बगाहामा छैठौँ वडा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा राईटोल विजयी
सुनिल राई, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । शनिबार बगाहाको खेल मैदानमा भएको उद्घाटन खेलमा राईटोल फुटबल क्लब (राईटोल) ले टाईब्रेकरमा सनराईज फुटबल क्लब (शिवशक्ति टोल) लाई ४–३ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलको ४१ औ मिनेटमा जर्सी नं. ६ का मनोज बस्नेतले गोल गर्दै सनराईजलाई आग्रता दिलाएका थिए भने खेलको अन्तिम औँ मिनेटमा जर्सी नं. ११ का अबिनव राईले राईटोलका लागी बराबरी गोल गरे ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएसँगै ट्राईबेकरमा पुगेको खेलमा राईटोलका ४ खेलाडीले गोल गरे भने सनराईजका ३ खेलाडीले गोल गरे । यस खेलको म्यान अफ द म्याच राईटोलका गोल रक्षक निलम राई बने । उनलाई प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष बद्रि बस्नेतले मेडल, फ्लेक्स र नगद हस्ताण्तरण गरेका थिए ।
यस प्रतियोगिताको विजेताले ट्र...









