बाबा बेनी सैलुनले अपाङ्गता र दृष्टी विहिनलाई निशुल्क सेवा प्रदान गर्ने
पूर्णपुष्टि, २५ साउन ।
गाईघाटमा रहेका बाबा बेनी हेन्सम पार्लर (सैलुन) ले अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको छ । गाईघाट स्थित असारी लाईन निलो पुल नजिक रहेको उक्त सैलुनले अबको समयबाट भने अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको हो । एकीकृत समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटी अध्यक्ष समेत रहेका सैलुन संञ्चालक सुभनारायण ठाकुर (बेनी) ले असक्त र अपाङ्गताहरुको सेवालाई प्रभावकारी बनाउन यो सेवा प्रदान गरेको जनाए । समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटीको पहलमा उक्त सेवा प्रदान गर्न लागिएको ठाकुरको भनाई छ ।
खुसिलाल पोलिक्लिनिकमा ५० प्रतिशत छुट ६० नाघेकाहरुको निशुल्क चेकजाँच
यो सँगै खुसिलाल पोलिक्लिनिक गाईघाटले पनि अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिनहरुलाई ५० प्रतिशत छुटमा चेकजाँचको सेवा प्र...









