Monday, July 13News That Matters

Breaking News 3

माओवादी मजदुर पार्टीद्धारा श्रमदान मार्फत अस्थायी पुल निर्माण

माओवादी मजदुर पार्टीद्धारा श्रमदान मार्फत अस्थायी पुल निर्माण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ । माओवादी मजदुर पार्टीले त्रियुगा नगरपालिका–३ मोतिगडाको फुलचोकस्थित खहरे खोलामा अस्थायी बाँसको पुल निर्माण गरेको छ । माओवादी मजदुर पार्टीका केन्द्रिय तदर्थ समितिले स्थानीयबासीलाई बर्षातको समयमा खोला तर्न समस्या भएको भन्दै श्रमदान मार्फत पुल निर्माण गरेको पार्टीका महासचिव हिमाल सिंह राईले बताएका छन् । उनका अनुसार पार्टीको नेता, कार्यकर्ता र स्थानीयबासिको सहयोगमा पुल निर्माण गरिएको हो । माओवादी मजदुर पार्टीद्धारा वृक्षारोपण माओवादी मजदुर पार्टीेले त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित सगरमाथा टोलमा वृक्षारोपण समेत गरेको छ । गत शुक्रबार चोमोलुङ्मा साहित्य परिषद्सँगको सहकार्यमा चिउरी, अमला, सल्ला र निमपत्ताको २५ वटा बोट रोपिएको महासचिव राईले जानकारी दिए । उनका अनुसार साहित्य परिषद्को अध्यक्ष सम्झना असफल राइको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।...
दुर्घटनामा घाईते बागचौरीका सफल ६० हजार आर्थिक अभावले घरमै थन्किए, सहयोगको अपिल

दुर्घटनामा घाईते बागचौरीका सफल ६० हजार आर्थिक अभावले घरमै थन्किए, सहयोगको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २५ साउन । दुर्घटनामा घाईते त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीका १३ बर्षिय सफल परियार आर्थिक अभावले घरमै थन्किन बाध्य भएको छ । असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि घम्भीर घाईते भए । घाईते सफललाई चुहाडेकै एक मेडिकलमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि घाईकोघाटको दिपेश मेडिकलमा पठाईयो । दिपेश मेडिकलले पेटमा पानी जमिएको भन्दै जिल्ला पठायो । जिल्लाले पनि पेटमा पानी जमिएकै बताए । बिरामीको छटपटीका कारण जिल्लाले पनि उक्त केश नसक्ने भन्दै बाहिर रेफर गर्यो । जिल्लाको रेफर पश्चात सफललाई बिराट टिचिङ पुराईयो । त्यहाँ पनि पानी जमिएकै पक्ता लागेपछि अप्रेशन गर्नु पर्ने अस्था आयो । आन्द्रामा असर पर्ने भन्दै अस्पिटलले तत्काल अप्रेसनका लागि सफलको परिवारलाई सुझायो । आर्थिक विपन्न परिवारलाई सफलको अप्रेसन गर्न स...
बाबा बेनी सैलुनले अपाङ्गता र दृष्टी विहिनलाई निशुल्क सेवा प्रदान गर्ने

बाबा बेनी सैलुनले अपाङ्गता र दृष्टी विहिनलाई निशुल्क सेवा प्रदान गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ साउन । गाईघाटमा रहेका बाबा बेनी हेन्सम पार्लर (सैलुन) ले अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको छ । गाईघाट स्थित असारी लाईन निलो पुल नजिक रहेको उक्त सैलुनले अबको समयबाट भने अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहिन व्यक्तिहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको हो । एकीकृत समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटी अध्यक्ष समेत रहेका सैलुन संञ्चालक सुभनारायण ठाकुर (बेनी) ले असक्त र अपाङ्गताहरुको सेवालाई प्रभावकारी बनाउन यो सेवा प्रदान गरेको जनाए । समाजवादी युवा संघ नेपाल त्रियुगा नगर कमिटीको पहलमा उक्त सेवा प्रदान गर्न लागिएको ठाकुरको भनाई छ । खुसिलाल पोलिक्लिनिकमा ५० प्रतिशत छुट ६० नाघेकाहरुको निशुल्क चेकजाँच यो सँगै खुसिलाल पोलिक्लिनिक गाईघाटले पनि अपाङ्गता भएका व्यक्ति तथा दृष्टीविहिनहरुलाई ५० प्रतिशत छुटमा चेकजाँचको सेवा प्र...
उदयपुरमा स्कुटरबाट खसेर महिलाको मृत्यु

उदयपुरमा स्कुटरबाट खसेर महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २४ । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोक नजिकै स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको सुखीपुर नगरपालिका–८ बस्ने ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो २ बजेर २५ मिनेटको समयमा ६८ वर्षीय जगरनाथ साह सुडीले चलाएको स ५ प ७० नम्बरको स्कुटरमा पछाडि सवार उनकी श्रीमती गंगिया अचानक स्कुटरबाट खसेर घाईते भएकी थिईन् । घाइते भएकी सुडीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा चेकजाँच गर्दा सोही साझँ ४ बजेर ५७ मिनेटमा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।...
वाईसिएल उदयपुरले गर्यो मदन भण्डारी राजमार्गको डिभाईडरमा रङ रोगन

वाईसिएल उदयपुरले गर्यो मदन भण्डारी राजमार्गको डिभाईडरमा रङ रोगन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । वाईसिएल नेपाल उदयपुरले मदन भण्डारी राजमार्गमा रहेका सडक लेन डिभाईडरमा रङ रोगन गरेको छ । शनिवार गाईघाट बजार आसपास लगायत अन्य बिभिन्न स्थानमा राखिएको सडक लेन डिभाईडरमा रङ रोगन गरेको हो । श्रम तथा उत्पादन अभियान अन्तर्गत संञ्चालित दुई महिने अभियानको क्रममा रङ रोगकनको काम गरिएको हो । उक्त अभियानको क्रममा वाईसिएल उदयपुरले श्रमदान, सरसफाई, बाँध निर्माण र रंगशाला मर्मतको कामहरु गरिसकेको छ । वाईसिएल युवाहरुको सक्रियतामा उक्त अभियान चलायमान बनिरहेको छ भने यस अभियानलाई जनताहरुले नजिक देखि नियाली रहेको छ । दलहरु गफ र भाषण सँगै भ्रष्टचारमा लिप्त भएको भन्दै असन्तुष्टी जनताहरुले माओवादीलाई पनि चुनाव बिषेश काम गरेको आरोप लगाईरहेको बेला वाईसिएलले भने आफ्नो कर्म नछाडेको युवाहरु बताउँछन् । माओवादी अब जनता, श्रम र उत्पादन सँग जोडिएको युवाहरुको भनाई छ । निलो कलरमा रहेको डिभाईडरल...
गाईघाटमा  सुरु भयो लाखे नाच

गाईघाटमा सुरु भयो लाखे नाच

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । उदयपुरको गाईघाटमा लाखे नाच सुरु भएको छ । गाईघाट स्थित भगवती मन्दीर र राधाकृष्ण मन्दिरमा पुजा आजा सँगै लाखे नाच सुरु गरिएको हो । झिँगु नेवा पुँच उदयपुरको आयोजनामा सुरु भएको लाखेमा ६ ओटा वडाका नेवार समुदायहरुले भगवती मन्दीरबाट एकै साथ पुजाआजा गरी सुरु गरेको हो । ११ नं वडा गाईघाट, १० नं वडा बोक्से, ३ नं वडा मोतिगडा, ९ नं वडा गैरुन र १६ नं सिद्रेका नेवार समुदायहरुले लाखे सुरु गरेको छ । पछिल्लो समय त्रियुगा नगरपालिकामा नेवार समुदायहरुको वस्ती पहिचान गर्दै जाँदा नेवार समुदायहरुको जनघनत्व बढेको भन्दै बिभिन्न वडाहरुमा झिँगु नेवाँ पुच वडा कमिटी खडा गरिएको हो । सोही अन्तर्गत हाल १६ नं वडा थपेर छ ओटा वडाहरुले लाखे नाच मनाउँदै आएको झिगुँ नेवा पुँच उदयपुरका अनुसार नेवार वस्त वडाहरुलाई कमिटी गठन गरी आआफ्नै स्थानमा लाखे पर्व मनाउन सहज गरिएको जनाए । पहिले गाईघाटबाटनै सबै ठाउँ लाखे ...
आज जनै पूर्णिमा र रक्षा बन्धन

आज जनै पूर्णिमा र रक्षा बन्धन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । जनै पूर्णिमा हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व हो । श्रावणी पूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी यो पर्व मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेपालको तराई क्षेत्रमा भने आजकै...
आज कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना

आज कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ साउन । आज बागमती सहित कोशी प्रदेशमा पनि भारी बर्षाको सम्भावना रहेको छ । मौसमविद्हरूले दिउँसो कोशी र बागमती प्रदेशमा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागम...
बहुविवाह कानूनी वैधता प्रस्ताव विरुद्ध उदयपुरमा महिला संगठनको ज्ञापनपत्र

बहुविवाह कानूनी वैधता प्रस्ताव विरुद्ध उदयपुरमा महिला संगठनको ज्ञापनपत्र

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २१ । विभिन्न महिला संघ तथा संगठनहरूले मुलुकी देवानी संहिता ऐन, २०७५ लाई संशोधन गरी बहुविवाहलाई कानूनी वैधता दिने सरकारको प्रस्ताव विरुद्ध जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल महिला संघ जिल्ला समिति, अखिल नेपाल महिला संघ (अ.ने.म.संघ), अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), जिल्ला महिला संगठन र अखिल महिला संघ क्रान्तिकारी जिल्ला समितिले बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावलाई गैरजिम्मेवारपूर्ण, प्रतिगामी र महिला विरोधी भन्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार काठमाण्डौमा पठाइने बताउनुभयो । महिला अधिकारकर्मीहरूले...
कक्षा १२ को नतिजा सार्वजनिक:६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक:६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ प्रतिशत विद्यार्थीको एनजी (नन ग्रेड) आएको छ । कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि शुरू भएको थियो । यस परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । नियमित तर्फका विद्यार्थीहरूमध्ये एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी कुल तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । आंशिक तर्फका विद्यार्थीहरूको संख्या एक लाख १५ हजार ६१७ जना रहेको छ । यसरी नियमित र आंशिक दुवै तर्फका गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले कक्षा १२ को परीक्षामा भाग लिएका थिए।...