जिल्ला समन्वय समिति उदयपुरमा बिषयगत कार्यालयको बार्षिक समिक्षा सम्पन्न
पूर्णपुष्टि, पुष २० । उदयपुरमा जारी स्थानीय तह सहित बिषयगत कार्यालयहरुको बार्षिक समिक्षा समन्वय समितिको हलमा सम्पन्न भएको छ ।एक बर्षमा कार्यालयले गरेका क्रियाकलाप कस्ता रहे, समस्याहरुको पहिचान र समाधानका प्रयासका बारेमा सरोकारवाला निकायलाई जानकारी दिने उदेश्यले समिक्षाको आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा रौतामाई गाउँपालिका वाहेक सात वटा स्थानीय तह, १४ वटा बिषयगत कार्यालय र ५ वटा विकास साझेदार संस्थाले उपलब्धि र समस्याका बारेमा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज खड्काले बताए ।
कार्यक्रममा कार्यालयहरुले कतिपय कामहरु कानुन निर्माण नहुँदा र नीतिगत अल्झनका कारण सोचेअनुरुप गर्न नसकिएको बताए । उनीहरुले विकास प्रतिको जनताको वेग्रह चाहानाहरु नीतिगत समस्याका कारण रोकिएको बताए ।सहभागि जनप्रतिनिधिहरुले मुलुक संघीयतामा गएपनि अधिकारहरु केन्द्रमा नै राख्ने, ...









