Tuesday, June 9News That Matters

मनोरञ्जन

फागुन २५ मा विवाह गर्दै सुरक्षा पन्त र मानव सुवेदी

फागुन २५ मा विवाह गर्दै सुरक्षा पन्त र मानव सुवेदी

मनोरञ्जन
पूर्णपुष्टि,फागुन ५ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । आगामी फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । ‘अन्तराल’ डेब्यु अभिनेताले चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी गरेको परिवार स्रोतले बताए । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । उनीहरु झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए ।...
संगीतकार रोहित शाक्य र गायिका त्रिशला गुरुङले गरे बिहे

संगीतकार रोहित शाक्य र गायिका त्रिशला गुरुङले गरे बिहे

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन ५ । गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग बिहे गरेकी छन् । गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। पेसाले चिकित्सक समेत रहेकी त्रिशलाको प्रेम सम्बन्ध पनि निकै चर्चाको विषय बनेको थियो । उनले आफ्नो सामाजिक संञ्जाल इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्,मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु ।...
अभिनेत्री आशा खड्काले प्रेमी सागरसँग गरिन् विवाह

अभिनेत्री आशा खड्काले प्रेमी सागरसँग गरिन् विवाह

मनोरञ्जन
पूर्णपुष्टि,फागुन ४ । चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । पछिल्लो समय चर्चा कमाउकी खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् । आफ्नो सामाजिक सञ्जालमा उनले एक भिडियो सन्देश पोष्ट गर्दै सागरसँग विवाह गरेको बताएकी छन् । केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् । भिडियो सन्देशमा उनले भनेकी छन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रूपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरूले नै चाहनु भएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु । मलाई विश्वास छ । मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमान्लाई धेरै आशीर्वाद दिनुहोला ।’...
नयाँ वर्षमा दयाहाङ र मिरुनाको ‘जारी’ प्रदर्शन हुने

नयाँ वर्षमा दयाहाङ र मिरुनाको ‘जारी’ प्रदर्शन हुने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागनु ३ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ आगामी नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको पोष्टर सार्वजनिक गर्दे निर्माण युनिटले प्रदर्शनको मिति तय गरेको हो । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ । फिल्ममा लिम्बु समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा क्यारेक्टरको रुपमा प्रस्तुत गरिएको छ । काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छे भन्ने कुरालाई विम्वपरक रुपमा भनेका छन् । टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, र...
बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानलाई

बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानलाई

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन १ । भारतीय रियालिटी शो बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानले हात पारेको छ । आईतबार भएको ग्राण्ड फिनालेमा शिव ठाकरेलाई पछि पार्दै स्टानले उपाधि हात पारेको हो । बिग बोसको बिजेता भएसँगै उनले ट्रफीसहित नगद ३१ लाख भारू र एउटा कार समेत पाएका छन् । पाँच प्रतिस्पर्धी सहभागी फिनालेमा एमसी स्टान र शिव बाहेक, प्रियंका चाहर चौधरी, अर्चना गौतम र शालिन भनोट रहेका थिए । प्रियंका चाहर चौधरी टप ३ मा पुगेपछि बाहिरिएकी थिइन्। बिग बोसको विजेता भएपछि एमसी स्टानले एक र्‍याप गीत गाएका थिए भने सलमानले आफ्नो आगामी फिल्म “किसी का भाइ किसकी जान” को गीत ‘नाइयो लग्दा सार्वजनिक गरेका थिए।...
गायिका बर्तिका राई र युगल गुरुङले गरे परम्पराअनुसार विवाह

गायिका बर्तिका राई र युगल गुरुङले गरे परम्पराअनुसार विवाह

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,माघ २७ । नेपाली संगितक दुनियाँमा सफल गितहरु दिदै आएका गायक युगल गुरुङ र गायिका बर्तिका एम राईबीच शुक्रबार परम्पराअनुसार विवाह भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा आफन्त र साथीभाइको उपस्थितीमा यो सांगीतिक जोडीले विवाह गरेको हो । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् । गायक युगलले यो पर्खाइ,आफ्नो संसार,कोठा,सहारा,लुकामारी,कहाँ छौ,कुरा लगायत गीत गाएका छन्। गायिका बर्तिकाले तिमी र म, नजिक,उमेर,बाँकी,खुसी,घर,सम्झना,खैु लगायत गीत गाएकी छन्। गत असोज २४ गते दुईले इन्गेजमेन्ट गरेका थिए । प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेका यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । वर्तिका र युगल पछिल्लो पुस्तामाझ चर्चित कलाकार हुन् । अमेरिकाको न्यूयोर्क सहरमा उनीहरुले एकसाथ सो९फार नामक सांगीतिक प्रस्तुति पनि दिएका थिए ।...
एलिना राईको ‘कल्कते काइयो’ सार्वजनिक

एलिना राईको ‘कल्कते काइयो’ सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,माघ २० । नव गायिका एलिना राई र अनिश राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार महेश खड्काको अफिसियल युट्युब च्यानलबाट ‘कलकते काइयोे’बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीत संयोजन महेश खड्काले गरेका छन् भने सब्द प्रकाश सापकोटाको रहेको छ । गीतको एरेन्ज पुरुशोत्तम सुबेदीले गरेका छन् । साथै एम.टि स्टुडियोमा गितको रेकर्डिङ उत्तम लामाले गरेका हुन् । नव गायिका एलिना राईको स्थायी घर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४,साउने स्थित माझगाउँमा छ । उनी हाल काठमाण्डौमै परिवार संग बसेर आफ्नो पढाईलाई निरन्तरता दिँदै संगित क्षेत्रमा नव गायिकाको रुपमा परिचित हुदै आएकि छिन् । यस अघि एलिना र प्रविन बेड्वालले गाएको ‘मायाँ देउता सरी’ बोलको गितले निकै चर्चा पाएको थियो । हाल सम्म एलिनाले तीन वटा गित नेपाली बजारमा ल्याईसकेकी छिन् । https://www.youtube.com/watch?v=4bGOh4oshlI...
मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,माघ २० । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।  प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने आयोजकले जनाएको छ। नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ। प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रे...
देउरीमा जितिया महोत्सव हुने

देउरीमा जितिया महोत्सव हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । उदयपुरको देउरीमा असोज दुई गते १४औँ जितिया महोत्सव हुने भएको छ । जितिया थारु समुदायले मनाउने ठुलो पर्व हो ।त्रियुगा नगरपालिका वार्ड न ६ स्थित जनता माध्यमिक विद्यालयको चौरमा हुने जितिया महोत्सवमा थारु कल्चरल नृत्य प्रतियोगिता समेत हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार दश हजार , द्धितीय पाच हजार ,तृतीय तीन हजार र सान्तना एक हजार राखिएको छ । आयोजकले प्रतियोगितामा सहभागी भइ थारु संस्कृतीको संरक्षणमा सहभागी हुन आग्रह गरेको छ । सो प्रतियोगितामा थारु आधुनिक ,लोक नृत्य देखाउनुपर्नेछ । उक्त जितिया महोत्सवलाइ भव्य वनाउन आयोजक दिनरात लागिरहेको सो महोत्सव आयोजक समितीका अध्यक्ष मोहनदेव चौधरीले बताएका छन । चौधौ जितिया महोत्सवको उद्घाटन प्रदेश एकका भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले गर्ने आयोजकले जनाएको छ ।          ...
मानव तस्करी अभियोगमा केकी र आर्यनको नाम मुछिएपछि छानबिनको माग गर्दै  पुगे सीआईबी

मानव तस्करी अभियोगमा केकी र आर्यनको नाम मुछिएपछि छानबिनको माग गर्दै पुगे सीआईबी

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ १० गते । विदेशमा मानव तस्करी प्रकरणमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देहशक दीपक आचार्यको नाम मुछिएपछि उनीहरु प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् । आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ता एसपी कमल थापाले जानकारी दिए । फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो । लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । आजै बेलुकासम्म ब्युरोमा निवेदन दिने तयारीमा आफूहरु रहेको आर्यनले जानकारी दिए । आर्यनसहितक...