दुर्घटनाको केन्द्र उदयपुरमा कसरी संञ्चालन भैरहेको छ ट्राफिक सप्ताह ?
पूर्णपुष्टि, ७ असार ।
उदयपुरमा शुक्रबारदेखी प्रारम्भ भएको ट्राफिक सप्ताहको आज दोस्रो दिन सवारी अनुगमन, प्रतिस्पर्धा रहित यात्रा, मोवाईल फोन प्रयोगबारे सचेत र सायरी मुक्त सवारी मुख्य रहेको छ । यस अन्तर्गत सवारी साधनमा लेखिएको सायरी हटाउने अभियान संञ्चालन गरिएको छ । यता सवारीहरुको अवस्थाको अनुगमन गरिनुका साथै यात्रा अबधिभर मोवाईल फोनको प्रयोग नगर्न पनि यात्रुहरुलाई सचेत गराईएको छ भने सवारी चलाउँदा प्रतिस्पर्धाको रुपमा चलाउनु नहुने भन्नेबारे पनि सचेत गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट खटिएको ट्राफिक प्रहरी टोलीहरुले बिहानै बाट सडकमा दोस्रो दिनको कामलाई तिव्रता दिएको छ । एक हप्ता सम्म संञ्चालन हुने उक्त कार्यक्रम हरेक दिन फरक फरक हुनेछ ।
सप्ताहको तेस्रो दिन भने तिन पाङ्ग्रे सवारी साधन इ रिक्सा र अटोहरुको अनुगमन तथा प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत तीन प...









