारा लिखित राई समूदायमध्ये चाम्लिङ राईको जन्मदेखि निधनसम्मको संस्कार समेटिएको ‘किरात संस्कार’ (चाम्लिङ÷नेपाली) पुस्तक, ‘चाम्लिङ–नेपाली प्रयोगात्मक शब्दसंग्रह’ प्रकाशित भएका छन् । यसैगरी चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकसमेत लेखेका छन् । मुन्दुमविद् राईले कक्षा १ को नेपाली पाठ्यपुस्तकहरु गणित, विज्ञान, स्वास्थ्य, शारीरिक, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयलाई चाम्लिङ भाषामा अनुवादसमेत गरेका छन् । उनको यस्तो योगदानको कदर गर्दैै किरात राई यायोक्खाले ‘छत्र–विष्णु राई कृति सम्मान–२०६४’, नेपाल प्रज्ञा प्रतिष्ठानले ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुर...
झापाको छुट्टा छुट्टै स्थान बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

झापाको छुट्टा छुट्टै स्थान बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ झापाको दमक(१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा भद्रपुर(७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर(९ का ४९ बर्षीय दिल बहादुर राई, भद्रपुर(१० का ५० बर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड(१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई(३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन । यसै गरी भाmपाकै गौरादह(५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका(४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक(७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे रहेका छन । यस्तै बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे(१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान(४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान(५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान(६ का ४४ बर्षीय रुपेश तामाङ रह...
उदयपुरका नेता डा. नारायण खड्कालाई सरकारको परराष्ट्रमन्त्रीमा नियुक्ती गर्ने

उदयपुरका नेता डा. नारायण खड्कालाई सरकारको परराष्ट्रमन्त्रीमा नियुक्ती गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ उदयपुरबाट केन्द्रीय सांसदमा जितेका नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई सरकारले परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा. खड्कालाई परारष्ट्रमन्त्री बनाउने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो । ‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धन स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’ परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि विग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको ...
उदयपुरमा काँग्रेस वडासभापति राईको अबैध काठबाट बनाएको फर्निचरको सामान बरामद

उदयपुरमा काँग्रेस वडासभापति राईको अबैध काठबाट बनाएको फर्निचरको सामान बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ५ उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सुकौरा बाट अबैध सखुवाको काठबाट बनेको बिभिन्न फर्निचरको सामानहरु पक्राउ परेको छ । ति सामानहरु त्रियुगा नगरपालिका वडा नं १६ का काँग्रेस वडासभापति लोक वहादुर राईको रहेको खुलेको छ । खाँबु सब डिभिजन बन कार्यालय उदयपुरका बन अधिकृत दिलिप कुमार चौधरीका अनुसार काठ सुकौरा प्रहरी चौकीको गस्ति टोलिले पक्राउ गरेको जनाएको छ । पक्राउ परेको काठको सामानहरुमा पाँच थान ढोकाको चौकस र छ थान झ्यालको चौकस रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्ररही नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । डिएसपी गौतमका अनुसार अहिले पक्राउ परेको बाँस र काठको सामानहरु छलफलको लागि डिभिजन बन कार्यालय उदयपुर गाईघाटमा झिकाईएको छ । पक्राउ परेको सामानहरु त्रियुगा नगरपालिका ५ देउरी स्थित बालुटार लाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । काठ बाँसले छोपेर ट्या...
नर्स पढीरहेकी युवतीलाई अमेरिकाको नक्कली भिसा  देखाई बिवाह गर्ने उदयपुरका एक युवा फक्राउ

नर्स पढीरहेकी युवतीलाई अमेरिकाको नक्कली भिसा देखाई बिवाह गर्ने उदयपुरका एक युवा फक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ५ अमेरिकाको नक्कली भिसा देखाएर बिभिन्न प्रलोवनमा पारी युवती विवाह गरेको आरोपमा उदयपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । नक्कली भिसा देखाएर अमेरिका लैजाने भन्दै ललाई फकाई विवाह गरेको आरोपमा रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोलीलाई प्रहरीले पक्राउ गरेको हो । ढोलीले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेको बारे प्रहरीमा उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए । प्रहरीका अनुसार उनले थर समेत लुकाएर युवती विवाहमा सक्रिय रहेको खुलेको जनाएको छ । दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ । (डिएसपी) गौतमले केटीका आफन्तले केटो कार्की नभएर दलित भित्रको कार्की ढोली भएको थाहा प...
नेकपा (एकीकृत समाजवादी) बाध्यता होइन, ऐतिहाँसिक आवश्यकता हो ः ईन्चर्जा बस्नेत

नेकपा (एकीकृत समाजवादी) बाध्यता होइन, ऐतिहाँसिक आवश्यकता हो ः ईन्चर्जा बस्नेत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं प्रदेश ईन्चार्ज तथा केन्द्रिय सदस्य घनेन्द्र बस्नेतले पार्टी बिभाजन अवस्था नभई यो ऐतिहाँसिक आवश्यकता रहेको बताए । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आएका बस्नेतले होटल कोबहरमा पत्रकार सम्मेलमा बोल्दै अहिले पछिल्लो राजनितिक घटनाका चर्चा र भ्रम बारे (एकीकृत समाजवादी) पार्टीलाई अवस्थाले जन्माएको भनिरहे पनि आफुलाई भने बिल्कुलै त्यस्तो नलागेको बताए । कम्युनिष्टहरुको योगदान र खराब कम्युनिष्टहरुको पत्तासाफको लागि एकीकृत समाजवादी वास्तावमै ऐतिहाँसिक आवश्यकता रहेको उनले ब्याख्या गरे । बस्नेतले कम्युनिष्ट भनेको मजदुर, किसान, श्रमिक र नेपाली जनताहरुको हितमा हुनु पर्ने बताए । उनले भने” हाम्रो नारानै संसारभरीका श्रमीकहरु एक हौँ” भन्ने छ, कयौँ कम्युनिष्टहरु पुँजीवाद र अवसरवादका कारण कम्युनिष्टको नाममा मात्रै सिमत रहेको बताए । पछिल्...
संखुवासभा सामुहिक हत्याका मुख्य योजनाकार सहित ३ जना पक्राउ

संखुवासभा सामुहिक हत्याका मुख्य योजनाकार सहित ३ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ४ संखुवासभामा भएको सामुहिक हत्या काण्डका मुख्य योजनकारलाई प्रहरीले पक्राउ गरेको छ । हत्या काण्डको मुख्य योजनाकार लाल बहादुर कार्कीका छोरा ४७ बर्षिय खड्ग बहादुर कार्की सँगै अन्य तिन जनालाई प्रहरीले सोमवार सार्वजानिक गरेको छ । अन्य तिन जना खड्ग बहादुरकै २८ बर्षिय छोरा हस्त बहादुर कार्की, लाल बहादुर कार्कीको छोरा ३९ बर्षिय रण बहादुर कार्की र रण बहादुर कार्कीको छोरा १७ बर्षिय रोशन कार्की रहेको छ । यस अघिनै लोक बहादुर कार्कीलाई भने प्रहरीले सार्वजानिक गरिसकेको छ । संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेका...
उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने  सम्भावना छ ः राई

उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने सम्भावना छ ः राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश नं १ मा नेकपा (एकीकृत समाजवादीको नेतृत्वमा मुख्यमन्त्री बन्ने प्रवल सम्भावना देखिएको जनाउनुभयो । उदयपुरमा पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै नेता राईले हालको मुख्यमन्त्री भिम आचार्यलाई ४७ मत विश्वासको मत नपुग्ने भन्दै अब बन्ने मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने बढी सम्भावना रहेको बताउनुभयो । माथी केन्द्रमा पनि एक खालको सहमतीहरु जुटिरहेको छ, हामिले प्रदेश नं ३ र १ को मुख्यमन्त्रीको जिम्मेवारी पाउने प्रवल सम्भावना छ, नेता राईले भने,” उहाले भन्नुभयो, केन्द्रमा निर्णय भए अनुसार सात प्रदेश मध्ये कांग्रेस माओवादीले दुइृदुई ओटा र जसपाले एउटा मुख्यमन्त्री लिने बाँकी दुईटा नेकपा एकीकृत समाजवादीले पाउने एक किसिमको निर्णय भएको छ । र...
नेकपा (एकीकृत सामजवादी पार्टीको) कार्यकर्ता जिल्ला भेला गाईघाटमा सम्पन्न

नेकपा (एकीकृत सामजवादी पार्टीको) कार्यकर्ता जिल्ला भेला गाईघाटमा सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ३ नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला भेला गाईघाटमा भव्यताका साथ सम्पन्न भएको छ । पाटी गठन पछि पहिलो चोटी उदयपुरमा जिल्ला भेलाको आयोजना गरिएको थियो । जिल्ला भरीकै बिभिन्न पालिकाहरु बाट ठुलो संख्यामा कार्यकर्ता भेला भएको थियो ।नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी उदयपुरको आयोजनामा पार्टी प्रवेश तथा कार्यकर्ता भेलाको कार्यक्रम राखिएको थियो । कार्यकर्ता भेला कार्यक्रममा नेकापा (एस) का केन्द्रीय सदस्य लगायतका नेताहरुले सम्वोधन गरेका थिए । पार्टीका प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य घनेन्द्र बस्नेतको प्रमुख अतिथिमा केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडा, पार्टीका प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।...