१० दिन देखि बृद्ध बेपत्ता
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २८ ।
मोरङको विराटनगर महानगरपालिका –४ का ६८ वर्षिय कनकबहादुर थापा दशदिनदेखि बेपत्ता भएका छन् ।
घरबाट मसिर २ गतेतिर नाताकाेमा जाने भन्दै हिडेका उनी गत मंसिर १८ गते दिउसो उदयपुरको बेलका नगरपालिकाको रामपुर स्थित बेलका रिसोर्ट छेउमा देखा परेको जानकारी परिवारले पाएको छ । देखिएको आधा घण्टा पछिबाट उनको मोवाइल अफ रहेको र मानिस बेपत्ता रहेको परिवारले जनाएको छ । खोजीतलासीमा लागेको परिवारले प्रहरीमा हुलीया दिइसकेको बेपत्ता बृद्धका ज्वाई प्रतिक दवाडीले जानकारी दिए । परिवारले देखा परेको रामपुर आसपासमा ब्यापक खोजि गरिरहेको भएपनि अझै फेला पार्न नसकेको जनाएको छ ।...









