https://youtu.be/_mikweGBCNE
उदयपुर क्षेत्र नम्बर -२ लिम्चुङ्गबुङ गाउँपालिकाको वडा नम्बर - ४ बलम्ताका वडाबासीहरूको माग र आवश्यकता के के छन् ?संघीय प्रतिनिधि सभा सदस्यले सुन्नुपर्ने बुझ्नुपर्ने र गरिदिनुपर्ने कुराहरु के के हुन् । वडाध्यक्ष छत्र बहादुर राईसँग कुराकानी गरिएको छ ।
https://youtu.be/6sFfBCrvJcE
पूर्णपुष्टी/उदयपुर, माघ १२।
आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था...
पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २६ बर्षीय सविन राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डएसपी) केदारमान दोङका अनुसार आइतबार ३ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ आउदै गरेको बा ९५ प ६२९१ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक राईको साथबाट लागुऔषध फेला परेको हो ।
राईको साथबाट डाइजेपाम–५० एम्पुल, फेनारगन–५० एम्पुल, ब्रुपिनोर्फिन–५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र २ थान सिरिन्ज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
९ माघ, २०८२ । उदयपुर
उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् ।
चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् ।
क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् ।
राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ ।
पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे ।
पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...
पूर्णपुष्टि, गाईघाट/ माघ २ गते ।
उदयपुरको गाईघाटमा किरात समुदायहरुले यल संवत २०८६ मनाएको छ । बिहिबार गाईघाट स्थित मेन चोकमा यल संवत २०८५ को अवसरमा दिप प्रज्वलन गरिएको हो । किरात राजा यलम्वरको सम्झनामा हरेक बर्ष माघ १ गतेको दिन यो संवत मनाईन्छ । किरात राई यायोख्खा त्रियुगा नगर समिति र ११, १२ र १३ नं वडाको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । उक्त संवतलाई किरात राई समुदायहरुले हरेक बर्ष मनाउँदै आएको छ । किरात समुदायको मौलिक र रैथाने संवतको रुमा गर्भका साथ यस संवतलाई मनाईन्छ । यो संवतलाई सरकारले व्यवास्था गरेको कारण ओझेलमा परेको भन्दै मौलिक संवतलाई सम्मान र प्रयोगमा ल्याउनु पर्ने माग छ । किराती अगुवाहरुको अनुसार महेश पाल वंशको अन्तिम राजा भुवन सिंहलाई पराजय गरी राजा यलम्वरले त्योबेलाको यालाखोमा अर्थात काठमाण्डौँमा राज्य सुरु गरेको संवत लाई नै यल संवत भनिन्छ ।
...