स्थानिय तहमा पहुँचका भरमा नियुक्ति गरिएका करार कर्मचारीको दादागिरी, स्पष्टिकरण दिन मान्दैनन्, करार खारेज गरेपछि जनप्रतिनिधि माथि नै धम्की
पूर्णपुष्टि सम्बाददाता । जेठ ११ गते ।
स्थानिय तहमा राजनितिक भागबण्डका आधारमा करारमा नियुक्ति दिइएका कर्मचारी जनप्रतिनिधिकै लागि गलापासो हुने गरेको छ । करारमा नियुक्ति गरिएको कार्यलय सहयोगिहरु नै पहुँचको आडमा शक्तिशाली बन्ने गरेका छन् । यि कर्मचारीहरु कार्यलयका हाकिम वा विभागिय प्रमुखलाई टेर्दैनन् किनकि यिनिहरु जनप्रतिनिधिका दाइने हुने गरेका छन् तर यिनै कर्मचारीले विस्तारै जनप्रतिनिधिलाईसमेत टेर्न छाड्छन् अनि जनप्रतिनिधिलाई नै गलापासो बन्ने गरेका छन् । पछिल्ला उदाहरण हो रामप्रसाद राई गाउँपालिका वडा नं २ धोद्लेखानीका वडा कार्यलयका कार्यलय सहयोगी नरोत्तम तामाङ ।
नरोत्तम तामाङलाई २०७४ सालको स्थानिय तहको निर्वाचन पछि कार्यलय सहयोगी पदमा गाउँपालिकाले करारमा नियुक्ति गरेको थियो । साइनोले काका पर्ने राजकुमार तामाङ वडाध्यक्ष भएको मौकामा नरोत्तमले कार्यलय सहयोगी पदमा नियुक्ति पाएका थिए । राजनितिक ...









