Monday, August 3News That Matters

Breaking News 3

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने

Breaking News 3, समाचार
पुर्णपुष्टि, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बर १६–१७ (भदौ ३१ र असोज १ गते) सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्रीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको बताएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन ।...
उदयपुर ट्राफिकद्धारा हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाईयो

उदयपुर ट्राफिकद्धारा हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाएको छ । शनिवार ट्राफिक प्रहरी कार्यालय बरुवा वसपार्क परिसरमै बोलाएर मोटरसाईकल धनि बिराटनगर १० मोरङका कोमल घिमिरेलाई मोटरसाईकल जिम्मा लगाईएको हो । गत बैशाख १७ गते काठमाण्डौ कागेश्वरी मनोहरा न।पा।(०६ मुलपानीबाट हराएको उक्त मोटरसाईकल उदयपुरको बेलका नगरपालिका सोमवारेमा ट्राफिक प्रहरीले फेला पारेको थियो । संका लागि अनुसन्धान गर्ने क्रममा बागमति प्रदेश ०२(०४८ प ४५३२ रहेको मोटरसाईकललाई प्र १(०५(००४ प ४७१७ नं को बनाएर चलाईरहेको पाईएको थियो । उक्त मोटरसाईकल फेला पारेपछि धनिलाई बोलाएर शनिवार उदयपुर ट्राफिक इन्चार्ज चन्द्र बहादुर खड्का सहितको टोलीले धनिलाई बुझाएको हो ।...
‘ग्लोबल हिरो अवार्ड’ ज्ञानेन्द्र शाही र कुलनमान घिसिङलाई’

‘ग्लोबल हिरो अवार्ड’ ज्ञानेन्द्र शाही र कुलनमान घिसिङलाई’

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । यस बर्षको ‘ग्लोबल हिरो अवार्ड’ प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शारी र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान गर्ने ब्यक्तिहरुलाई ग्लोबल नेपालीले हरेक वर्ष सम्मान सहित यो अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ ।...
प्रदेश सांसद सम्झना तामाङको पहलमा उदयपुरमा विनियोजित योजना र बजेट

प्रदेश सांसद सम्झना तामाङको पहलमा उदयपुरमा विनियोजित योजना र बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३२ असार । प्रदेशका सांसद सम्झना तामाङको पहलमा उदयपुरका लागि बिभिन्न विकासे बजेट बिनियोजन भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेट योजना तथा कार्यक्रम अन्तर्गगत तामाङको तर्फबाट सिफारिस तथा पहल २६ ओटा ठुला तथा साना योजनाहरु ल्याईए तामाङको सचिवालयले उल्लेख गरेको छ । माग भएको धेरै कुराहरु पुरा गर्न नसकिएपनि महत्वपूर्ण योजनाहरुलाई प्राथामिकता दिएर बजेटको पहल गरिएको सांसद तामाङले बताउनुभयो । तामाङले माग भएको थुप्रै योजनाहरु छुटेको हुँदा आउँदो बर्षँहरुमा पुरा गर्ने प्रतिवद्धता समेत दिनुभएको छ । बिनियोजित बजेट यस प्रकारको छ । १, सुकौरा वडा कार्यलय फोक्सिन्टार बेल्दोभान सडक स्तरोन्नति त्रियुगा ( १६ उदयपुर २२ लाख २, शहिद तथा जनयोद्धा प्रतिस्ठान अधुरो भवन निर्माण त्रियुगा न।पा।( ३, उदयपुर २५ लाख ३, मिलन चोक कैलाश कार्कीको घर उत्तर त्रियुगा पुल हाइवे जोडने सडक...
गाईघाटमा कोशेली गार्मेन्ट उद्योग संञ्चालन, रेडिमेड कपडा उत्पादन सुरु

गाईघाटमा कोशेली गार्मेन्ट उद्योग संञ्चालन, रेडिमेड कपडा उत्पादन सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ असार । उदयपुरको गाईघाटमा पहिलो पटक कोशेली गार्मेन्ट उद्योगले तयारी कपडा उत्पान सुरु गरेको छ । यहि असार २७ गतेदेखी जगत भवनमा संञ्चालन भएको उद्योगले सबैखाले तयारी रेडिमेड कपडा उत्पादन सुरु गरेको हो । उद्योगले ट्र्याकसुट, स्कुल ब्याग, सपिङ ब्याग लगायतका अन्य ब्यागहरु र टिसर्ट, कोट प्वाईन्ट जस्ता कपडाहरु अडर अनुसार तयारी गरिने संञ्चालक ज्ञानु प्रधानले जनाईन् । उक्त गार्मेन्ट संञ्चालनका लागि ४५ दिने गार्मेन्ट तालिमको पनि आयोजना गरिएको थियो । उद्योगले विद्यालयका लागि ट्र्याक सुटहरु धमाधम निर्माण गरिरहेको छ । उक्त गार्मेन्ट स्थानीय स्तरमै संञ्चालनमा रहेका हुँदा स्थानीय उत्पादनलाई प्रयोग गर्ने आशा लिएको प्रधानले जनाईन् । यसको प्रचार प्रसार र उत्पादित वस्तुको प्रयोग भए स्थानीय उत्पादनलाई टेवा पुग्ने भन्दै सबैले गार्मेन्टले उत्पादन गरेको वस्तुलाई प्रयोग गर्न र आवश्यक कपडाहरुक...
ईक्राहा – शिवनगर झोलुङ्गे पुलको शिलान्यास

ईक्राहा – शिवनगर झोलुङ्गे पुलको शिलान्यास

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
प्रबिन मगर, बेल्टार असार , ३० उदयपुरको चौदण्डिगढी नगरपालिका शिवनगर – इक्राहा जोड्ने झोलुङ्गे पुलको शिलान्यास सङ्घिय सांसद डा. नारायण खड्काले गर्नुभएको छ। ९ करोड बढी लगानीमा बन्न लागेको उक्त झोलुङ्गे पुलको शिलान्यास सोमवार खडुकाले गरेको हो । डा। खडकाको प्रमुख आथित्यतामा सम्पन्न सिलन्यास कार्यक्रममा चौदण्डीगढी नगरपाकिाकी उपप्रमुख मनिका दुलाल सहितको जनप्रतिनिधि, दलका नेता साथै स्थानीय बुद्धि जिवीहरुको सहभागी रहेको थियो। उक्त पुलले त्यस स्थानका स्थानीयहरुलाई आवत जावतमा सहजीकरण गरेको छ । सांसद खड्काले करिब १२ बर्ष देखिको पटक पटकको पहलमा विभिन्न राजनीति, प्राकृति , सामाजिक कारण अहिले सम्म निर्माण हुन नसकेको दुख ब्याक्त गरे। देशमा स्थिर राजनीति , स्थिर सरकार , र आर्थिक अभावमा ठुला परियोजनाहरु अलपत्र पर्ने गरेको पनि सांसद खड्काले बताए । पटक पटक जनताले उदयपुर क्षेत्र १ मा बिजय गराएको ...
बागमती नदी ६ महिनामा निर्मल हुने दावी

बागमती नदी ६ महिनामा निर्मल हुने दावी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ असार । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले सरकारले साथ दिएमा काठमाडौंको बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफुसँग भएको दावी गरेका छन् । त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढि सेवा गरिसकेका प्रा।डा। भट्टले आफुले गरेका अनुसन्धान परिणामहरू तथा आफू सहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिएमा नेपालका समस्याहरू समाधानमा सकेको योगदान गर्ने इच्छा प्रकट गरे। शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदुषणको मात्रा घटाउने र त्यसपछि क्रमश आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जति...
ताप्ली गाउँपालिकाद्धारा एसईईमा उत्कृष्ट विधार्थी, विद्यालय र शिक्षकलाई सम्मान

ताप्ली गाउँपालिकाद्धारा एसईईमा उत्कृष्ट विधार्थी, विद्यालय र शिक्षकलाई सम्मान

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, असार २६ । उदयपुरको ताप्ली गाउँपालिकाले यस बर्ष माध्यामिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक सहित उतिर्ण हुने विद्यार्थी, विद्यालय र शिक्षकलाई नगद सहित सम्मान गरेको छ । मंगलबार गाउँपालिकाको कार्यालय रुपाटारमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट जिपिए सहित एसईई उत्तिर्ण हुने विद्यार्थी, धेरै विद्यार्थी संख्या उत्तीर्ण गर्ने विद्यालय र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विषयगत शिक्षकलाई नगद सहित पालिकाले सम्मान गरेको हो । गाउँपालिकामा सबै भन्दा धेरै जिपिए ल्याउने मावि झिल्केपोखरीका छात्र कुशल मगर र मुना मगरलाई नगद रु. १५–१५ हजार सहित सम्मान गरिएको हो । कुशल ३.७४ जिपिए र मुना ३.७३ जिपिए सहित उत्तिर्ण भएका हुन् । गाउँपालिका भरी सबै भन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय पनि झिल्केपोखरी मावि नै भएको छ । झिल्केपोखरी माविले ३५ जना विद्यार्थीमध्ये ३३ जना विद्यार...
उदयपुरमा जारी नापतौल शिविरमा ५० भन्दा बढी व्यवसायीले लिए सेवा

उदयपुरमा जारी नापतौल शिविरमा ५० भन्दा बढी व्यवसायीले लिए सेवा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २५ । उदयपुरको त्रियुगा नगरपालिकामा तीनदिने नापतौल शिविर संचालन भईरहेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजना र गुणस्तर तथा नापतौल कायालय विराटनगरको समन्वयमा संघको कार्यालय परिसरमा मंगलबारदेखी नापतौल शिविर संचालन भएको हो । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले उद्योगी व्यवसायीहरूका लागि सहज र कानुनी रूपले व्यवसाय सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । संघका महासचिव सुनिल साहका अनुसार शिविरमा ५० जना भन्दा बढी उद्योगी, व्यापारी, तथा व्यवसायीहरुले आफ्नो ढक तराजु तथा नाप तौलका सामग्री नविकरण तथा चेक जाँच गराएका छन् । बाँकी दिनमा अझै थप व्यवसायीहरूको सहभागिता रहने उनले बताए । मंगलबारदेखी संचालन भएको शिविर बिहिबार सम्म चल्नेछ । शिविरमा सहभागिताका लागि संघले सबै उद्योगी तथा व्यवसायीहरूलाई आ–आफ्ना उपकरणसहित बिह...
उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

उदयपुरका पत्रकार बैकुण्ठ दाहालको निधन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २४ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका प्रदेश परिषद सदस्य ९प्रदेश पार्षद० बैकुण्ठ दाहालको सोमबार निधन भएको छ । गत आईतबार अस्वस्थ भई अस्पताल भर्ना भएका त्रियुगा नगरपालिका–३ बसपार्क निवासी दाहालको सोमबार राती ११ बजे ललितपुर जाउलाखेल स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखी पत्रकारीतासँगै वकालत पेशामा समेत सक्रिय रहेका दाहाल उदयपुर शाखाको कार्यसमिति सदस्य र केन्द्रिय पार्षद समेत भएका थिए । दाहालको ७१ बर्षको उमेरमा निधन भएको हो ।...