Monday, August 17News That Matters

मनोरञ्जन

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ रिलिजअगावै नाफामा

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ रिलिजअगावै नाफामा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १५ । नेपाली चलचित्र क्षेत्रका लोकप्रीय अभिनेता दयाहाङ राई र मिरुना मगरको फिल्म ‘जारी’ अन्तराष्ट्रिय जगतमा प्रदर्शन हुने भएको छ । नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो । उक्त फिल्म अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय निर्माता रामबाबु गुरुङले बताए । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ । निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन् । अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्...
चलचित्र ‘बिहे पास’को ट्रेलस सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘बिहे पास’को ट्रेलस सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १० । आगामी बैशाख १ गते प्रदर्शनमा आउँन लागेको नेपाली कथानक चलचित्र बिहे पासको ट्रेलर आज सार्वजिनक भएको छ । उक्त चलचित्रमा दयाहाङ राई र प्रकृटि श्रेष्ठको अभिनय रहेको छ । शुक्रबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रकृति श्रेष्ठ सरकारी जागिरे र दयाहाङ राई सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ। प्रवेश पौडेलले निर्देशन गरेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् । शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । ...
अभिनेत्री करिश्मा सोलार हिटरसम्बन्धी विज्ञापनबारे सर्वत्र आलोचना

अभिनेत्री करिश्मा सोलार हिटरसम्बन्धी विज्ञापनबारे सर्वत्र आलोचना

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र ९ । मुलुकमा पछिल्लो समय सामाजिक संञ्जारमा अभिनेत्री करिश्मा मानन्धरद्धारा अभिनीत एक विज्ञापन व्यापक चर्चामा आएको छ । अभिनेत्री मानन्धरले सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा गरिएको अभिनय र संवाद बनावटी देखिए पछि उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै चर्चाको विषय बनोको हो । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो, र यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’ आफुले गरेको विज्ञापन प्रति धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् । यस्तै उनले थपेकी छिन्, ‘सुझाव सम्मा दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसा...
गायक रुपकुमारको स्वरमा मन्त्री किरातीको गीत “पहराकी फुल”, भिडियो सार्बजनिक

गायक रुपकुमारको स्वरमा मन्त्री किरातीको गीत “पहराकी फुल”, भिडियो सार्बजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत ६ । उदयपुर । गायक रुपकुमार राईको स्वरमा “पहराकी फुल” गीतले यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तताएको छ । गीतको रचनाकार संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती हुन् । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा हिजो मण्डला नाटक घर थापागाउँबाट भिडियो सार्बजनिक गरिएको थियो । भिडियो सार्बजनिक भएको २४ घण्टा नपुग्दै करिब एक लाख दर्शकले हेरिसकेका छन् । https://youtu.be/RC9jAH4KBDU शिशु च्यापेरै पनि विद्रोही भुमिकामा रहेकी श्रीमतीको गोली लागी मृत्यु हुन्छ । आमाको ढलेको मृत शरीरसंगै लडिरहेकी शिशुलाई एक महिलाले भेटेर स्याहार–सुसार गरेर हुर्काउँछिन्, बढाउँछिन् अनि पढाउँछिन् । सांस्कृतिक फाँटबाट विद्रोही भुुमिकामा रहेका श्रीमान् अर्थात ती शिशुको बुवाले यी सब देखेर, बुझेर पनि शिशुलाई आप्mनो सन्तानको रुपमा अङ्गाल्न सक्दैनन् । शिशु हुर्किदै, बढ्दै असल छोरी बन्दासम्म आप्mनो सन्तानको...
अभिनेत्री निताले प्रेस काउन्सिलको गराईन् ध्यानाकर्षण , गर्भवती भएको हल्ला प्रति असन्तुष्ट

अभिनेत्री निताले प्रेस काउन्सिलको गराईन् ध्यानाकर्षण , गर्भवती भएको हल्ला प्रति असन्तुष्ट

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत ५ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छन् । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला सामाजिक सञ्जालमा फैलाएपछि उनले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी हुन् । भ्रम फैलाएको प्रति घोर भन्र्सना जनाउँदै ‘उनले लेखेकी छन्’ यसले मेरो जिवनमा नकारात्मक प्रभाव परेको छ । यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’ फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाएर पेस गर्दा यसले कलाकारको जीवनलाई असर गरेको उनको गुनासो छ ।...
आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन सुरु

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन सुरु

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत २ । आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजनको प्रसारण हुने भएको छ । हाँस्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । तेस्रो सिजनको शोको पहिलो अतिथि अभिनेता प्रदिप खड्का रहेका छन् भने शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । त्यस्तै निर्देशकमा दिनेश डिसी रहेका छन् । शो छायांकनको एक तस्विर जितु नेपालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । केहीदिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो । त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा छन् ।...
द भ्वाईस किड्समा उदयपुरबाट अर्को प्रतिभा

द भ्वाईस किड्समा उदयपुरबाट अर्को प्रतिभा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागनु २८ । नेपालको टप र्यालीटी सो द भ्वाईस अफ नेपालमा उदयपुरबाट अर्को प्रतिभा प्रवेश गरेकी छिन् । जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका ३ मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन २ ब्लाईड राउण्ड पार गर्दै ब्याटल राउन्डको यात्रा तय गरेकी छिन् । उनले उर्गेन दोङको तिमि आउने भन्ने गित भ्वाईको स्टेजमा प्रस्तुत गरेकी थिईन् । अन्तिम सम्ममा उनले कोचहरुको मन जित्दै तिन ओटा चियर घुमाउन सफल भएकी थिईन् । उनको स्वर मनपराएर प्रमोद, सुसान्त र प्रविशाले चियर टर्न गरेका थिए । उनिले कोच प्रविशालाई छानेकी छिन् ।...
उदयपुर बेल्टारकी एल्जीना राई ‘द भ्वाईस किड्स’ नेपालमा प्रवेश

उदयपुर बेल्टारकी एल्जीना राई ‘द भ्वाईस किड्स’ नेपालमा प्रवेश

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २७ । उदयपुरकी एलजीना राई नेपालको पपुलर रियालीटी (सो द भ्वाईस किड्स अफ नेपाल) सिजन टु मा प्रवेश गरिकी छिन् । उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारकी १३ बर्षिया एल्जीना राईले दुईओटा जर्जहरुको मन जित्दै भ्वाई अफ नेपालको यात्रा तय गरेकी हुन् । एल्जीनाले भ्वाईसमा कोच प्रमुद र कोच प्रविशाको मन जित्न सफल भईन् । उनले गाएको केहि सेकेण्डमै दुई ओटा चियर टर्न गराईन् । त्यसपश्चात अन्य दुई जनाले भने बज गरेनन् । उनी भ्वाईस अफ नेपालको लागि कोच प्रमोदको टिममा गएकी छिन् ।...
सुरक्षा पन्त र मानव सुवेदी बैबाहिक बन्धनमा

सुरक्षा पन्त र मानव सुवेदी बैबाहिक बन्धनमा

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २५ । अभिनेत्री सुरक्षा पन्त र कलाकार मानव सुवेदी बैबाहिक बन्धनमा बाधिएका छन् । उनिहरुले आज (बिहिबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । दुवै पक्षका परिवार, आफन्त लगायत साथिभाईकोहरुको सानो जमघटमा बैबाहिक कार्यक्रम भईरहेको छ । ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मानव र सुरक्षाले हिजो ईन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेको छन् । सामाजिक सञ्जालमा सुरक्षाले सार्वजनिक गरेको विवाहको तस्वीरमा ऊनी सुन्तला रङको सारी र मानव वैजनी रङको कोट र दौरा सुरुवालमा देखिएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।...
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको हृदय घातबाट निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको हृदय घातबाट निधन

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २५ ।भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको निधन भएको छ । उनको गएराति १ः३० बजे नयाँ दिल्लीमा ६६ बर्षको उमेरमा निधन भएको हो । कौशिकको हृदय घातका कारण निधन भएको भारतीय अभिनेता अनुपम खेरले ट्विटर मार्फत जनाकारी दिएका छन् । कौशिकको निधनमा अभिनेता खेरले लेखेका छन्, ‘मलाई थाहा छ, मृत्यु नै संसारको अन्तिम सत्य हो । तर म जीवित हुँदै मेरा अति मिल्ने साथी सतीक कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ । ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम । तिमीबिनाको जीवन उस्तै हुनेछैन सतीश । ओम शान्ति ।’ पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो । परिवारले अस्पताल पुर्‍याएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शवलाई दिल्लीबाट मुम्बईस्थित उनको निवासमा पुर्‍...