Monday, August 3News That Matters

Breaking News 3

बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बेलका, कार्तिक २१ गते । उदयपुरको बेलका नगरपालिका वडा नं ८ मा श्रम संस्कृति पार्टी वडा कमिटी गठन भएको छ । जिल्ला संयोजक रविन तिलुङको उपस्थितिमा ५२ सदस्सीय कार्यसमिति चयन भएको छ । सयोजकमा प्रशान्त राई रहेको छ भने सह संयोजकमा पुकार दाहाल चयन भएको छ । निर्वाचन आयोगमा दर्ता प्रक्रिया सम्पन्न भए सँगै पार्टीले बिभिन्न जिल्ला देखी पालिका र वडाहरुमा संयोजक र सह संयोजक सहित समिति निर्माणको काम अघि बढिरहेको छ । जिल्लामा रविन तिलुङलाई संयोजक बनाउने तयारी छ भने यसलाई तत्कालै आधिकारिकता दिएर नेतृत्व चयन गरिनेछ ।...
प्रचण्डको नेतृत्वमा कम्युनिष्ट पार्टीको एकता सम्मेलन सुरु

प्रचण्डको नेतृत्वमा कम्युनिष्ट पार्टीको एकता सम्मेलन सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १९ । बुधवार राजधानीमा नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ अध्यायको सुरुवात भएको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) सहित जम्मा दस वटा कम्युनिस्ट पार्टीहरूको राष्ट्रिय एकता सम्मेलनको औपचारिक थालनी भएको हो । सम्मेलनको शुभारम्भ विशेष शैलीमा गरिएको थियो । सबै घटक दलका शीर्ष नेताहरूले एकसाथ मिलेर रिमोट थिचेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । यस अवसरमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबै घटक पार्टीका प्रमुख नेताहरू उपस्थित थिए । यस ऐतिहासिक सम्मेलनमा धेरै महत्वपूर्ण निर्णयहरू लिइने तय भएको छ । नेता वर्षमान पुनले दिएको जानकारी अनुसार सम्मेलनमा तीन प्रमुख विषयमा छलफल र निर्णय हुनेछ । पहिलो, एकीकृत पार्टीको लागि नयाँ विधान तर्जुमा गर्ने र पारित गर्ने काम हुनेछ । यसले पार्टीको संगठनात्मक संरचना र कार्यशैली तय गर्नेछ । दोस्...
जेनजी उदयपुरको संयोजकमा सुरेन्द्र साम्पाङ

जेनजी उदयपुरको संयोजकमा सुरेन्द्र साम्पाङ

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर कार्तिक १९ गते । यतिवेला देशभर जेनजी नेतृत्व चयनको काम अघि बढीरहेको छ । प्रदेश सँगै देशभरकै जिल्लाहरुमा संयोजक तोक्ने क्रममा प्रदेश नं १ (कोशी) को पनि बिभिन्न जिल्लाहरुमा जेनजी संयोजक तोक्ने काम भैरहेको छ । यसै क्रममा उदयपुर जिल्लामा भने सुरेन्द्र साम्पाङ राईलाई जेनजी संयोजक बनाईएको छ । राई जेनजी युवा नेतृत्वका लागि अब्बल ब्यक्ति पनि हुन् । सामाज र देशका लागि केही गर्छु भन्दै अघि बढिरहेका राईले उदयपुरमा जेनजी आन्दोलनको नेतृत्व समेत गरेका थिए । २४ र २५ गते दुवै दिन राईले जेनजीहरुको आन्दोलनलाई नेतृत्व गरेका थिए । उनले अराजक गतिविधि रोक्ने प्रयासका साथ आन्दोलन सम्हाल्दै गर्दा पनि गलत समूहले आन्दोलन भड्काएका थिए । त्यस पश्चातको चुनौती पूर्ण अवस्था र समयलाई आत्मसाथ गर्दै अघि बढिरहेका राईलाई केन्द्र र प्रदेशले जेनजी संयोजकको जिम्मा दिएको हो । प्रदेश नं १ (कोशी)...
बागचौरीका १३ बर्षिय बालक : ३० हजार नजुट्दा रि-चेकका लागि  हस्पिटल लान सकेन

बागचौरीका १३ बर्षिय बालक : ३० हजार नजुट्दा रि-चेकका लागि हस्पिटल लान सकेन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, उदयपुर कार्तिक १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. ७ बागचौरीका १३ बर्षिय सफल परियारलाई ३० हजार अभावले घरमै थन्किन बाध्य बनाएको छ । दुर्घटनामा घाईते सफल परियारलाई हस्पिटलले फलो अप मा बोलाएको थियो । असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि गम्भीर घाईते भए । उनको पेटमा पानी जमेपछि बिराट टिचिङमा अप्रेसन गरिएको थियो । पैसा अभावले अप्रेसन पश्चात घरमै ल्याईएका सफललाई हस्पिटलले फेरी जाँच गर्न ल्याउन भनेका थिए । तर पून : जाँचका लागि करिब ३० हजार लाग्ने हस्पिटलको अनुमान थियो । छोराको उपचार गर्दा गर्दा घरको सबै थो सकिएको र बाहिर ऋण गरिरहेको बुबा सुवास परियारले बताए । सहयोग  गर्न चाहानुहुने इच्छूकहरुका लागि बिरामीको बुबा सुबास परियारको esewa अब ऋण माग्ने समेत ठाउँ नरहेको हुँदा छोराको उपचारमा ...
उदयपुरमा १० के.जी बढी गाजाँ सहित अटो चालक पक्राउ

उदयपुरमा १० के.जी बढी गाजाँ सहित अटो चालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, पूर्णपुष्टि, कार्तिक १७ । उदयपुरको बेलका नगरपालिका–१ आम्बासी स्थित बाट प्रतिबन्धित लागुऔध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरापलिका–९ बस्ने ३२ बर्षीय अटो चालक बल बहादुर वि.क. रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आम्बासी स्थित रुपनगर–चतारा–नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रामपुरबाट फत्तेपुर तर्फ जादैँ गरेको को २ ह ४२४६ नं. को अटोको पछाडि लुकाई छिपाई लैजादै गरेको १० के.जी २३० ग्राम गाँजा सहित चालक वि.क. लाई नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
१५ दिन भित्र माग पुरा गर्ने कुलमानको प्रतिबद्धतापछि खुल्यो बञ्चरेडाँडाको अवरोध

१५ दिन भित्र माग पुरा गर्ने कुलमानको प्रतिबद्धतापछि खुल्यो बञ्चरेडाँडाको अवरोध

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १६ ।  चार दिनदेखि बन्द रहेको बञ्चरेडाँडा ल्याण्डफिल साइट आइतबार खुलेको छ । सहरी विकास मन्त्री कुलमान घिसिङले स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिने सहमति भएको हो । ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले मन्त्रीको प्रतिबद्धतापछि स्थानीयले फोहोर फाल्न दिएको जानकारी दिए । उनले भने, "स्थानीयको माग सम्बोधन १५ दिनभित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले नै भनेपछि हामीले फोहोर फाल्न दिएका हौं ।" आइतबार बिहान सहरी विकास मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वातावरण विभाग प्रमुख सरिता राईसहितको टोली बञ्चरेडाँडामा पुगेको थियो । टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरी सहमति जुटाएको हो । साइट खुलेसँगै काठमाडौं उपत्यकाका स्थानीय तहबाट रोकिएका ग...
१७ दल दर्ताको पर्खाइमा

१७ दल दर्ताको पर्खाइमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १६ ।  निर्वाचन आयोगमा हाल १७ वटा राजनीतिक दलको दर्ता निवेदन अध्ययनको चरणमा रहेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले एक दलले दर्ताको निवेदन फिर्ता लिएको जानकारी दिएका छन् । आयोगले निवेदनहरूको अध्ययन गरी दलहरूले पेश गरेको विवरण पर्याप्त छ कि छैन भनी जाँच गरिरहेको छ । विवरण अपूर्ण भएमा थप कागजात माग गरिनेछ भने पूर्ण भएमा आधिकारिताको प्रमाणपत्र जारी गरिने आयोगले जनाएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार चुनावमा सहभागी हुन चाहने दलहरूले कार्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसक्नुपर्ने व्यवस्था छ । त्यसपछि मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यक्रम तय भएको छ । प्रथम भूत निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार हुने र त्यसपछि प्रच...
किना खुलिरहेकौ छैन मौसम ?

किना खुलिरहेकौ छैन मौसम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १६ गते । मौसम विद्का अनुसार १३ र १४ गते झरी पर्ने र १५ गते शनिवारदेखी मौसम खुल्ने भनिए पनि पानी पर्ने क्रम झारी छ । यस्तो किन भयो ? जलवायुका अध्येता डा। धर्मराज उप्रेति, अहिले सक्रिय कुनै मौसमी प्रणाली नभए पनि ‘मोन्था चक्रवात’ र अरब सागरको न्यून चापीय प्रणालीको अवशेषले बाक्लो बादल लागेको र त्यही कारणले मौसम घमाइलो नभएको बताउँछन् । उनी भन्छन्, ‘मौसम पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन ।’ यो प्रणाली शुक्रबार रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि, बंगालको खाडी नजिकै थाइल्याण्ड्को दक्षिणी भू(भागमा निर्मित र हाल बंगलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा ९उत्तर(पश्चिम तर्फ० धकेलियो । ‘धेरै प्रणाली मिसि...
भित्राउनलाई ठिक्क पारेको धान बर्षाले सखाप

भित्राउनलाई ठिक्क पारेको धान बर्षाले सखाप

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/उदयपुर/ कार्तिक १५ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ डिम्कीका सोवित खनालले करिब २४ कट्ठा जमिनमा फलेको धान हतार हतारमा काटे । बुधबार देखी विद्यालय जान पर्ने भएको हुँदा उनले पाकेको धान हतारमै काटेर थन्काउने बिचार गरेको थियो । पानी पर्ने कुनै सूचना नपाएका खनालले जव काटेको धान उठाउनका लागि तयार भयो तव पानी बर्षियो । पानी बर्षेपछि खनालले धान सुरक्षित स्थानमा सार्नै पाएनन् । पानीका कारण खनाललको करिब ६५ मुरी धान पानीले नष्ट गर्यो । पानीले पूर्ण रुपमा भिजाएपछि धानले खेतमै टुसा हान्न थालिसकेका छन् । खनाल सँगै छिमेकी भिम खड्काको पनि समस्या उस्तै छ । पाकेको धान काटेर भित्राउन नपाउँदै खड्काको पनि करिब ३६ मुरी धान खेतमै नष्ट भएको छ । लगतार तिन दिन सम्मको बर्षाले धान पूर्ण रुपमै नष्ट भएको हो । घाम लाग्ने आसमा रहेको यी दुवै कृषकले लगतार तिन दिन सम्म बर्षा झेल्नु पर्यो । सामान्य पा...
नेकपा एस बिभाजित हुने निश्चित, माधवलाई छाडेर झलनाथको छुट्टै भेला

नेकपा एस बिभाजित हुने निश्चित, माधवलाई छाडेर झलनाथको छुट्टै भेला

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १५ गते । विभाजनतर्फ उन्मुख एकीकृत समाजवादी पार्टीले छुट्टा छुट्टै भेला गरेको छ । शनिवार माधवलाई छाडेर झलनाथ पक्षले छुट्टै भेला बोलाएको छ । यस अर्थमा नेकपा ९एकीकृत समाजवादी०पार्टी विभाजन हुने निश्चित भएको छ । नेकपा ९माओवादी केन्द्र० लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट भएपछि एकीकृत समाजवादी औपचारिक रूपमा विभाजन हुने भएको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितको एउटा पंक्ति पार्टी पुनर्गठन र सांगठानिक सुदृढीकरण नगरी अरू दलसँग एकता गर्न नहुने पक्षमा थिए । यद्यपि केन्द्रीय समितिबाट बहुमतबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन हुने भएको हो । सम्मानीत नेता झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलाएको छ। भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ । ‍भेलामा ...