उदयपुर सिमेन्ट उद्योग चलाऔं भन्दै मन्त्रीसम्म पुगे युवा तथा जेन्जीका समुह
उदयपुर, कार्तिक २४ ।
उद्योग बचाउ तथा खबरदारी समुहले आज बन्द अबस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग तत्कालै सञ्चालनको माग गर्दै उद्योगमन्त्री अनिलकुमार सिन्हा र उद्योग सचिव कृष्ण राउतलाई भेटगरी ध्यानाकर्षण गरेको छ ।
भेटमा मन्त्री सिन्हाले उद्योग सरकारले नै तत्काल सञ्चालन गर्ने ब्यवस्था मिलाउने र निजीकरण विरुद्ध लाग्ने प्रतिबद्धता गरेको समुहका प्रवेश खड्काले बताए ।
देशको गौरब र उदयपुर जिल्लाको सिंगो पहिचानसंग जोडिएको उद्योग स्वार्थ समूहको चंगुल र भ्रष्ट राजनीतिक नेतृत्वका कारण धिपधिपे अवस्थामा पुगेको छ । उद्योगको बर्तमान अवस्था नबुझी ठूलो आर्थिक दायित्व देखाएर केही नीजि स्वार्थ समुहले अघोषित रुपमा चल्न नसक्ने भ्रमपूर्ण भाष्य खडा गरेर लाभ उठाउने र सरकारी उद्योगलाई बन्द गराएर नीति पोस्ने चलखेल भएको उनीहरुले जनाएका छन् । यस्तो अवस्थालाई स्थानीय युवाहरुको समुहले तत्काल नियमित उद्योग सञ्चालनको ल...









