Thursday, June 18News That Matters

राजनीति

चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटलीको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदैँछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाका अनुसार आज बिहान १० बजे कतार एअरलाइन्सको विमानमार्फत प्रधानमन्त्री सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच रोममा द्विपक्षीय भेटवार्ता भएको थियो भने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । बङ्गलादेशी समकक...
आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

आजको राष्ट्रिय सभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । आज बस्न लागेको सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभा बैठक बिहान ११ : १ बजेको लागी बोलाईएको छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र आर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विद्यायक असार ३१ गते प्रतिनिधिसभाबाट पारित भईसकेको छ । तर, राष्ट्रियसभामा प्रवेश पाएको थिएन् । आज बस्न लागेको बैठकले सो विद्यायक अघि बढाउन लागिएको हो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।...
आज कोशी सरकार विरुद्धको रिटमा आदेश आउन सक्ने

आज कोशी सरकार विरुद्धको रिटमा आदेश आउन सक्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । कोशी प्रदेश सरकार विरुद्ध परेको रिटमा आज अदेश आउन सक्ने सम्भावना रहेको छ । सर्वोच्चमा आज न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई हुनेछ । हिजो बुधबार रटिमाथि पक्ष र विपक्षका दुबै वकिलहरुले बहस सकेपछि आजको लागी पेशी तोकिएको हो । आजको ईजलासले आदेशबारे पनि निर्णय गर्नेछ। कोशी प्रदेशमा एमाले नेतृत्व सरकार ढलेपछि नेपाली कांग्रेस संसदिय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी गठबन्धनका दलसहित सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुख गौतमको पनि हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त भएपछि असंवैधाकि रुपमा सरकार गठन गरेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । उनले दिएको रिट निवेदनमा असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त भए...
कांग्रेसले फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने

कांग्रेसले फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ११ । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा भएका फेक एकाउन्ट बन्द गराएर टोल समितिसम्म आधिकारीक फेसबुक एकाउन्ट खोल्ने भएको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले केन्द्र देखी टोलसमिति सम्म “पार्टीको नाम, झण्डा, चुनाव चिन्ह” प्रयोग गरी फेसबुक लगाएतका सामाजिक सञ्जालमा आधिकारीक एकाउन्ट संचालन गर्ने निर्णय गरेको हो । साथै पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेको फेक एकाउन्टलाई तत्काल बन्द गर्न सचेत गराएको छ । सामाजिक सञ्जालको सहि प्रयोगले पार्टी संगठन विस्तारमा पर्याप्त फाइदा हुने तर यसको दुरुपयोगले व्यक्ति, परिवार, समाज, दल, संगठन र राष्ट्रलाई समेत गम्भीर क्षति पुगेको, विभिन्न खाले अपराधका घटना घटेको यथार्थलाई पनि विर्सन सकिदैन ‘निर्णयमा भनिएको छ’ नेपाली कांग्रेसको विचार, सिद्धान्त, कार्यक्रमहरुलाई जनता बीच लिएर जान सामाजिक सञ्जाल...
कोशी सरकार विरुद्ध परेको रिटमा सर्वोच्चले तोक्यो पूर्ण इजालस

कोशी सरकार विरुद्ध परेको रिटमा सर्वोच्चले तोक्यो पूर्ण इजालस

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ९ । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पूर्ण इजालसमा पेसी तोकिएको छ । चार दलको समर्थनमा कांग्रेस संससदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । सभामुख सहितको समर्थनमा थापा मुख्यमन्त्री भएपछि नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले असंवैधानिक रुपमा सरकार गठन गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारविरुद्ध परेको रिटमा सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । यस मुद्धाको सुनुवाईका लागी न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलास तोकिएको छ । सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अन...
कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाई सुरु

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाई सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ८ । सर्वोच्च अदालतमा नेकपा एमालेले कोशी प्रदेश सरकार विरुद्ध दिएको रिटको सुनुवाई सुरु भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि सुनुवाइ सुरु भएको हो । कोशी सरकारमा असंवैधानिक रुपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च असार २२ गते रिट निवेदन दर्ता गराएका थिए । सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् चार दलको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । सभामुखको हस्ताक्षर प्रयोग ग...
मिटरब्याजी विधेयक : राष्ट्रिय सभा अध्यक्षले जनाए प्रक्रियामा असहमति

मिटरब्याजी विधेयक : राष्ट्रिय सभा अध्यक्षले जनाए प्रक्रियामा असहमति

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ५ श्रावण । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिटरब्याजीलाई कारबाही गर्नका लागि कानुनी व्यवस्था गरिएको विधेयक प्रक्रियामा असहमति जनाएको छ । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भए पनि त्यसको प्रक्रियामा प्रश्न उठाउँदै अध्यक्ष तिमिल्सिनाले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ को सन्देश सभामा सुनाउने विषय बैठकको कार्यसूचीमा राख्न अस्वीकार गरेका हुन् । मधेशका विभिन्न जिल्लाबाट हिँडेरै गत चैत दोस्रो साता काठमाडौं आइपुगेका पीडितको माग सम्बोधन गर्ने गरी सरकारले वैशाख २० मा अध्यादेश ल्याएको थियो । वैशाख २४ बाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमै अध्यादेशबारे दुवै सदनलाई जानकारी गराइएको थियो । तर, सरकारले असार ५ मा मात्रै अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा दर्ता गर्‍यो । उक्त विधेयक असार १५ मा पारित भयो । राष्ट्...
‘पोलिटिसियन अफ द इयर’ को अवार्ड रास्वपा सांसद सोविता गौतमलाई

‘पोलिटिसियन अफ द इयर’ को अवार्ड रास्वपा सांसद सोविता गौतमलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ४ असार । नेपालकै कान्छी सांसद सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् । गौतम नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद हुन्। बिजुली नभएको गाउँमा जन्मेकी र कम सुविधा सम्पन्न सरकारी विद्यालयमा पढेकी गौतम राजनीतिमा उक्लिएका छन्, उनको भाषणले सामाजिक सञ्जालमा लाखौंले हेरेका छन् । उनी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र विपन्न वर्गका अधिकारहरूमा पहुँचको च्याम्पियन हुन्। यी आधारमै गौतमलाई अवार्ड प्रदान गरिएको हो । गौतमले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई...
आजको राष्ट्रिय सभा बैठक स्थगित

आजको राष्ट्रिय सभा बैठक स्थगित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २७ । आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाईएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो । बिहिबार १० बजेसम्मका लागी बैठक स्थगित गरिएको छ । विशेष कारण भनिए पनि आज बिहान प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ । दुर्लभ खालको पिएसपी रोगले पिडित रहेकी दाहालको बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । यो रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ ।...
प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २७ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेको लागी तय गरिएको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको निधन भएपछि स्थगित भएको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिएका छन् । उनले कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।...