Friday, June 19News That Matters

राजनीति

माओवादी केन्द्र रिटर्नी सेन्टरको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा सम्वाहाङ्फे

माओवादी केन्द्र रिटर्नी सेन्टरको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा सम्वाहाङ्फे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ९ । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट अध्यक्षमा पाँचथरका देवेन्द्र सम्वाहाङ्फे विजयी भएका छन् । सम्वाहाङ्फेले आफ्ना प्रतिष्पर्धी उदयपुरका मेजरकुमार राईलाई १८ मतले पछि पार्दै अध्यक्षमा चुनिएका हुन् । सम्वाहाङ्फेले ४७ मत पाएका थिए भने राईले २९ मत पाएका थिए । ७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन् । यसैगरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् । यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ ...
नेकपा एमाले उदयपुरकाे नेतृत्वमा भागवत राउतकाे जीत

नेकपा एमाले उदयपुरकाे नेतृत्वमा भागवत राउतकाे जीत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १५ । नेकपा एमाले उदयपुरकाे अध्यक्षमा भागवत राउतकाे जीत भएकाे छ । उनले ३४४ मतका साथ अध्यक्ष पद जितेका हुन् । प्रतिद्वन्द्वि परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे । उपाध्यक्षमा कालुमान लामाले जीत हात पारेका छन् । १ मतकाे अन्तरमा उनले जितेका हुन् । लामाकाे १९२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वी दिलबहादुर तामाङकाे प्राप्त भयाे । तामाङले सुरुदेखि अग्रता कायम देखाए पनि अन्तमा १ मतले पराजित भए । उपाध्यक्षका अर्का उम्म्दवार भरतबहादुर थापाकाे १३७ मत प्राप्त भयाे । सचिवमा टेकबहादुर राउतले जितेका छन् । उनले १९१ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी सम्भु पाैडेलकाे मत १८३ र  महेश राेकाकाे १४० मत रहेकाे छ । सहसचिवमा १९४ मतका साथ हेमबहादुर खड्काले जितेका छन् । जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३,  दुर्गानन्द चाैधरी ५३ र धर्मबहादुर तामाङकाे ४६ मत छ । महिला सहसचिवमा गङ...
आधाबढी मतगणनामा पनि राउतकै अग्रता : एमाले उदयपुर चुनाव

आधाबढी मतगणनामा पनि राउतकै अग्रता : एमाले उदयपुर चुनाव

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १५ । नेकपा एमाले उदयपुरकाे आधाबढी मतगणनामा पनि अध्यक्षमा भागवत राउनकाे अग्रता कायमै छ । तीनसय मतगणना हुँदा राउतकेा १८८ र परमेश्वर घिमिरेकाे ११२ मत ‍छ । उपाध्यक्षमा ११० मतका साथ दिलबहादुर तामाङकै अग्रता कायम छ भने ८९ मतका साथ कालुमान तामाङ दाेस्राेस्थानमा र भरतबहादुर थापाकाे ६९ मत रहेकाे छ । सचिवमा १०४ मतका साथ टेकबहादुर राउतकै अग्रता छ भने सम्भु पाैडेलकाे १०० मत र महेश राेकाकाे ६६ मत रहेकाे छ । सहसचिवमा ११० मतका साथ हेमबहादुर खड्काकाे अग्रता कायम छ । दाेस्राेमा जीवनाथ दाहाल ६३ मत, मन्दिप राइ ४३,  दुर्गानन्द चाैधरी २९ र धर्मबहादुर तामाङकाे २० मत छ । महिला सहसचिवमा गङ्गा राइ १३७ मतका साथ अग्रता कायम छ भने महेश्वरी राइ ७१ र गीता खड्का ६५ मत रहेकाे छ ।...
एमाले उदयपुर मतगणनामा राउतकाे अग्रता कायमै

एमाले उदयपुर मतगणनामा राउतकाे अग्रता कायमै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १५ । नेकपा एमाले उदयपुरकाे चुनावमा अध्यक्षमा भागवत राउनकाे अग्रता कायमै छ । दुइसय मतगणना हुँदा राउतकेा १२९ र परमेश्वर घिमिरेकाे ७१ मत ‍छ । उपाध्यक्षमा ७४ मतका साथ दिलबहादुर तामाङकै अग्रता कायम छ भने ५८ मतका साथ कालुमान तामाङ दाेस्राेस्थानमा र भरतबहादुर थापाकाे ४९ मत रहेकाे छ । सचिवमा ७४ मतका साथ टेकबहादुर राउतकै अग्रता छ भने सम्भु पाैडेलकाे ५९ मत र महेश राेकाकाे ४२ मत रहेकाे छ । सहसचिवमा ७३ मतका साथ हेमबहादुर खड्काकाे अग्रता कायम छ । दाेस्राेमा जीवनाथ दाहाल ३९ मत, मन्दिप राइ २८,  दुर्गानन्द चाैधरी २५ र धर्मबहादुर तामाङकाे १४ मत छ । महिला सहसचिवमा गङ्गा राइ ९६ मतका साथ अग्रता कायम छ भने महेश्वरी राइ ४९ र गीता खड्का ४३ मत रहेकाे छ ।...
मतगणना सुरु : एमाले उदयपुर अधिवेशन

मतगणना सुरु : एमाले उदयपुर अधिवेशन

Breaking News 1, राजनीति, समाचार
उदयपुर, चैत्र १५ नेकपा एमाले उदयपुरकाे नयाँ कमिटि चयनका लागि मतगणना सुरु भएकाे छ । विहान ९:३० देखि गणना सुरु भएकाे हाे ।
एमाले उदयपुरमा ५८१ मत खस्याे

एमाले उदयपुरमा ५८१ मत खस्याे

Breaking News 1, राजनीति, समाचार
उदयपुर, चैत १५ । नेकपा एमाले उदयपुरकाे नयाँ कमिटि निर्माणका लागि गएराती सम्पन्न चुनावमा ५८१ मत खसेकाे छ । कुल मतदाता प्रतिनिधि ६२४ थिए । मतगणना आज विहानैदेखि हुने भनिएकाेमा ९:०० बजेसम्म सुरु भएकाे छैन । अब छिट्टै सुरु हुने जनाईएकाे छ । अध्यक्षमा परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिष्पर्धा छ । अन्य तीन जना उम्मेदवारले फिर्ता लिएका हुन् । उपाध्यक्षमा भरतबहादुर थापा, दिलबहादुर तामाङ र कालुमान लामाकाे प्रतिष्पर्धा छ । सचिवमा सम्भु पौडेल, टेकबहादुर राउत र महेश रोका प्रतिष्पर्धामा छन् । त्यसैगरी खुल्ला उपसचिवमा हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, दुर्गानन्द चौधरी र धर्मबहादुर तामाङकाे  प्छरतिष्पर्धा छ भने महिला उपसचिवमा महेश्वरी राई, गीता खड्का र गंगा राई प्रतिष्पर्धामा छन् ।...
एमाले उदयपुरको अध्यक्षमा पाँच, उपाध्यक्ष र सचिवमा तीन/तीन जनाको उम्मेदवारी, फिर्ता गराउने जोडदार प्रयास

एमाले उदयपुरको अध्यक्षमा पाँच, उपाध्यक्ष र सचिवमा तीन/तीन जनाको उम्मेदवारी, फिर्ता गराउने जोडदार प्रयास

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १४ ।नेकपा एमाले उदयपुरको नेतृत्वमा पाँच जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक उम्मेदवार नामावलीमा उल्लेख अनुसार भागवत राउन, विमल कार्की, परमेश्वर घिमिरे, गोपाल खत्री र खड्गबहादुर परियार रहेका छन् । उपाध्यक्षमा भरतबहादुर थापा, दिलबहादुर तामाङ र कालुमान लामाको उम्मेदवारी परेको छ । सचिवमा सम्भु पौडेल, टेकबहादुर राउत र महेश रोकाको उम्मेदवारी छ । त्यसैगरी खुल्ला उपसचिवमा हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, दुर्गानन्द चौधरी, नारद निरौला, धर्मबहादुर तामाङको उम्मेदवारी परेको छ भने महिला उपसचिवमा महेश्वरी राई, गीता खड्का र गंगा राईको उम्मेदवारी परेको छ । प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष १ का लागि पाँचजना, उपाध्यक्ष १ का लागि तीनजना , सचिव १ का लागि तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपसचिव १ जनाका लागि छजनाको उम्मेदवा...
खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २७ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नारायण बुर्जा मगरलाई शनिबार माओवादी केन्द्र त्रियुगा नगर कमिटिले पार्टी कार्यालयमा सुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरी गृह जिल्ला उदयपुरमा स्वागत गरेको हो । माओवादी कार्यकर्ताद्धारा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै मन्त्री मगरले खानेपानी सिचाई तथा उर्जा मन्त्रालय आफुले प्राप्त गरेको भन्दा पनि सिङ्गो प्रदेशको पार्टीले प्राप्त गरेको बताउनुभयो । आफुमा लोभ लालच नरहेकोले मन्त्रालयलाई सफल बनाउँन स्वच्छ तरिकाले काम गर्ने उनले बताए । आफुले मन्त्रालयमा स्वच्छ तरिकाले काम गरेमा सिङ्गो पार्टीको साथ रहने र पार्टिको समेत ईज्जत बढ्ने उनले बताए । जनताको काम गर्न आएकोले प्रत्यक्ष देखिने काम आफुले गर्ने समेत बताए । दोस्रो पटक उदयपुर जिल्ला क्षेत्र नं. २ प्रदेश ‘क’ बाट सांसद बनेक...
उदयपुरका दुई सांसद प्रदेशमन्त्री बने

उदयपुरका दुई सांसद प्रदेशमन्त्री बने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २६ माघ । उदयपुरका दुई प्रदेश सांसदहरु नारायण बुर्जा मगर र  रामकुमार खत्री मन्त्री आज बनेका छन् । बुर्जा मगर काेशी प्रदेशको खानेपानी सिंचाई तथा उर्जा मन्त्री भए भने खत्री उद्योग, कृषि तथा सहकारी मन्त्रीमा  नियुक्ती भएका छन् । मगरले नेकपा माओवादीबाट चुनाव जितेका हुन् भने खत्रीले कांग्रेसबाट जितेका हुन् ।  ...
प्रधानमन्त्री प्रचण्डद्वारा रौतामाई पालिकाभवन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा रौतामाई पालिकाभवन उद्घाटन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । उक्त भवन रु सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । साे अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उहाँले बताउनुभयो । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधान...