कांग्रेस निर्वाचित भएको त्रियुगा १२ मा माओवादीको सानदार जित
पूर्णपुष्टि, १७ मंसिर ।
७९ को निर्वाचनमा कांग्रसले जितेको त्रियुगा १२ मा माओवादीले सानदार जित निकालेको छ । त्रियुगा १२ मा वडा अध्यक्ष पदका लागि आईतबार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईले जित हाँसिल गरेको हो । राई ७९ को निर्वाचनमा पनि माओवादीबाट अध्यक्ष पदको उम्मेदवार थिए । तर त्यो समय तेस्रो भएका उपनिर्वाचनमा सानदार जित निकालेको हो । राईले आफ्नो प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीलाई ३१५ मतको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो ।
३८४७ मतदाता रहेको उक्त वडामा २५२७ मत खसेका थिए । उक्त मतबाट राईले ९२३ मत ल्याउँदा प्रतिद्धन्दी चौधरीले ६०८ मात्रै मत प्राप्त गरे । यता कांग्रेस उम्मेदवार रहेका संजिव काफ्ले ३५९ मत मै सिमित भए भने एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, रास्वपाका धुर्व प्रसाद पोखरेलले २०२, राप्रपाका उम्मेदवार लालवावु श...









