दिप प्रज्वलन गरी गाईघाटमा २४ औँ जनमुक्ति सेना स्थापना दिवस मनाईयो
पूर्णपुष्टि, ९ मंसिर ।
जनमुक्ति सेना स्थापनाको २४ औँ बर्ष पुरा भएको छ । जनआन्दोलमा माओवादीले आफ्नै सेना खडा गरेर शसस्त्र जनयुद्ध लडेका थिए । सोही अवसरमा जनमुक्ति सेना खडा गरेको २४ औँ बर्ष पुगेको भन्दै देशैभरी जनमुक्ति सेना नेपालले दिप प्रज्वलन गरेको हो । सोही अवसरमा शनिवार साँझ गाईघाट स्थिति पिपलचोकमा जनमुक्ति सेनाहरुले दिप प्रज्वलन गरेको हो । कार्यक्रममा माओवादी नेताहरुको उपस्थित थियो ।
माओवादी नेता ता कोशी प्रदेश सांसद समेत रहेकी सम्झना तामाङले जनयुक्त सफल बनाउन ठुलो शक्तिको रुपमा रहेको जनमुक्ति सेनाको लोकतन्त्र निर्माणमा ठुलो योगदान र सहयोग रहेको जनाईन् । आज देशमा लोकतन्त्र सँगै स्वतन्त्र दुवै जनताले प्रयोग गर्न पाएको भन्दै यो दिवस निकै खुसीको दिवस रहेको तामाङले जनाईन् । यसैगरी अर्का माओवादी नेता तथा सांसद नारायण बुर्जा मगरले जनमुक्ति सेना स्थापना दिवसलाई शुभकामना व्यक्त गर्दै अ...









