Thursday, May 21News That Matters

राजनीति

सरसफाई र अबरुद्ध सडक खुलाउँदै ताप्लीमा घरघरमा माओवादी – जनजनमा माओवादी अभियान सुरु

सरसफाई र अबरुद्ध सडक खुलाउँदै ताप्लीमा घरघरमा माओवादी – जनजनमा माओवादी अभियान सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १६ भदौ । जनजनमा माओवादी घरघरमा माओवादी अभियान ताप्लीमा शनिवारदेखी सुरु भएको छ । पालिकाको ५ ओटै वडामा बिबिध कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । माओवादी केन्द्रले देशैभर सुरु गरेको जनता सँग माओवादी रुपान्तरण कार्यक्रम अन्तर्गत तिन महिने अभियान देशैभर शनिवारबाट सुरु भएको छ । सोही शिलशिलामा उदयपुरको पनि बिभिन्न पालिकाहरुमा अभियान संञ्चालन भएको छ । ताप्लीका लागि प्रतिनिधि सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ) इन्चार्जको रुपमा खटिएका छन् । राईको नेतृत्वमा पार्टीका स्थानीय नेताहरु अभियानमा सहभागी छन् । पालिकाको १ नं वडामा बर्षाले अबरुद्ध पारेको सडकलाई पन्छाउने कार्यक्रम भएको छ भने २ नं वडाको लेखगाउँमा विद्यालय परिसरमा सरसफाई गरिएको छ । यस्तै ३ नं वडामा एक स्थानीयको भत्किएको घरलाई व्यवस्थापन गर्ने अबरुद्ध सामाग्रीहरु हटाउने काम भएको छ । उक्त घरल...
पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी पुरानै घर फर्किए

पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी पुरानै घर फर्किए

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १३ । ताप्लीका स्थानीय नेता तथा पूर्व वडाअध्यक्ष फत्तबहादुर ठकुरी माओवादी केन्द्रमै फर्किएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत ठकुरी माओवादीमै फर्किएको हो । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका सहित सञ्चालनमा रहेको अभिमुखीकरण कार्यक्रममा ठकुरी माओवादीमै पुनर्मिलन भएको बताईएको छ । ठकुरी केही समय अघि समाजवादी पार्टीमा गएका थिए । पछिल्लो अभियानको क्रममा उनि माओवादीमै समाहित भएको पार्टीका जिल्ला संयोजक विनोदकुमार कटुवालले जानकारी दिए ।...
रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

Breaking News 1, राजनीति, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ । चुनाव जितेमा सेवा सुविधा नलिने घोषणा गरेका उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले आफ्नाे सेवा सुविधाबाट पालिकाका तीनजना अशक्तलाई सहयोग गरेका छन् । आज मुर्कचीमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमसंगै गाउँ पार्टी अध्यक्षसमेत रहेका मगरले रौतामाईकी करेन्ट लागेर अपाङता भएकी कृष्टि दाहाललाई ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार, छोरो विरामी भई स्वर्गरोहण भएका शेरबहादुर कामीको दयनीय आर्थिक अवस्थालाई मध्येनजर गर्दै ५ हजार सहयोग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपी अछामीले सहयोग रकम हस्तान्तरण गरे । अध्यक्ष मगरले जनतालाई गरेको बचन अनुरुप आफु अध्यक्ष भएवापत राज्यले दिने सेवा सुविधाबाट असहायलाई सहयोगका साथै सामाजिक काम गरेर पुरा गरेका हुन् ।...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश सभा सचिवालयमा भदौ ३ गतेको समय निर्धारण गर्दै विश्वासको मत लिने प्रस्ताव पेश सम्बन्धि सुचना दिएका थिए । सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने सैवैधानिक प्रावधान रहेकोले सोही अनुसार थापाले विश्वासको मत लिन लागेका हुन् । थापा दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हिक्मत कुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुख बाबुराम गौतमको समर्थन सहित हस्ताक्षर पनि प्रयोग भएको थियो । सभाम...
उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ साउन । राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाले उदयपुरमा एक दिने जिल्ला परिषद् भेला आयोजना गरेको छ । बुधबार गाईघाट एवान होटल स्थित जिल्ला पदाधिकारी लगायतका उपस्थितिमा परिषद् भेला भएको हो । भेलामा राप्रपालाई नयाँ ढँगबाट अघी बढाउने बारे बृहत छलफल भएको छ । पार्टीलाई नविन योजनाको माध्यमबाट सफल बनाउने गरी बिभिन्न बिभाग तथा संगठनहरु निर्माण गरी अघि बढ्ने बारे उपपस्थितिहरुले कुरा उठाएको छ । पार्टीले हाल “नविन राप्रपा” भन्ने अभियाननै पनि संञ्चालन गरेको छ । केन्द्र देखी टोल सम्म नविन राप्रपा अभियान संञ्चालनमा ल्याउने र पार्टीलाई थप सुधार गर्ने परिषद्ले लक्ष्य राखेको छ । राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको प्रमुख आतिथ्यतामा जिल्ला भेला आयोजना गरिएका थिए ।...
माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २१ । नेकपा माओवदी केन्द्रका पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको छ । जिम्मेवारी हेरफेर गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएका छन् । यस्तै सचिव देवेन्द्र पौडेललाई मधेस प्रदेशको इन्चार्ज तोकिएको छ भने डिलाराम आचार्यलाई सुदूरपश्चिम, मातृका यादवलाई लुम्बिनी, चन्द्र प्रकाश खनाललाई कर्णाली र लिलामणी पोखरेल कोशी प्रदेशको ईन्चार्ज तोकिएको छ । यसअघि मधेश प्रदेशमा गणेश शाह, सुदूरपश्चिममा खगराज भट्ट, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल, गण्डकीमा हितराज पाण्डे, कर्णालीमा कालिबहादुर मल्ल र कोशी प्रदेशमा राम कार्की इन्चार्ज थिए ।...
चौदण्डी १ मा राजनितिक पूर्वग्राहीले कर्मचारी हटाएको आरोप, तत्काल पुनर्बहाली गर्न माग

चौदण्डी १ मा राजनितिक पूर्वग्राहीले कर्मचारी हटाएको आरोप, तत्काल पुनर्बहाली गर्न माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १५ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिका १ वडा कार्यालयले लामो समय देखी काम गर्दे आएका एक कर्मचारीलाई निश्कासन गरेको छ । राजनीतिक पूर्वाग्रही ढंगले निष्कासन गरिएको कर्मचारीलाई पुनर्बहाली गर्न माग राख्दै वडाध्य सिताराम राईलाई आईतवार ध्यानाकर्षण पत्र बुझाईएको छ। वडाको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा रहेका कर्मचारी डम्बरबहादुर नेपालीलाई बिना आधार कार्य क्षेत्रबाट हटाइएको भन्दै त्यहाँ कृयाशील दलहरु नेकपा माओवादी केन्द्रका मनिराम राई, नेपाली कांङ्ग्रेका वडा सभापती मिनबहादुर कोइराला र जनता समाजवादी पार्टीका जिल्ला सदस्य मौसम राईले वडाध्यक्ष राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । वर्षौदेखी काम गर्दै आएका स्थानीय कर्मचारीलाई बिना आधार बिना जानकारी निष्कासित गर्नु नेपाली माथी अन्याय भएको पूर्व वडाध्यक्ष रोहितमान तामाङले बताए । तर आफू मातहतका कर्मचारी निष्कासन भएको कुरा सुर...
रास्वपामा सहभागी हुने भनेको उम्मेदवार हुनु होईन् : रवी लामिछाने

रास्वपामा सहभागी हुने भनेको उम्मेदवार हुनु होईन् : रवी लामिछाने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले रास्वपामा सहभागी हुनु भनेको उम्मेदवार नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । रास्वपामा सहभागी अहिले हुनु भनेको उम्मेदवार हुनु होईन्, उम्मेदवारको छनोट भएको छैन, यो कुरा सबैले स्पष्ट हुनु जरुरी रहेको लामिछानेले बताएका छन् । आफु नै मेयरको उम्मेदवार, वडा अध्यक्षको उम्मेदवार भन्ने गरेर दौडादौड गरेको कता कता आफुले  सुनेको पनि बताए । उम्मेदवारको लागी मात्र जोडिनेसँग धेरै लामो यात्रा नहुने समेत उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी कुनै साधारण परिस्थितिमा जन्मेको होईन्, कसैलाई पोस्न पाल्न बनेको पार्टी होईन् ‘लामिछानेले भने’ नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागी मिसन २०८४ भनेको सहि नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो । देशमा राम्रा नारा सबैले लग...
चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटलीको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदैँछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाका अनुसार आज बिहान १० बजे कतार एअरलाइन्सको विमानमार्फत प्रधानमन्त्री सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच रोममा द्विपक्षीय भेटवार्ता भएको थियो भने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । बङ्गलादेशी समकक...
आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । आज बस्न लागेको सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभा बैठक बिहान ११ : १ बजेको लागी बोलाईएको छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र आर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विद्यायक असार ३१ गते प्रतिनिधिसभाबाट पारित भईसकेको छ । तर, राष्ट्रियसभामा प्रवेश पाएको थिएन् । आज बस्न लागेको बैठकले सो विद्यायक अघि बढाउन लागिएको हो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।...